समाज र संगठनमा ज्ञान व्यवस्थापन आजको यथार्थ आवश्यकता हो । समाज परिवर्तन, सार्वजनिक सेवामा नागरिकका लागि सेवाप्रवाह गर्ने विविध प्रडक्ट/उपभोक्ता ब्रान्ड (उत्पादन)हरूको विकास तथा प्रवाह ज्ञान उपयोगको परिणाम हो । समाजमा परिवर्तनशील छ । मानिसका सोच विचारहरू छिनछिनमा परिवर्तन भइरहेका छन् । मानिस मानिसबीच सम्बन्ध पहिले जस्तो अपरिवर्तनीय छैन् । सम्बन्धमा भएको परिवर्तन र भच्र्युअल सम्बन्धले सामाजिक संरचना अभेद्य र जटिल बनेको छ । समाजका हुने र भएका हरेक परिवर्तन ज्ञानका परिणति हुन् ।
व्यक्ति, समुदाय तथा संगठनको सफलता ज्ञानको सिर्जना, विकास, उपयोग, वितरण र सम्भारमा टिकेको छ । समाजमा शिक्षाको प्रसार, सूचना सञ्चार प्रविधिको विकास र उपयोग तथा वस्तुसेवाको डिजिटलाइजेसन र नेटवर्कमा आबद्ध भएको छ । समाज गभर्नेन्स प्रणालीका आचरण, व्यवहार बुभ्mन र सेवाप्रवाहका विषयमा माग गर्न, प्रश्न गर्न र आलोचना गर्न सक्नेगरी सक्षम र जागरूक बनेको छ । यसकारण, सुसूचीत समाज र व्यक्तिका लागि सूचना सञ्चार प्रविधिमा आधारित वानस्टपमा एनिटाइम, एनिहोयर गुणस्तरीय सार्वजनिक सेवाप्रवाह गर्नु सार्वजनिक सेवाको गहन जिम्मेवारी बनेको छ ।
प्रशासनिक एवं सामाजिक जटिलताको समाधान केवल ज्ञानको उच्च व्यवस्थापनमा टिक्न पुगेको छ । नेपालको सार्वजनिक प्रशासनको अध्ययन गर्दा ज्ञान व्यवस्थापनमा पछाडि परेको जस्तो अनुभूति हुन्छ । यस सन्दर्भमा सेवामा ज्ञान कसरी प्राप्त हुन्छ भन्ने विषयमा प्रस्ट हुनुपर्छ । निजामती सेवा वा अन्य सरकारी सेवामा ज्ञान सिर्जनाको आरम्भ सेवामा प्रतिभावान (ट्यालेन्ट) व्यक्तिको प्रवेश गराउनुबाट हुन्छ । लोक सेवा आयोगले लिने परीक्षामा प्रतिभावान् व्यक्तिहरू सहभागी भएनन् भने सार्वजनिक सेवामा प्रवेश गर्न चाहनेहरूमध्येबाट मात्र योग्य छनोट गरिन्छ । समाजको प्रतिभावान् व्यक्ति सरकारी सेवाको लागि छनोट नहुन सक्छ । भनिन्छ, ज्ञानले ज्ञान बढाउँछ । तर, निजामती सेवामा इनोभेसनलाई महत्व दिइएको देखिँदैन । नवीन विचार र नवीन सोचलाई उत्प्रेरित गर्ने संगठनात्मक संस्कृति छैन । पदसोपानको तहले ज्ञान सिर्जनालाई थिचेर राखेको देखिन्छ ।
ज्ञान व्यवस्थापन सार्वजनिक सेवाका लागि पहिलो आवश्यकता बन्न पुगेको छ । ज्ञान व्यवस्थापनको सन्र्दभमा ज्ञानार्जनको एउटा प्रमुख स्रोत विभिन्न संगठनमा गरिएका उत्तम अभ्यासको अनुशरण गर्नु हो । अर्थात् बेलायतमा उत्तम ठहरिएको सिटिजन चार्टर हामीले नागरिक बडापत्रका रूपमा अभ्यास गरेका छौं । जापानमा सार्वजनिक निकायहरूले प्रवाह गर्ने सेवाको निरन्तर गुणस्तर निगरानी गर्न अभ्यास गरिएको गुणचक्र (क्वालिटी सर्कल) को अभ्यासको पनि हामीले प्रयास ग¥यौं । तर, अभ्यास अभ्यासका लागि मात्र रहयो । लर्निङ संगठनले धेरै छिटो ज्ञानार्जन गर्न सक्दछ । तर, निजामती संगठनमा सिक्ने संस्कृति (लर्निङ कल्चर) छैन । ज्ञानार्जनको लागि लर्निङ संगठन र नलेज ट्रेनि«हरू महत्वपूर्ण हुन्छन् । तर, हाम्रो देशमा त्यस्ता केन्द्रहरू कम छन् । विभिन्न क्षेत्रका विज्ञहरू बसेर कार्यसम्पादनका विविध अनुभवहरू सेयर गर्ने कार्यशाला गोष्ठी सेमिनार ज्ञान सिर्जनाका महत्वपूर्ण स्रोत हुन् । विषय विज्ञहरूबाट दिइने ज्ञान तालिमले व्यक्तिहरूको लुकेको क्षमता उजागर गर्ने मात्र नभई हरेक विषयमा नवीन ढंगले सोच्ने बानी तथा सूचनामा आधारित भएर काम गर्ने आदत बसाल्छ ।
आजकल संगठनमा टिमवर्कले महत्व पाउँदै गएको छ । कुनै नयाँ काम गर्दा वा कुनै नयाँ समस्या आइपर्दा संगठनका कर्मचारीहरू एक ठाउँमा बसेर वा नेटवर्कमा रहेर गरिने बे्रन स्ट्रोमिङबाट नयाँ नयाँ ज्ञान सिर्जना हुन्छन् । सूचना वा ज्ञान सेयर गर्नाले ज्ञान बढछ र ज्ञानको सदुपयोग उच्चतम बिन्दुमा हुन्छ । तर, नेपालको सार्वजनिक प्रशासनमा नलेज सेयर गर्ने वातावरण छैन् । सेवामा टिममा हुने छलफल देखावटी मात्र बनेको छ ।
आज दुनियाँ नेटवर्कमा जेलिएको छ । वर्क फर्म होमको अभ्यास भएको छ । अनलाइन सेवा प्रवाह भइरहेका छन् । यस घडीमा सार्वजनिक प्रशासनको पनि रूपान्तरण अनिवार्य बनेको छ । तर, नेपालको सार्वजनिक सेवा अझै डिजिटल युगमा रूपान्तरण हुन अग्रसक्रिय हुन सकेको छैन । संगठनका सूचना, सेवाहरू पूर्णरूपमा डिजिटलाइज्ड बन्न सकेका छैनन् । डिजिटल्ली ज्ञान आर्जन गर्न डिजिटल लाइब्रेरीको कमी छ भने प्रशासकमा सिक्ने पढ्ने बानीको पनि नितान्त अभाव छ ।
ज्ञान सिर्जनाको महत्वपूर्ण स्रोत अनुसन्धान र विकास हो । ज्ञानको न्यूनता वा भइरहेको ज्ञान पर्याप्त भएन भने अनुसन्धान र विकासले त्यस्तो अन्तर पहिचान गर्दछ र परिपूर्ति गर्न सिफरिस गरिन्छ । नेपालको सार्वजनिक प्रशासनमा सबैभन्दा बेवास्ता गरिएको र दुरूपयोग भएको क्षेत्र नै अनुसन्धान र विकास हो । अनुसन्धान र विकासका लागि एकातिर बजेट कम छ अर्कोतिर अनुसन्धान नाम मात्रको लागि गर्ने गरिन्छ । अनुसन्धान कुन उद्देश्यका लागि गर्ने हो त्यो पनि स्पष्ट हुँदैन । अनुसन्धान गर्ने व्यक्ति वा संस्था विषय क्षेत्रको ज्ञाता पनि हुँदैनन् । र त्योभन्दा अचम्म त सार्वजनिक प्रशासनमा अनुसन्धानबाट आएको परिणामप्रति नै राजनीति हुने गर्दछ । अनुसन्धानबाट आएको परिणाम आप्mनो अनुकूल भएन भने नेतृत्वले त्यो प्रतिवेदन दराजमा थन्क्याएर राख्छ र अनुसन्धानमा संलग्न व्यक्तिलाई तितरवितर पारिदिन्छ ।
सार्वजनिक क्षेत्रको कार्य सक्षमताको मूल्यांकन गर्दा निजामती सेवालगायत सबै सरकारी सेवामा ज्ञान व्यवस्थापनको आवश्यकता टड्कारै देखिन्छ । संगठनको कार्य वातावरणमा आएको परिवर्तनले ज्ञान व्यवस्थापन अनिवार्य पनि बन्न पुगेको छ । ज्ञानको स्रोत मूलतः व्यक्ति हो । व्यक्तिमा भएको ज्ञान प्रस्फुटन भए पछि त्यो कोडिङ हुन्छ र डकुमेन्टेड गर्न सम्भव हुन्छ । डकुमेन्टेड ज्ञान दीर्घायु हुन्छ । व्यक्तिको जीवनमा व्यक्तिगत र प्रोफेसनल गरी दुई पाटा हुन्छन् । फेड्रिक टेलर र म्याक्स वेवर कालमा जस्तो मेसिन झंै मानिसले अब काम गर्दैन । ऊ आफ्नाे व्यक्तिगत र प्रोफेसनल जीवनलाई सन्तुलित राख्न चाहान्छ । यस घडीमा संगठन आप्mना कर्मचारीको पेसागत जीवनको महत्तम उपयोग गर्न ज्ञान व्यवस्थापनमा केन्द्रित हुनुपर्ने देखिन्छ ।
ज्ञान व्यवस्थापनका अवयवहरू सिर्जना, कोडिफाई, विकास, सेयर र प्रयोग हुन् । ज्ञानको प्रयोगात्मक अनुवादका लागि सामाजिकीकरण, बाहयीकरण, संयोजन (कम्बिनेसन) र आन्तरिकीकरण गरी प्रक्रियाको उपयोग र प्रयोग गरिएको हुन्छ । पहिलो, सामाजिकीकरण प्रक्रियामा आमनेसामने बसेर आपसी अन्तरक्रिया र छलफलबाट ज्ञानको निर्माण र सेयर गरिन्छ । यसमा मुलतः अदृश्य ज्ञानबाट अदृश्य ज्ञान (हेड नलेज) को अभ्यास हुन्छ र ज्ञान बन्न जान्छ । दोस्रो, बाह्यकरणबाट अदृश्य ज्ञानलाई दृश्य ज्ञानमा परिवर्तन गर्ने क्रिया गरिन्छ । व्यक्तिमा रहेको ज्ञान कुनै अवस्थामा आप्mनो प्रयोग गर्दछ र त्यस्तो ज्ञान डकुमेन्ट गर्न सकिने (टयान्जिवल) हुन्छ र छुन देख्न सकिन्छ । अर्थात् यस प्रक्रियामा बाह्य ज्ञानलाई संगठनमा उपयोग गरिन्छ र लेखिन्छ पनि । संगठनमा ल्याटरल इन्ट्री यसको प्रयोग हो । तेस्रो, संयोजन प्रक्रियामा धेरै सूचना, प्रतिवेदन वा डकुमेन्ट हेरेर पढेर (लिटरेचर रिभ्यु) त्यसबाट ज्ञानमा नयाँपन दिन सकिन्छ । चौथो, आन्तरिकीकरणमा पढेको सिकेको कुरालाई अर्थात बाह्य ज्ञानलाई ब्रेनमा लगेर भण्डार गर्ने प्रक्रिया हो । यसरी ज्ञान आर्जन गरेपछि व्यक्तिको जीवनमा परिवर्तन आएको स्पष्ट देखिन्छ ।
सार्वजनिक सेवाको सवलताको खोजी नागरिकलाई कर्मचारीतन्त्रले प्रभावकारी रूपमा सार्वजनिक सेवा दिन नसकेपछि भयो र नयाँ सार्वजनिक व्यवस्थापनले जन्म लियो । नयाँ व्यवस्थापन प्रणालीले सरकारले दिँदै आएका मिल्ने सेवाहरू जति निजी क्षेत्रलाई करार गरेर देऊ भनेर सिकायो । करार दिने वा निजी क्षेत्रलाई छोड्ने गर्दा सेवाप्रवाह प्रभावकारी भयो । अहिले निजी क्षेत्रमा ज्ञान व्यवस्थापनको अभ्यास भइरहेको र सो अनुकरण गर्न सान्दर्भिक बन्न गएको देखिन्छ ।
निजामती सेवालगायत सबै सार्वजनिक सेवामा ज्ञान व्यवस्थापन गर्नुपर्ने व्यवस्थापकीय दबाब सिर्जना भएको छ । सार्वजनिक संगठनमा रहेको म भन्ने संस्कृतिको ठाउँमा हामी भन्ने संस्कृति स्थापना र विकास गर्नुपर्छ । संगठनलाई नलेज वेस्ड संगठनका रूपमा रूपान्तरण गर्न आवश्यक हुन्छ । सार्वजनिक सेवामा ज्ञानको अवस्था र ज्ञानको अनुवाद (कनभर्सन) प्रक्रियाको जानकारी भइसकेपछि संगठनको लागि ज्ञान व्यवस्थापनका आवश्यकता छर्लंग देखिन्छन् । सार्वजनिक सेवामा कर्मचारी, प्रक्रिया र प्रविधिको भूमिका महत्वपूर्ण तत्वहरू हुन् ।
ज्ञान व्यवस्थापनमा कर्मचारीको इच्छा शक्तिको गहन र अहम् भूमिका रहन्छ । ज्ञान व्यवस्थापनले सर्वप्रथम, ज्ञान सिर्जना, सेयर, उपयोग गर्न कर्मचारी र कार्यप्रक्रिया संस्कृतिलाई प्रेरित गर्दछ । ज्ञानको आवश्यकता पहिचान भइसकेपछि सो आवश्यकता पूरा गर्न सहज र सरल हुने गर्दछ । ज्ञान व्यवस्थापनको चक्र चरणले ज्ञानको सिर्जना, ज्ञानको सेयर, ज्ञानको उपयोग र ज्ञानको सम्भार जस्ता चरणहरू भएर पार गर्दछ । कार्य वातावरणमा खरो, प्रतिस्पर्धी र सफल बन्न संगठनले ज्ञानको व्यवस्थापन गर्दा चरणपिच्छे रणनीतिहरू विकास गर्नुपर्छ । सार्वजनिक सेवामा ज्ञान व्यवस्थापनका रणनीतिहरू देहायबमोजिम हुनुपर्छ ।
जसमा संगठनमा ज्ञानको न्यूनता पहिचान र नलेज म्यापिङ गर्ने, ज्ञान व्यवस्थापनको लाभ’bout कर्मचारीलाई जानकारी गराउने, कर्मचारीबीच ज्ञान वा सूचना सेयर गर्नका लागि आपसी विश्वासको वातावरण विकास गर्ने र संगठनको नेतृत्वले सूचना तथा ज्ञान सेयर गरेर रोल मोडेलको भूमिका प्रर्दशन गर्ने गर्नु उचित हुन्छ ।
साथै, उत्कृष्टरूपमा नलेज सेयर गर्ने कर्मचारीलाई प्रेरणा दिने र पुरस्कृत गर्ने, संगठनमा ज्ञान सिर्जना, सेयर उपयोग गर्ने टिमको विकास गर्ने, ज्ञान सेयर गर्ने प्रक्रियालाई नेटवर्क आबद्ध, पारदर्शी, सुरक्षित, पूर्ण र सरल बनाउने र ई–गभन्र्मेन्ट प्रक्रियालाई सामयिक र सरल बनाउँदै लैजानुपर्छ । सूचना सञ्चार प्रविधिको पुरानो हुने दर उच्च हुने भएकाले प्रविधिको निरन्तर अद्यावधिक गर्दै जाने, नागरिक, सेवाग्राही तथा सरोकारवालासँग सेवाप्रवाहका विषय क्षेत्रमा निरन्तर अनलाइन वा अफलाइन अन्तत्र्रिmया गर्ने र संगठनमा नवीन सोच तथा इनोभेसनलाई प्रोत्साहन गर्ने कुरालाई ध्यान दिनुपर्छ ।
योसँगै अनुसन्धान र विकासमा आवश्यक बजेट विनियोजन गर्ने र अनुसन्धानलाई ज्ञार्नाजनको स्रोतका रूपमा प्रयोग गर्ने, कर्मचारीले महसुस गरेको नलेज ग्याप पूरा हुनेगरी ज्ञान तालिम प्रदान गर्ने र संगठनमा नलेज बैंक, नलेज पुल र नलेज पोर्टल स्थापना गरी नलेज सेयर वातावरण निर्माण गर्ने अनि व्यक्तिगत वा संगठनात्मक ज्ञानलाई अद्यावधिक गर्दै जाने प्रक्रिया अवलम्बन गर्नुपर्छ ।
सूचना वा ज्ञान सेयर गर्न कानुनी सरलता निर्माण गर्ने, सार्वजनिक संगठनमा ज्ञानार्जनको लागि डिजिटल लाइब्रेरी स्थापना र विकास गर्ने, संगठनबाट नलेज लस हुन नदिने र ज्ञान सेयर गर्न संगठनमा एकीकृत वा तहगतरूपमा बैठक आयोजना गर्ने र त्यस्ता बैठकमा नवीन सोच र विचारको सम्मान गर्ने संस्कृति निर्माण गर्नुपर्छ ।
अन्तमा, सार्वजनिक प्रशासनमा ज्ञान व्यवस्थापन अझै पनि नाबालक छ । बिस्तारै, सार्वजनिक क्षेत्रमा ज्ञान व्यवस्थापन आवश्यक छ भन्ने कुरा बिस्तारै महसुस भइरहेको छ । सार्वजनिक सेवाप्रवाहमा प्रतिस्पर्धी निजी क्षेत्रको उदय र सुधारको आवश्यकता लुकाउन सकिने अवस्था छैन । ज्ञान व्यवस्थापनका सजिला र अप्ठ्यारा क्षेत्रको पहिचान भइसकेका छैनन् । सार्वजनिक सूचनाहरू असुरक्षाको उच्च जोखिममा भएका घटना पनि दोहोरिरहेका छन् । यस घडीमा सार्वजनिक सेवामा ज्ञान व्यवस्थापन गर्दा, सूचनाको डिपजटाइज्ड गर्दा र सेयर गर्दा बढी संवेदनशील बन्नुपर्ने पनि बनाएको छ । र, ज्ञान व्यवस्थापन नगरेसम्म सार्वजनिक सेवालाई राज्यको गन्तव्यमा पुग्न कठिन हुन्छ ।