धनी अभिनेताको सूचिमा शाहरुख

मुम्बई । यस अघि विश्वमा भारतका सबैभन्दा धनी अभिनेताको सूचीमा अक्षय कुमार परेका थिए । तर यो वर्ष अक्षय कुमारलाई बलिउड अभिनेता शाहरुख खानले उछिनेका छन् ।

यतिबेला अभिनेता शाहरुख खान आफ्नो नयाँ फिल्म पठानमा व्यस्त छन् । पछिल्लो समय उनी सन् २०१८ मा फिल्म जिरोमा नायकको रुपमा प्रस्तुत भएका थिए सो फिल्म फ्लप भएसँगै उनको उनी विश्वका उत्कृष्ट १० धनी कलाकारहरुको सूचीबाट हटेका थिए ।

यतिबेला फेरी विश्वका सबैभन्दा धनी अभिनेताहरूको सूची बाहिर आएको छ । जसमा बलिउडबाट शाहरुख खान सबैभन्दा धनी अभिनेताको सूचीमा परेका छन् ।

विश्वका धनी कलाकारको सूचीमा अभिनेता शाहरुख चौथो धनी अभिनेताको स्थानमा परेका छन् । उनको व्यापार व्याबसायको मुनाफा उच्च रहेका कारण शाहरुख फेरी धनीको सूचीमा परेका छन् । वल्र्ड अफ स्ट्याटिस्टिक्सले ट्वीटरमा सार्वजनिक गरेको ‘विश्वका धनी अभिनेता’ सूचिले सबैलाई अहिले हल्लाएको छ । यस सूचीका अनुसार शाहरुख खान ७७० मिलियन डलर अर्थात ६ हजार ३०६ करोड भारतीय रुपैयाँको सम्पत्तिका मालिक देखिएका छन् ।

यो सूचीमा बलिउडका अन्य कुनै पनि स्टार छैनन् । यो सूचीमा अमेरिकी हास्य कलाकार र अभिनेता जेरी सेनफिल्ड एक अर्ब डलरको कुल सम्पत्तिका साथ शीर्ष स्थानमा छन् ।

त्यसयता यति धेरै वर्षसम्म शाहरुख खानको कुनै पनि ठूलो फिल्म रिलिज नभएको कुरालाई लिएर निरन्तर चर्चा भइरहेको छ, तर पनि उनी यही सूचीमा छन् । यदि हामी यो सूची हेर्छौं भने, यी पूरा नामहरू छन् ।

यस्तै दोश्रो स्थानमा करिब एक अर्व डलर सहित अभिनेता टायलर पेरी रहेका छन् । यसै गरी ८० करोड डलर सहित तेश्रो धनी कलाकारको सूचीमा ड्वेन जोनसन परेका छन् । चौथो धनीमा बलिउड अभिनेता शाहरुख खान ७७ करोड डलर सहित यो सूचीमा परेका हुन् । यस्तै ६२ करोड डलर सहित टम क्रुज विश्वको पाँचौ धनी अभिनेतामा परेका छन भने ५२ करोडल डल सहित ज्याकी च्यान विश्वको छैटौं धनी अभिनेताको सूची र ५० करोड डलर सहित जर्ज क्लुनी सातौं धनी अभिनेताको सूचीमा परेका छन् । यस्तै करिब ५० करोड डलर सहित अभिनेता रोबर्ट डि निरो आठौं धनी अभिनेताको सूचीमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
डडेल्धुराको भागेश्वरमा फेरी पनि काँग्रेस नै विजयी