एकीकृत समाजवादीको महासचिव बन्दै घनश्याम

काठमाडौ । वामपन्थी नेता घनश्याम भुसाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गर्दै छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच भुसाल एकीकृत समाजवादीमा प्रवेशको घोषणा गर्दै छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य समेत परित्याग गरेका भुसाल गत आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तत्कालिन पाँच दलीय गठबन्धनको समर्थन रहे पनि उनी रुपन्देही १ बाट एमाले सचिव छविलाल विश्वकर्मासंग पराजित भएका थिए ।

एमालेले निर्वाचनमा टिकट नदिएपछि पार्टी परित्याग गरेका भुसाल एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली प्रति आपति जनाउँदै फरक मत राख्दै आएका नेता हुन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले विभाजन गरी अर्को पार्टी गठन गर्दा नेपाल समूहमै रहेका भुसालले एमाले नै रोजेका थिए ।

एकीकृत समाजवादी प्रवेश गरेपछि भुसाललाई महासचिवको जिम्मेवारी दिने तयारी पार्टीले गरेको छ । तर एकीकृत समाजवादीको महासचिव बन्ने चर्चा चले पनि भुसाललाई कुन जिम्मेवारी दिने भन्ने विषयमा पार्टीमा छलफल नभएको दावी पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले गरेका छन् । एकीकृत समाजवादी स्रोतका अनुसार भुसाललाई महासचिव बनाउँने निश्चित रहेको तर कुनै कारणले हुन नसके उपाध्यक्ष दिने बिषयमा समेत छलफल जारी नै छ ।

‘घनश्याम कमरेड पार्टीमा आउने पक्का भइसक्यो । सैद्धान्तिक वैचारिक विषयमा सहमति भएको छ । तर, उहाँको जिम्मेवारीको विषयमा छलफल भएको छैन । उहाँ पार्टी प्रवेश गरिसकेपछि यस विषयमा अवश्यनै छलफल हुनेछ’ प्रवक्ता खतिवडाले भने ।

पार्टी प्रवेश गरेपछि भुसाल पहिलो चरणमा सचिवालय सदस्य बन्नेछन् । त्यसपछि बस्ने केन्द्रीय समितिले मात्र घनश्यामको ठोस जिम्मेवारी तोक्न सक्ने प्रवक्ता खतिवडाको भनाइ छ ।

‘अहिलेको सन्दर्भमा सर्वोच्च निकाय भनेको केन्द्रीय कमिटी हो । छिट्टै बस्ने केन्द्रीय कमिटीले घनश्याम कमरेडको ठोस जिम्मेवारी’bout निर्णय गर्नसक्छ । अहिलेको भएको कुरा भनेको उहाँ पार्टी प्रवेश गर्ने मात्र हो । कुन जिम्मेवारी दिने वा लिने भन्दा पनि उहाँसँग सैद्धान्तिक वैचारिक विषयमा सहमति जुटेको हो’ खतिवडाले भने ।

घनश्यामलाई पार्टीमा भित्रयाउँदै गरेको एकीकृत समाजवादीले संसदको चौथौ ठुलो दल बन्नका लागि जसपासंग पार्टी एकीकरणको ’boutमा आन्तरिक छलफल बढाएको छ

अहिलेकै अवस्थामा घनश्यामलाई महासचिव बनाउन वर्तमान महासचिव वेदुराम भुसाललाई अपग्रेड गर्नु एकमात्र विकल्प छ । केन्द्रीय कमिटीले विधान संशोधन गरेर वेदुरामलाई उपाध्यक्ष वा वरिष्ठ उपाध्यक्ष बनाउने र घनश्याम महासचिव बन्ने सम्भावना रहन्छ । प्रस्तुत विकल्पमा एकीकृत समाजवादीभित्र अनौपचारिक रुपमा छलफल हुने गरेको छ ।

पार्टीले उपाध्यक्ष वा वरिष्ठ उपाध्यक्ष बनाउने निर्णय गर्दा वेदुराम तयार भएको अवस्थामा घनश्याम महासचिव बन्ने सम्भावना रहन्छ । नत्र, धनश्याम उपाध्यक्षकै जिम्मेवारीमा रहनुपर्ने सम्भावना रहेको स्रोतको दावी छ ।

एकीकृत समाजवादीमा घनश्याम आए महासचिव बनाउनुपर्छ भन्ने मत ठूलै छ । वर्तमान महासचिव बेदुरामप्रति एकीकृत समाजवादीमा नकारात्मक धारणा नरहे पनि घनश्यामलाई महासचिव बनाउन पाए पार्टीले थप गति लिने अधिकांशको बुझाई रहेको छ ।

तर, भर्खरै पार्टी प्रवेश गरेका घनश्यामलाई महासचिव बनाइहाल्न नहुने मत पनि उत्तिकै बलियो छ । विद्रोहको समयमा साथ छोडेका घनश्यामलाई महासचिव स्वीकार्न नसकिने पनि कतिपयको धारणा अझै पार्टीभित्र रहेको छ ।

धनश्याम कम्युनिष्ट पार्टीले संगठनात्मक संरचना परिवर्तन गर्नुपर्ने धारणा राख्दै आएका छन् । एमालेमा हुँदा पनि उनले यस विषयमा लामो समयदेखि बहस चलाउँदै आएका थिए ।

पार्टी प्रवेशका लागि एकीकृत समाजवादीको वार्ता टोलीसँग छलफल गरेपछि घनश्यामले वार्ता समितिलाई लेखेको पत्रमा पनि उनले यस विषय उठाएका छन् ।

वर्तमान संगठनात्मक संरचनाले आम नागरिकलाई पार्टीमा सहज पहुँच नहुने भएकाले सबैले आफ्नो पार्टी मान्न सहज हुने किसिमको संगठनात्मक संरचना बनाउनेपर्ने उनको जोड छ ।

पार्टीमा महासचिव संगठन प्रमुख हुन्छन् । यस आधारमा घनश्याम एकीकृत समाजवादी प्रवेश गर्दै महासचिव बन्ने अवसर पाए उनले भन्दै आएको संगठनात्मक संरचना परिवर्तनका लागि काम गर्न पाउने छन् ।

घनश्यामलाई लेखिएको बेदुरामको स्वात पत्र यस्तो छ
एकीकृत समाजवादीका महासचिव तथा वाम एकता वार्ता समितिको संयोजक डा. वेदुराम भुसालले बामपन्थि नेता घनश्याम भुसाललाई बुधबार पार्टीमा प्रवेशका लागि स्वागत पत्र पठाएका थिए ।

नेता भुसाललाई एकीकृत समाजवादी र घनश्याम भुसालले उठाएका सैद्धान्तिक र वैचारिक सवालको सम्बोधन हुनेगरी पत्र पठाइएको छ । पार्टीका महासचिव एवं वार्ता समितिको संयोजक भुसालले पठाएको पत्रमा भनिएको छ, ‘पार्टी निर्माण सम्बन्धी तपाईंले राख्नु भएका धारणा उक्त प्रतिबद्धता अनुरूप नै छन् । त्यसैले तपाइँ अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी) मा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ ।’

बेदुरामले लेखेको स्वागत पत्रमा ‘तपाइँले हाम्रो पार्टीको ‘वाम एकता वार्ता समिति’लाई सम्बोधन गरेर ‘नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव’ भनी लिखित रूपमा प्रस्तुत गर्नु भएका प्रस्तावहरू अध्ययन गरियो र केन्द्रीय सचिवालयको बैठकमा समेत छलफल गरियो । तपाईंले प्रस्तुत गर्नु भएका प्रस्तावहरू पार्टीले अहिले अंगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिल्दा छन् र सकारात्मक छन् ।’

एकीकृत समाजवादीले इतिहासमा भएका सबै उपलब्धी र कमजोरीहरू आफूहरुको साझा विरासत रहेको जनाएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकताले समाजवादी क्रान्तिका लागि तयार गरेको आधार संसदको विघटन र नेकपाको विभाजनले भत्कायो र नेकपाको विभाजनपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुबै राजनीतिक, वैचारिक र कार्यदिशाको सवालमा पछाडि फर्के तर नेकपा (एकिकृत समाजवादी) सैद्धान्तिक, वैचारिक र कार्यक्रमिक रूपमा अहिले पनि नेकपाकै विन्दुमा रहेको छ बेदुरामले जनााएका छन् ।

कुनै दिन नेपालको कम्युनिष्ट आन्दोलन फेरि एकीकृत हुँदा अहिले एकीकृत समाजवादीमा कायम रहेको सैद्धान्तिक विन्दुमा नफर्किकन सुखै नै नहुने भुसालको विश्लेषणको एकीकृत समाजवादीले स्वागत गरेको छ ।

‘नेपाली क्रान्तिको अबको कार्यदिशा समाजवाद निर्माणतर्फ अगाडि बढ्ने हो भन्ने नेकपा (एमाले) को नवौं महाधिवेशनको निर्णयप्रति नेकपा (एकीकृत समाजवादी) अहिले पनि प्रतिवद्ध छ । नेपाली क्रान्तिको आजको कार्यदिशा त्यही नै हो । समाजवादको ठोस कार्यक्रम बनाएर अगाडि बढ्नु र त्यो कार्यक्रम बोक्ने पार्टी निर्माण गर्नु आजको आवश्यकता हो । हामीले २०७७ चैत्र ४–५ मा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्ने जुन दृढ अठोट गरेका थियौं, त्यसमा नेकपा (एकीकृत समाजवादी) आज पनि प्रतिबद्ध छ’ भुसालको पत्रमा उल्लेख छ ।

एकीकृत समाजवादी र जसपाबीच पार्टी एकताका लागि छलफल
यसैबीच एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल (जसपा) का बीचमा पार्टी एकीकरणका लागि छलफल सुरु भएको छ । दुबै पार्टीले वार्ता टोली गठन गरेर छलफल सुरु गरेका छन् ।

मूलरुपमा वैचारिक र सैद्धान्तिक विषयको मिलनबिन्दु खोज्न कार्यदललाई सकस देखिए पनि शीर्ष नेताहरुको छलफलका आधारमा पार्टी एकताका लागि सकारात्मक रुपमा अगाडी बढने सहमती भएको छ ।

एकीकृत समाजवादीले महासचिव डा. वेदुराम भुसालसहित उपमहासचिवत्रय डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला सहितका नेताहरुको वार्ता टोली गठन गरेको छ । यस्तै जसपाले पनि नेताहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी रहेको वार्ता टोली गठन गरी छलफल अगाडी बढाएको छ ।

बिहिबार सिंहदरबारमा यो वार्ता टोलीका बीचमा एकताका लागि छलफल भएको छ । छलफलमा सहभागि नेता ज्वालाका अनुसार दुई पार्टीका दस्ताबेज अदानप्रदान गरी अध्ययन गर्ने र फेरी छलफलका लागि बस्ने सहमती भएको छ ।

‘दुुबै पाटीका वार्ता टोलीका बीचमा पार्टी एकताका लागि सकारात्मक छलफल भयो । एक अर्काको दस्तावेज अध्ययन गर्ने भने अदानप्रदान पनि भयो । सके पार्टी एकता नभए कार्यगत एकता गरेर जाने सहमती भएको छ’ ज्वालाले राजधानीसंग भने ।

यस एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालसंग जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त र छुटाछुटै भेटघाट गरी पार्टी एकताको ’boutमा छलफल गरेका थिए । सोही छलफल पश्चात वार्ता टोलीले थप छलफल अगाडी बढाएका हुन् ।

गत ४ मंसिरमा भएको निर्वाचनमा एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जिते पनि थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । यादव नेतृत्वको जसपाका १२ सांसद छन् । सो पार्टीले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट जितेको थियो ।

एकीकृत समाजवादी र जसपाबीच पार्टी एकता भए सो पार्टीका २२ सांसद पुग्नेछन् । उक्त पार्टी संसदमा चौथो ठूलो दल बन्ने छ । हाल २० सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल छ ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

भएको तुइन भत्काइएपछि स्थानीयलाई सास्ती

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
तुलसीपुरमा गठबन्धनलाई हराउदै एमाले उम्मेदवार निर्वाचित