वीरगन्ज । संघ र प्रदेशमा प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरु चयन तथा निर्वाचित हुँदै गर्दा मधेश प्रदेशको आर्थिक राजधानी वीरगन्जमा भने भटाभट सदनले विभिन्न नयाँ नीति पारित गरेको छ । सात प्रदेश र संघ गरी मुलुकका आठवटा सदनले अझै नीतिगत निर्णयहरु गर्न नभ्याउँदै मधेश प्रदेशको आर्थिक राजधानी वीरगन्जको सदनले भने भटाभट नयाँ नीति नै पारित गरेको हो ।
मंगलबार अबेरसम्म चलेको सदनले नागरिकता विधेयक २०६३ संशोधन गर्न ‘नागरिकता संशोधन विधेयक २०७९’ नै बहुमतले पारित गरेको सभामुख विनोद खत्रीले बताए । राष्ट्रपतिबाट सदन संचालन आह्वान भएलगत्तै सभामुखले सोमबार सदनको कार्वाही सुरु गरेका हुन् । मंगलबार अबेर अन्त्य भएको सदनले नागरिकता संसोधन विधेयक २०७९ पारित गरेको छ । यसको साथै आर्थिक क्षेत्रको व्यापार घाटा कम गर्ने एजेण्डा, कार्यपालिका र प्रदेशहरुबाट भएका भ्रष्टाचार न्यूनिकरण गर्न र छानविन गरी दोषीलाई कार्वाहीको दायरामा ल्याउने नीतिगत निर्णय समेत पारित गरेको पनि सभामुख खत्रीले बताए । सरकारको कमिकमजोरी लगायतका बिषयमा पनि सैद्धान्तिक दफावार छलफल, भएको उनको भनाइ छ । ‘सोमबार र मंगलबार दुईदिनसम्म चलेको सदनमा सांसदहरुले निकै घनिभूत छलफल र नीतिगत ठोस निर्णय गर्दै यो पटकको हिउँदे अधिवेशन सम्पन्न गरेको छ’ उनले भने ।
वीरगन्जमा फेरि अर्को प्रदेश राजधानी ? अनि सदन ? भनी धेरैलाई आश्यर्च पनि लाग्यो होला । यो स्वभाविक पनि हो । तथापि यो राज्यको तर्फबाट तलब, भत्ता बुझ्ने र राज्यको पैसामा रजाई गर्ने सदन, संसद, सरकार र नभई प्रतिकात्मक सदन संचालनको नमूना मात्र हो । कानूनमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुको क्षमता अभिवृद्धि र संविधान, ऐन, नियम कानून बन्ने ठाउँ र बनाउने तरिका’bout प्रयोगात्मक रुपमा ‘वीरगन्ज स्कूल अफ ल’ को आयोजना र नयाँ युवा नयाँ सोच नेपालको सह संयोजनमा यो कार्यक्रम भएको हो । ‘कानून पढ्ने विद्यार्थीलाई किताबी ज्ञानसँगै प्रयोगात्मक ज्ञान पनि दिने र उनीहरुको आत्मबल बढाउने उद्देश्यले यसक्षेत्रमा ‘ल’ अध्यापन गराउँदै गरेका शैक्षिक संस्थाहरुमा नयाँपन ल्याउन यस्तो कार्यक्रम गरिएको वीरगन्ज स्कूल अफ ल का प्रिन्सिपल चन्द्रिका प्रसाद पटेलले राजधानीसँग भने ।
दुई दिवसीय कार्यक्रममा कलेजका ४० जना विद्यार्थीहरुले नेपालको संघिय संसदीय अभ्यासका विषयमा प्रशिक्षण लिई प्रयोगात्मक रुपमा अभ्यास गरेको उनको भनाइ छ । अभ्यासका क्रममा सत्तापक्ष, प्रतिपक्ष, प्रधानमन्त्री, विभिन्न मन्त्री, संसद, दलको नेता, प्रवक्ता र अनुसन्धान विज्ञ लगायत विद्यार्थीहरु विभिन्न भूमिकामा थिए ।
समापनका क्रममा नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष तथा विद्यालयका चेयरपर्सन सुधीरकुमार कर्ण, मधेस प्रदेशको उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्ज उच्च बारका अध्यक्ष अधिवक्ता विशाल चौधरी, राजधानी दैनिकका मधेश व्युरो प्रमुख तुलसी भण्डारी, ए न्युज टि.भी.का कार्यक्रम संयोजक राजेन्द्र सिंह, पब्लिक एफ.एमका राजकुमार सरार्फ सहभागी थिए । त्यस्तै नयाँ युवा नयाँ सोच नेपालका संयोजक बिनोद खत्रीको लगायतको सकृय सहभागीता रहेको थियो । उनीहरुले पतिकात्मक सदनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै भविष्यका कर्णधार युवा विद्यार्थीहरुलाई कानूनको ज्ञानसँगै बन्ने प्रकृयाका ’bout प्रयोगात्मक विधि अपनाई जानकारी दिनु राम्रो कदम भएको बताए ।
साथै उनीहरुले सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्रले सम्मान गर्दै आगामी दिनका लागि मुलुकको नियम कानून बन्ने ठाउँमा नै पुगी राम्रो नीति निमार्ण गर्न पुग्ने समेत संदेश दिए । नमूना संसदको ३ वटा विधामा उत्कृष्ट बहसकर्ता पुजा राम, उत्कृष्ट अनुसन्धान कर्ता आरती मिश्रा तथा उत्कृष्ट नेतृत्वकर्ता मुकेश साहलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित सम्मानित भएका थिए । सहभागीहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ ।