अस्मितासँग किरणको ‘ख्याल ठट्टा’

काठमाडौं । गीतकार सुधा मरहट्टाको शब्दमा रहेको संदेश मुलक गीत ‘ख्याल ठट्टा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वर लोकप्रिय गायक राजेश पायल राईको छ भने २ दशक देखि नेपाली संगीतमा सक्रिय संगीतकार शंकर थापा ‘स्माइल’को संगीत रहेको छ। गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका छन् ।

म्युजिक भिडियोमा हाँस्य कलाकार किरण केसी, मोडल कमल सिंह, अश्मिता जुरेली र रोहन श्रेष्ठको अभिनय रहेको छ। दिपक गिरीले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्। प्रख्यात घिमिरेको भिडियोमा कोरियोग्राफी रहेको छ ।

अनुराग रईगाई र सुधा मरहट्टाकोको लगानी रहेको यस भिडियोलाई सशान कंडेलको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘सनराईज म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। यसअघि गीतकार मरहट्टाको शब्दमा रहेको ‘तिम्रो मायाले’, ‘फूल फूल्यो’ लगायत म्युजिक भिडियो सार्वजनिक भैसेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बिपक्षी दलबाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार !