संकट निम्त्याउँदै भागबन्डाको राजनीति


संसदबाट विश्वासको मत लिँदा वर्तमान सरकारले असाधारण बहुमत पाए पनि सारमा भने असमाधेय समस्या र अन्तरविरोधको व्यथा बोकेर अघि बढ्न विवश हुन सक्ने देखिएको छ । बाहिर हेर्दा स्वस्थ र निरोगी देखिए पनि वर्तमान सरकार सुन्निएर मोटो भएजस्तो अनुभूत जनताका माझमा हुन थालिसकेको छ । सरकारले गति लिन नसक्दा जनतामा फेरि पनि कमजोर र रोगी सरकार बन्यो कि भनेर टिप्पणी हुन थालिसकेको छ । सरकार आफैँ सजिलोसँग हिंडडुल गर्न नसक्ने, सुन्निएको भारी जिउका कारण अरूको सहारा र वैशाखीमा भर पर्नुपर्ने तथा ’round झुम्मिएका सबैको घचपचका कारण कुनै पनि कामको मेलोमेसो अघि नसर्ने देखिन थालिसकेको छ । सत्तागठबन्धन कसलाई भन्ने ? सबै राजनीतिकदल सत्ताधारी बनेका छन् । सबैमा शान्तिको आशा र भरोसा पलाएको छ । यसले सरकारसँग सबै राजनीतिकदलले घुर्की, धम्की र बार्गेनिङको नीति अख्तियार गर्ने अवस्थामा पु-याएको छ । यो भनेको कामको प्रक्रिया पन्छाएर मामको भतेर लगाउने बेला जस्तै हो ।

देशमा दलीय व्यवस्था छ । दलीय व्यवस्थामा सरकार र बलियो प्रतिपक्ष रहने व्यवस्था हुन्छ । सरकारले काम बिरायो वा देश र जनताविरुद्ध कुनै गलत काम वा निर्णय लियो भने त्यसको सशक्त विरोध गरेर उक्त काम गर्न नदिई सरकारलाई सही बाटोमा हिंडाउने काम नै प्रतिपक्षको हो । तर, अहिले संसदमा प्रतिपक्षविहीनताको अवस्था छ । सबै सांसद सत्तापक्षको ‘रो’मा बस्ने र सत्तापक्षीय निर्णय गर्ने अवस्था सिर्जना भएको छ । बरू भागबन्डा कहाँ मिलेन भनेर निहुँ खोज्ने र संसदमा रडाको मच्चाउने बेढंगको वातावरण सिर्जना हुँदै छ । यसले देशमा स्थिरता ल्याउने त देखिँदैन, विरोध गराइ पनि भागबन्डा नमिलेर मात्र गरिने निश्चित छ । पाँच वर्षसम्म यो समस्याले अल्झाइरहने र जनता थप वाक्कदिक्क हुने देखिएको छ । यसका लागि सबैभन्दा जिम्मेवार राजनीतिक पार्टी भनेको नेपाली कांग्रेस नै देखिएको छ । नेपाली कांगे्रसको ‘न घर, न घाट’को अवस्था रहेकाले अबका दिन संसदमा निकै पट्यारलाग्दा र ‘आदिन, जा रात’ का हुने छन् । प्रतिपक्षको भूमिकामा रहन नसकेर राष्ट्रपतिसहित संवैधानिक निकायमा खुलेर माग गर्दै सत्तापक्षमा आफूलाई उभ्याएको छ, नेपाली कांग्रेसले !

यसले संसद निर्वाचित प्रतिनिधिको हुलमा परिणत गरेको छ । किनकि, क्रियाशीलता र उत्प्रेरणा वा आलोचना संसदमा वैचारिकरूपमा देखापर्ने छैन । भागबन्डा नमिलेर संसदभित्र गरिने रडाकोले जनतामा वितृष्णाबाहेक केही पनि ल्याउने छैन । अर्कोतिर नेपाली कांग्रेस यसको संसदीय इतिहासमा कहिल्यै सत्ताबाहिर रहेर निर्वाचनमा गएको छैन । नेपाली कांग्रेस अधिकांश समय सत्तामै रहेर निर्वाचनमा गएको छ । यो चाहना नेपाली कांग्रेसमा अहिले पनि छ । सरकारमा गरिएको आधाआधा भागबन्डामा फेरि पनि हुने खेलले सरकार स्थिर हुने र देशमा सुधार त परै जाओस्, स्वाभाविक विकासका काम हुने पनि देखिँदैन । यो नेपाल र नेपाली जनताका लागि दुर्भाग्यको कुरो हो । आखिर भागबन्डाको राजनीतिले फेरि पनि संकट निम्त्याइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री दाहाल असमझदारी हटाउन ओली निवासमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित