आर्थिक मन्दीको सामना गर्ने तयारी गर

नेपाल सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने प्रक्षेपण गरे पनि विश्व बैंकले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशतसम्म रहने पूर्वानुमान गरेको छ । यसको अर्थ चालू आर्थिक वर्षमा नेपालको आर्थिक हैसियत काम चलाउको अवस्थामा रहने देखिएको छ । तर, अर्को आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि भने घटेर जम्माजम्मी ४.९ प्रतिशत हुने भनी विश्व बैंकले आँकलन गरेको छ ।

नेपाल सरकारले आर्थिक वृद्धिका लागि स्वपहल गर्ने गरी नीति तथा कार्यक्रम बनाउनु स्वाभाविकै पनि हो । तर, पनि विश्वमा उदारीकरणसँगै नेपाल पनि विश्व बजारको महासागरमा मिसिइसकेकाले यसका धेरै आर्थिक उन्नतिका कुरा विश्व आर्थिक कारोबारसँग प्रत्यक्षरूपले जोडिएका छन् ।

नेपालको आर्थिक उन्नति वा अवनति विश्वको आर्थिक उन्नति र अवनतिसँग यसरी जोडिन पुगेको छ । आगामी आर्थिक वर्षमा नेपालमा खुम्चन जाने आर्थिक उन्नति नेपालकै आफ्नै कारणभन्दा पनि विश्वमा पुग्ने आर्थिक उन्नतिका कारण हो । विश्व बैंकका अनुसार सन् २०२३ देखि विश्वका अधिकांश देशमा आर्थिक मन्दी आउने र त्यो केही समय लम्बिने प्रक्षेपण गरिसकेको छ । यतिसम्म कि युक्रेन युद्ध अझै लम्बिनेछ र त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नेछ । विश्वको आर्थिक वृद्धि अहिले पनि १.७ प्रतिशत मात्र रहेको छ ।

यसले विश्व केही वर्ष आर्थिकमन्दी झेल्ने अवस्थामा पुगिसकेको देखाउँछ । यसका आधारभूत कारणमा विश्वमा विद्यमान मुद्रास्फिति, बढ्दो ब्याजदर र निजी क्षेत्र तथा सर्वसाधारणमा गरिएको लगानी घट्दै जानु रहेका छन् । कोभिडको दूरगामी नकारात्मक प्रभाव तथा रुस र युक्रेनबीचको युद्धले विश्व आर्थिक मन्दीलाई नजिक नजिक तानिरहेको छ । नेपालमा जस्तै विश्वमा पनि अहिले आर्थिक तरलताको समस्या छ । नेपालमा रहेका बैंकहरू जनतामा ऋण प्रवाह गर्न सक्ने अवस्थामा छैनन् । विश्वको अवस्था पनि यस्तै छ । यसको सबैभन्दा बढी प्रभाव कम विकसित देश तथा शक्ति राष्ट्रको तानातान र घेराबन्दी भएका देशमा पर्नेछ । नेपाल पनि स्वतः यो मारमा पर्ने कुरामा विवाद छैन । यो बेलामा सन् २०२३ देखि विश्वका अधिकांश देश आर्थिक मन्दीमा धकेलिने छन् । न्युन आय भएका जनता र समुदाय खाद्यलगायत आधारभूत आवश्यकताको असुरक्षा संकटमा धकेलिने छन् । स्वाभाविकरूपमा गरीब देशमा मन्दीको असर सोचेभन्दा बढी पर्ने देखिएको छ । त्यसो त जलवायु परिवर्तनको असरले गर्दा विश्व संकटग्रस्त बन्दै जानेछ । नेपाल निकै अप्ठ्यरोमा पर्ने देखिएको छ ।

मानवीय असावधानी र गलत क्रियाकलापका कारण विश्वमा देखिएको वातावरणीय, जैविक तथा आर्थिकलगायतका संकटका कारण विश्व आर्थिक मन्दीतिर नराम्ररी धकेलिँदै गइरहेको छ । विकासशील राष्ट्रको अर्थतन्त्र मध्यम रहने देखिए पनि अति विकसित देशको संकटका कारण यो गरीब देशमा थोपरिने र संकटग्रस्त बनाइने देखिएको छ । यसले अमेरिका र युरोपियन युनियन निकै संकटमा जाने र विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा उदाउँदै गरेको चीनले पनि धक्का खाने अवस्थामा पु¥याउन लागिरहेको देखाएको छ । अमेरिका यो वर्ष मात्र ०.५ प्रतिशत वृद्धिदर हासिल गर्ने अवस्थामा छ । यस्तो बेलामा श्रीलंका बन्छ भन्दै अनुमान गरिएको नेपाल यो समस्याबाट बच्न समयमै सतर्कता अपनाउन आवश्यक कदम चाल्न जरुरी भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
जुम्लामा चार पालिकामा काँग्रेस,दुईमा माओवादी र एकमा स्वतन्त्र विजयी