प्युरी बनाउँदै निर्देशक उमेश

काठमाडौं । यस अघि चलचित्र जे सुकै होसको निर्देशन गरेका निर्देशक उमेश गुरुङले आफ्नो जन्मदिनको अबसर पारेर सोमबार बेलुका नयाँ चलचित्र ‘प्युरी’को निर्माण घोषणा गरेका छन् ।

एक हजार भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका उमेश म्युजिक भिडियोका कुशल निर्देशक हुन् । आफ्नो अघिल्लो चलचित्र जे सुकै होसको व्यबसायिक सफलताले उत्साहित उनले यसपटक साँस्कृतिक विषयबस्तुमा केन्द्रित रहेर चलचित्र तयार गर्न लागेको बताएका छन् ।

चलचित्र प्युरीलाई क्वालिटी फिल्मस्ले निर्माण गर्ने भएका छ । नेपाल सहित विभिन्न देशका निर्माताहरुको लगानी रहने यो चलचित्र गुरुङ समुदायको मृत्यु संस्कारमा केन्द्रित रहने निर्देशक गुरुङले जानकारी गराए,‘गुरुङ समुदायमा मृत्युपछि आत्मालाई मुक्ति दिलाउन चेलीहरुले अनिवार्य रुपमा प्युरी अर्थात बत्ती चढाउनु पर्छ । गुरुङको यस्ता विविध संस्कृतिको कथा समेटिने यो चलचित्र नेपाली भाषामा नेपाल र अन्तराष्ट्रिय बजारको लागि निर्माण गरिँदैछ ।’ उनले भने ।

चलचित्रको कलाकार र प्राविधिकहरु चाँडै घोषणा गरेर फागुन अन्तिमबाट छायाँकन सुरु गर्ने पनि निर्देशक उमेश गुरुङले राजधानीलाई बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 465 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेलधुराको परशुराम नगरपालिका प्रमुखमा काँग्रेसका जोशी र उपप्रमुखमा माओवादीका महता निर्वाचित