जगदिशपुर तालमा पाउना चरा आउन थाले

कपिलवस्तु । जाडो मौसम सुरु भए संगै विश्व सिमसार क्षेत्रमा सुचिकृत कपिलवस्तु नगरपालिका ९ र १० स्थित जगदीशपुर तलामा आगन्तुक चराहरुको आगमन बढेको छ । विश्व सिमसार क्षेत्रमा सुचिकृत यस तालमा चिन, मंगोलिया तथा रुसको साइबेरिया सहितका क्षेत्रबाट चरा आउने गर्दछ्न । चरा तालमा जाडो छल्न तथा बच्चा कोरल्न आउने गरेको चरा विज्ञको भनाई छ । तराईमा चिसो मौसम सुरु हुना साथ तबलामा चरा आउने गर्दछन ।

यस तालमा १५० भन्दा बढी जातका चराचुरुङ्गी पाइन्छन् । त्यसैगरी यस तालमा विभिन्न प्रजातिका माछाहरु, कछुवा, भ्यागुता आदि जलप्राणी पाइन्छन् । सिमसार वनस्पतिहरुमा बेहाय, पटेर, कमल, जंगली धान, सिंगडा लगायतका वनस्पतिहरु यस तालमा पाइन्छन् ।
तालमा सिमसारमा आश्रित ६१ प्रजातिका र अन्य ५७ प्रजातिका चरा पाइन्छन् । त्यस्तै विश्वमै दुर्लभ मानिएका ७ प्रजातिका चराहरु पाईने नेपाल पंक्षी संरक्षण संघले जनाएको छ । साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्के्मिमनिस्तान र किर्गिस्तान लगायतका देशबाट यहाँ चराहरु आउने गरेका छन् । ती देशहरुमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न आउने गरेको जनाईएको छ । चराहरु ७ देखि १० दिन लगाएर यहाँ आउने गरेको जनाइएको छ ।

निकै आकर्षण र मनमोहक देखिने तालमा चराचुरुङ्गिको जल बिहार, चिरबिराहट र जलक्रिणाले मानवीय जीवनलाई रोमाञ्चित बनाउँने हुदा तलामा प्रशस्त स्वदेशी विदेशी प्रयटक समेत आउने गरेका छन् । करिब ४ देखि ५ माईल उडेर चराहरु यहाँ आउने र ५÷६ महिना चराहरु बसेर जेठ महिना तिर फर्किने गरेको बरिष्ठ चराविद डा हिम सागर बरालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने