रणबीर र श्रद्धा ‘तू झुठी मै मक्कर’ मा

मुम्बई । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री श्रद्धा कपुर यतिबेला नयाँ फिल्म ‘तू झुठी मै मक्कर’मा व्यस्त छन् ।

प्यार का पंचनामा, सोनु के टिटु की स्वीटी र दे दे प्यार दे जस्ता सुपरहिट फिल्म दिएका लव रञ्जनले रणबीर र श्रद्धालाई यो फिल्ममा जोडीको रुपमा उतारेका छन् ।

फिल्म ‘तू झुठी मै मक्कर’ को दिल्ली पछि अहिले स्पेशनको रमणीय स्थानमा छायांकन भईरहेको छ । गरिएको छ । फिल्मको छायाँकनको केही तस्बिरहरु अहिले बाहिरिएको छ । यी जोडी अहिले दर्शकमाझ यो फिल्मको फोटोका कारण चर्चामा छन् ।

निर्देशक रञ्जनले फिल्म’bout भनेका छन्, ‘यो फिल्म रोमान्सको वरिपरि घुमेको छ र दुई व्यक्तिको प्रेममा परेको उत्सव मनाउने क्रममा, ट्विस्टको साथ, हामीलाई यसलाई उत्कृष्ट बनाउनको लागि एक सुन्दर सेटिङ र ब्याकड्रप चाहिन्छ। धेरै स्थानहरूमा स्काउट गरेपछि अहिले हामी स्पेनका सुन्दर स्थानहरूलाई कैद गरिरहेका छौं ।’ दर्शकहरूले रणवीर र श्रद्धाको मनमोहक जोडीसँगै सुन्दरलाई पनि माया गर्ने यी निर्देशकको कथन छ ।

लभ फिल्म्सका लव रञ्जन र अंकुर गर्गले निर्माण गरेको यो चलचित्रलाई टी–सिरिजका गुलशन कुमार र भुषण कुमार निर्माता रहेका छन् । आगामी होलीको दिन यो फिल्म देश बिदेशमा रिलिज हुने रञ्जनको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
पोखराको मेयर बन्न २३ जनाको मनोनयन