वैश्विक तापनको बढ्दो खतरा

वैश्विक तापन अर्थात् ग्लोबल वामिङ आज विश्वको सबैभन्दा ठूलो समस्या भइसकेको छ । यसबाट मानिस मात्र हैन बरु धरतीमा बस्ने सबै प्राणी बोटविरुवाग्रस्त छन् । वैश्विक तापनबाट निपटिनका लागि वैश्विक स्तरमा प्रयास त गरिँदै छ । तर, समस्या कम हुनुको साटो सालबसाली बढ्दै गइरहेको छ । यद्यपि, यो त सुरुवात मात्र हो । यसैले यखी हामी अहिलेबाट न सचेत भयौं भने यो पनि भयवह हुन सक्तछ ।

के हो त वैश्विक तपनः
जस्तो कि नामले नै प्रस्ट छ वैश्विक तापन धरतीको वातावरणको तापमानमा लगातार हँुदै गरेको वृद्धि हो । हाम्रो धरती प्राकृतिक रूपमा सूर्यको किरणबाट उषामा प्राप्त गर्दछ । यी किरण वायुमण्डलबाट गुज्रिँदै धरतीको सतहमा ठोकिन्छ । अनि फेरि त्यहीबाट परावर्तित भएर पुनः फर्किन्छ । धरतीको वायुमण्डल कैयौं ग्यासले मिलेर बनेको हुन्छ जसमा केही ग्रिन हाउस ग्यास पनि सम्मिलित छन् । यीमध्ये अधिकांशले धरतीमाथि एक प्रकारको प्राकृतिक आवरशा बनाउँछन् ।

यो आवशरशा फर्किँदो किरणको एक हिस्सालाई रोक्दछ एवंप्रकार धरतीको वातावरण तातो बनाएर राख्दछ । भन्न सकिन्छ कि मानिस प्राणीहरू पशुपंक्षी एवं बोटविरुवालाई जीवित रहनका लागि कमसे कम १६ डिग्री सेल्सियस तापमान आवश्यक पर्दै छ । वैज्ञानिकका अनुसार ग्रिनहाउस ग्यासमा हुने वृद्धिले यो आवरशा पनि सघन हुने गर्दछ । यस्तोमा यो आवरण सूर्यको बढी किरणहरूलाई रोक्न थाल्दछ र यहीबाट सुरु हुन्छ ।

वैश्विक तापनको कारण के त ?
वैश्विक तापनका लागिण् सबैभन्दा बढी जिम्मेवार त मानिस एवं उसका गतिविधि हुनु । आपूmलाई यस पृथ्वीको सबैभन्दा बुद्धिमान प्राणी ठान्ने मानिस अन्जानमा या जानीबुझी आप्mनो नै रहवासलाई नष्ट पार्न उद्द्धत देखिन्छ । मनुष्य जनीत यी गतिविधिबाट कार्बनडाइअक्साइड मिथेन नाइट्रोजन अकसाइड इत्यादि ग्रिन हाउस ग्यासको मात्रामा बढोत्तरी हुँदो छ । जसले यी ग्यासको आवरण सघन हँुदै गइरहेको छ । यही आवरणले सूर्यको परिवर्तित किरणहरूलाई रोकिरहेको छ । जसले गर्दा पृथ्वीको तापमानमा वृद्धि हँुदै छ । सवारी साधन हवाईजहाज विद्युत्गृह उद्योगहरूण्बाट अन्धाधुन्ध हुने ग्यासीय उत्सर्जनका कारणले कार्बनडाइअक्साइडको मात्रामा वृद्धि हँुदो छ । वनजंगलको ठूलो संख्यामा भइरहेको विनाश यसको अर्को कारण मानिन्छ वनजंगल कार्बनडाइअक्साइडको मात्रालाई प्राकृतिक रूपले नियन्त्रण गर्दछ । तर, अन्धाधुन्ध वन फडानीले यो प्राकृतिक नियन्त्रण पनि हाम्रो हातबाट फुस्किँदै छ ।

वैश्विक तापनका लागि सबैभन्दा बढी जिम्मेवार त मानिस एवं उसका गतिविधि हुन्

यसका अन्य कारण सीएफसी पनि हो जुन रेफ्रिजेरेटर्स अग्निसामक यन्त्रहरू आदि मा प्रयोग गरिन्छ यो पृथ्वीको माथि बनेको एउटा प्राकृतिक आवरण ओजोन तहलाई नष्ट गर्ने काम गर्दछ । ओजोन तहले सूर्यबाट निस्किने घातक परावैगनी किरणहरूलाई पृथ्वीमा आउनबाट रोक्दछ । वैज्ञानिकहरू घातक पारवैजनी किरणहरूलाई पृथ्वीमा आउनबाट रोक्दछ । वैज्ञानिकहरूको भनाइमा ओजोन तहमा एउटा ठूलो प्वाल रहेको छ । जसले गर्दा परावैजनी किरणहरू सिधै पृथ्वीमा पुग्दै छन् एवं यसरी पृथ्वीलाई निरन्तर तातो बनाइरहेका छन् । यो बढ्दो तापमानकै परिणाम हो कि ध्रुवमा सदियौदेखि जमेको हिउँ पनि पग्लिन थालेको छ । विकसित वा अविकसित देश हरेक ठाउँमा बिजुलीको आवश्यकता बढ्दै गइरहेको छ । बिजुली उत्पादनका लागि जीवाश्म इन्धनको प्रयोग ठूलो मात्रामा गर्नु पर्च जीवाश्म इन्धन जलाउँदा कार्बनडाइअक्साइड उत्पन्न हुन्छ जुन ग्रिनहाउस ग्यासको प्रभावलाई प्रोत्साहित गर्दछ । यसको परिणाम वैश्विक तापनका रूपमा सामुन्ने देखापर्छ ।

वैश्विक तापनको प्रभाव
विगतका वर्षमा पृथ्वीको तापमानमा ०.३ देखि ०.६ डिग्री सेल्सियसले वृद्धि भएको आशंका गरिन्छ कि आउँदो समयमा वैश्विक तापमान अरू वृद्धि हुनेछ ।

समुन्द्री सतहमा वृद्धि
वैश्विक तापनले गर्दा पृथ्वीको तापमान बढ्ने छ जसले गर्दा ग्लेसियरमा जमेको हिउ पग्लिन थाल्ने छ । कयांै ठाउँहरूमा यो पक्रिया सुरु पनि भइसकेको छ । ग्लेसियरहरूको हिउँ पग्लिनाले समुन्द्रमा पानीको मात्रा बढ्ने छ जसले गर्दा सालबसाली तीनको सतहमा पनि वृद्धि हुने छ । समुन्द्रको सतह बढ्नाले प्राकृतिक तटहरूको कटान सुरु हुनेछ । जसले गर्दा एउटा ठूलो भाग डुबानमा पर्नेछ । यस प्रकारले तटीय इलाकामा बसोबास गर्नेहरू अधिकांश बेघर हुने छन् । जसलाई वैश्विक तापन भन्ने गरिन्छ ।

मानवीय स्वास्थ्यमा असर
वैश्विक तापनको सबैभन्दा बढी असर मानिसमा नै पर्ने छ । एवं कैयौं मानिसले ज्यान गुमाउनुपर्ने छ । गर्मी बढ्नाले मलेरिया, डेङ्गो, मेलो फिवर जस्ता संक्रामक रोग बढ्ने छन् । प्रायजसो उष्णतटीय क्षेत्रमा प्रचलीत यी रोगहरू अन्य क्षेत्रका चिसो ठाउँमा देखापर्ने छन् । त्यो बेला पनि आउन सक्तछ जब हामीमध्ये धेरैलाई पिउने स्वच्छ पानी खानका लागि ताजा भोजन एवं सास फेर्नका लागि शुद्ध हावापानी पाउने भाग्यमा नहोला ।

हामी सबैले पेट्रोल, डिजेल, एवं बिजुलीको उपयोग कम गरेर हानिकारक ग्यासको उत्सर्जन कम गर्नुपर्छ

पशुपक्षीहरू एवं वनस्पतीमा असर
वैश्विक तापनले पशुपक्षीहरू तथा वनस्पतीमा गहिरो असर पर्ने छ । अनुमान गरिन्छ कि गर्मी बढ्नाका कारणले पंक्षीहरू एवं वनस्पती बिस्तारै उत्तरी एवं पहाडी इलाकातर्फ प्रस्थान हुने छन् यस प्रक्रियामा केहीले आप्mनो अस्थित्व गुमाउनेछन् ।

सहरी क्षेत्रमा असर
यसमा कुनै शंका रहने गर्मी बढ्नाले चिसो भगाउनका लागि प्रयोगमा ल्याइने ऊर्जा खपतमा कमी होला तर यसको पूर्ति चिसो पार्न एयर कन्डिसनिङमा हुनेछ आवासलाई चिसो पार्न ठूलो मात्रामा विद्युत्को प्रयोग हुनेछ । बिजुलीको उपयोग बढ्यो भने त्यसले पनि वैश्विक तापमानमा वृद्धि गर्ने छ ।

वैश्विक तापनबाट कसरी बच्ने
वैश्विक तापन पनि वैश्विक स्तरमा चिन्ता बढ्दो छ । यसको अनुमान यस कुराबाट लगाउन सकिन्छ कि यस वर्षको नोबेल शान्ति पुरस्कार पर्यावरण संरक्षणको क्षेत्रमा काम गर्ने संयुक्त राष्ट्रको संस्था इन्तरगर्वनमेन्टल पैनल अन कलाइमेन्ट चेन्ज एवं पर्यावरणवादी अमेरिकी पूूर्वउपराष्ट्रपति अल गोरलाई दिइएको छ । तर, प्रश्न यो छ कि के पर्यावरण संरक्षणको क्षेत्रमा काम गर्नेलाई नोवेल पुरस्कार दिनाले मात्र वैश्विक तापनको समस्या सकिन्छ त ? होइन, यसका लागि हामीले कैयांै प्रयास गर्नुुपर्ने हुन्छ ।

सबै देशले कैयौं सन्धि पालन गर्नुुप¥यो । यो जिम्मेवारी मात्र सरकारको होइन हामी सबैले पेट्रोल, डिजेल, एवं बिजुलीको उपयोग कम गरेर हानिकारक ग्यासको उत्र्सजन कम गर्न सक्छांै । वनजंगल फडानी रोक्नुपर्ने हुन्छ भने बढीभन्दा बढी वृक्षरोपण गरी तिनको संरक्षण गर्नुपर्ने हुन्छ । यसबाट पनि वैश्विक तापनको असर कम गर्न सकिन्छ । यस्तो प्रविधिको विकास गरांै जस्तै रेफ्रिजेरेसनमा सीएफसीको प्रयोग गर्न नपरोस् । यस्ता सवारी साधन उत्पादन गरौं जसबाट कम धुँवा निस्कोस् यसको थालनी अजैबाट होस् भोलि भन्ने छुट छैन ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
धनगढीका मेयरका प्रत्याशी हमालले मन्दिरमा पसेर भ्रष्टाचार नगर्ने कसम खाए (भिडियाेसहित)