लुम्बिनी प्रदेशमा माघ ३ मा सभामुख र उपसभामुख चयन गरिने

दाङ । लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको चयन एकैदिन गरिने भएको छ । माघ ३ गते बस्ने प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चुनिने छन् ।

सुरुमा सभामुखको निर्णय हुनेछ भने त्यसपछि उपसभामुखको निर्णय हुनेछ । लुम्बिनीमा मुख्यमन्त्री, सभामुख र उपसभासमुखको दलगत भागबण्डा गरिएको छ । यहाँ एमालेले मुख्यमन्त्री पाइसकेको छ भने अब सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राप्रपाले पाउने छ ।

यद्यपी सभामुख र उपसभामुखमा कसलाई अघि सार्ने भन्ने ’boutमा माओवादी तथा राप्रपामा छलफल जारी छ । प्रदेश सभा सचिवालयले माघ ३ गते बस्ने प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चयन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

नेपालको संविधानको धारा १८२ को उपधारा(१) र लुम्बिनी प्रदेश सभा नियमावली २०७९ कोनियम ७ बमोजिम प्रदेश सभाको सभामुख र उपसभामुख चयनको लागी निर्वाचित कार्यतालिका सार्वजनिक गरिएको हो ।

जेष्ठ सदस्य डिल्लीराज भुसालले निर्वाचनको मिति र समय निर्धारण गरेकाले प्रदेश सभा नियमावलीको नियम ७ को उपनियम (१) वमोजिम निर्वाचन कार्यक्रम प्रकाशन गरिएको हाे ।

माघ २ गते सोमवार सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस भन्ने प्रस्तावहरुको सूचना दर्ता गर्ने कार्यतालिका छ । यस्तै सोही दिन ५.३० बजे सभामुख र उपसभामुख पदमा प्रस्तावित उम्मेदवारहरुको सूची प्रकाशन गर्ने कार्यतालिका छ ।

माघ ३ गते मंगलबार सभामुख रउपसभामुख चयनको लागी लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ७ बमोजिमप्रदेश सभाको बैठकमा क्रमशः सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस भनी प्रस्ताव सदस्यहरुले प्रस्ताव गर्ने, समर्थक सदस्यहरुले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावहरुमाथि संक्षिप्त छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
काठमाडौंमा बालेन शाहको अग्रता कायमै