उत्कृष्ट ५२ एलओडी पुनः नोमिनेसनमा

काठमाडौं । ठमेलस्थित ‘एलओडी’ क्लब यस वर्ष पनि ‘डिजे म्याग टप १००’को नोमिनेसनमा परेको छ । यूकेस्थित डिजे म्यागले छनोट गर्ने सन् २०२३ को क्लब क्याम्पियनमा एलओडी परेको हो ।

सन् २०२२ मा एलओडी विश्वको उत्कृष्ट क्लबको ५२औं स्थानमा परेको थियो । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लब छनोट गर्ने गर्छ । टप सयको क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ ।

माथि देखिएको फोटो स्क्यान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ । एलओडीका अनुसार डिजे म्यागको वेबसाइटमा जानुपर्छ । त्यसपश्चात् बेलायतको झन्डामा क्लिक गर्नुपर्छ । मत गर्नका पुनः फेसबुक वा गुगलको अप्सन आउँछ ।

डिजे म्यागको १०० क्लब आएपछि तलपट्टिको भागमा ‘इट्स कुल लेट्स गो’ मा क्लिक गर्नुपर्छ । प्रयोगकर्ताले फेरि आङ्खनो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् । अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडौं सहरको नाम उल्लेख गर्नुपर्नेछ ।

एलओडी डिजे म्याग टप १०० को छनोटमा पुनः पर्न सफल भएको क्लबका निर्देशक भुपेनशमशेर कुँवरले जानकारी दिए । सय क्लबको छनोटमा पुनः पर्न सफल भएमा क्लब व्यवसायीले पनि राष्ट्रका लागि केही गर्न सक्ने सन्देश जाने धारणा व्यक्त गरे । ‘एलओडी क्लब डिजे म्यागको टप १०० भित्र परिसकेको छ,’ कुँवर भन्छन्, ‘सन् २०२२ टप १०० को एलओडी ५२ स्थानमा परिसकेको छ ।

क्लबकै कारण पनि नेपालको नाम विश्वसामु फैलाउन सफल भएका छौं । यसपटक पनि राम्रो स्तरमा पर्न सक्नेगरी काम गरिरहेका छांै ।’ पुनः उत्कृष्ट क्लबमा पार्न सबैजनाको साथ आवश्यक रहेको उनले प्रस्ट पारे । रात्रीकालीन जीवनका पारखी तथा विदेशी पर्यटकलाई यस क्लबले झनै आकर्षण गर्नसक्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीमा मात्रै ५ हजार उम्मेदवार