कडा बन्दै छ मौसमी रुघाखोकी

काभ्रे घर भएका ३९ वर्षीय यादव थपलिया नाम परिवर्तन काठमाडांैमा कार्यरत सञ्चार कर्मी थिए । ४ दिन पहिलेदेखि ज्वरो आएका उनी अस्पताल भर्ना भएकामा उनको ५ दिनपछि भाइरल इन्फेक्सन इन्फ्लुएन्जाका कारण काठमाडौं मेडिकल कलेज, सिनामंगलमा मृत्यु भएको थियो । सबैभन्दा राम्रो औषधी चलाउँदा पनि काम नगरी संक्रमण शरीरभरि फैलिई सेभेर सेप्सिस, एआरडीएस भई सम्पूर्ण टिम, प्रविधि लगाउँदा पनि उनलाई बचाउन सकिएन ।

संसारमा रुघा नलागेको व्यक्ति भेट्टाउन मुस्किलै पर्दछ त्यसमा अझ जाडो मौसममा के बच्चा के वयस्क के वृद्धवृद्धा रुघाखोकीबाट आक्रान्त नहुने बिरलै पाइन्छ । चिसो मौसममा भाइरस सजिलै चारैतिर फैलन सक्ने भएकाले रुघाखोकी, नाकबाट सिंगान बग्नु, हाछ्यु हुनु, घा“टी दुख्नु जस्ता समस्या सबैजसोले भोग्ने र सामान्य मान्ने गरेका छन् । तर, २ सातायता रुघाखोकी र भाइरलले जटिलता ल्याई अस्पताल भर्ना र केहीको मृत्यु हुन थालेको समाचार छापा तथा सञ्चार माध्यममा देखिँदै छ भने उपत्यकामै पनि चिकित्सकको परामर्श लिनुपर्ने र केहीलाई त भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने भएको छ ।

चिकित्सकको सल्लाहविपरीत आपूm खुसी औषधी खा“दा सामान्य रुघाखोकी र ज्वरोले पनि कतिपयको ज्यान समेत जाने गरेको छ । रुघाखोकीमा हेलचेक्र्याइ गरे निमोनिया हुन्छ, फोक्सोको प्रतिरोधात्मक क्षमता घटाउछ, फोक्सो बिगार्छ, शरीरलाई अक्सिजन पुग्दैन र मानिसको मृत्यु हुन्छ । अस्पताल पुग्ने बिरामीमा ९० देखि १०० प्रतिशतले पहिला नै औषधी आफंै वा मेडिकलबाट लिई खाइसकेका हुन्छन् ।

दुई सातायता रुघाखोकी र भाइरलले जटिलता ल्याई अस्पताल भर्ना र केहीको मृत्युसमेत भएको समाचार आउन थालेको छ

रुघा के हो ?
रुघाखोकी २ सयभन्दा बढी भाइरस र मूलतः इन्फ्लुएन्जा भाइरसद्वारा हुने संक्रामक सरुवा रोग हो । मिक्सो भाइरस समूहको इन्फ्लुएन्जा भाइरसका ए, बी र सी प्रजाति हुन्छन् । यो भाइरसको एकपटकको आक्रमणले छोटो समयका लागि इम्युनिटी दिन्छ र हरेकपटक नया“ भाइरसको संक्रमण हुन्छ । विश्वमा र नेपालमा समेत हरेक वर्ष रुघाखोकी जस्ता स्लेष्माजन्य रोग इन्फ्लुएन्जाको प्रकोप बारै महिना भइरहन्छ तर बढी प्रभाव जाडोको थालनी र अन्त्यमा भएको देखिन्छ । अमेरिकन लंस एसोसियसनका अनुसार स्कुल जाने र प्राथमिक कÔामा पढ्ने बच्चामा ३ देखि १२ पटक प्रतिवर्È र किशोरावस्था र यौवनावस्थामा बर्सेनि २÷४ पटकसम्म संक्रमित हुन्छन् । एलर्जी संघको तथ्यांकमा २० देखि ३० वर्È उमेर समूहका बालबालिकाको निरन्तर सम्पर्कका कारण पुरुÈमा भन्दा महिलामा बढी संक्रमण हुन्छ ।

कसरी सर्छ ?
प्रत्यक्ष सम्पर्कबाट र हावाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले तथा भाइरस हावामा हुने भएकाले ज्यादा भीडभाड हुने स्थान, सिनेमाहल, बस, विद्यालय, जात्रा आदि धुलो तथा प्रदूषणयुक्त स्थानमा छिट्टै सर्ने सम्भावना हुन्छ । बिरामीले खोक्दा, बोल्दा, हाछ्यु गर्दा लाखौं विषाणु हावामा पैmलिन्छन् अन्य मानिसले स्वास लिँदा उक्त विषाणु निरोगी मानिसको फोक्सोमा पुग्दछ । विषाणुले अनुकूल वातावरण पाएमा त्यस विषाणुले असर गरी रोग देखा पर्छ । पहिलो २ दिनमा संक्रमण बढी हुन्छ । संक्रमण बढी र गम्भीर प्रकृति रुघाखोकी बालबालिका, बुढापाका, मधुमेह, उच्च रक्तचाप, दम, मुटु, एचआईभी एड्स, Ôयरोग, हेपाटाइटिस, रक्तअल्पता, कुपोÈण तथा संवेदनशील शरीरमा छिट्टै एलर्जी हुने गर्छ ।

लक्षणहरू

रुघाखोकी मानिसबाट मानिसमा मौसम परिवर्तन हुने समयमा तथा शरीरको प्रतिरक्षात्मक ह्रास भएको स्थितिमा अत्यन्त छिटो र सजिलोस“ग कुनै पनि उमेर तथा लिंगका धनी र गरिबलाई नछुट्याइ फैलिन्छ । विषाणुको संक्रमण भएको केही घण्टादेखि १–२ दिनमै लक्षण देखिन्छ । संक्रमण भएपछि नाकबाट पानी जस्तो पातलो सिगान बग्छ, हाछ्यु लागिरहन्छ, नाक सनसनाउँछ । आँखा रसिलो भई आँसु बगिरहन्छ । वाकवाकी लाग्ने, बान्ता हुने, सुख्खा खोकी लाग्छ । छाती दुख्छ, नाकको म्युकोसा सुन्निने भएकाले श्वास फेर्न गाह्रो हुन्छ । थुक, पानी पिउन, निल्न पनि गाह्रो हुन्छ । शरीरमा थकानको अनुभव हुन्छ, टाउको भारी भई दुख्छ । धेरै ज्वरो आउछ, जिउ दुख्छ, कान बन्द हुन्छ ।

ब्याक्टेरियल निमोनियाविरुद्धको खोप ज्येष्ठ नागरिकले जिन्दगीभर एकपटक लगाए पुग्छ


विशेषगरी नवजात शिशु र बालबालिकामा घाँटीमा खसखस गरी खोकी लागिरहन्छ जसलाई घाँटी खसखसाउने, कोक्याउने भनिन्छ । नाक बन्द हुन्छ, स्वाद र सुघ्ने क्षमतामा कमी आउ“छ । घा“टी खसखस गरेपछि कफ आउ“छ । पातलो सिगान दिनदिनै बढ्दै जाँदा बाक्लो र पहेँलो हुँदै जान्छ, अक्सर नाक बन्द भइरहन्छ, खान रूचि नहुने हुन्छ । चुरोट खानेमा कडा लक्षण देखिन्छ भने चिसोयाममा बढी बालबालिका, वृद्ध तथा शारीरिक रूपले असक्तमा लामो समयसम्म लक्षण रहन्छ ।

जटिलता नभएमा ३–५ दिनमा लक्षणहरू कम भएर जान्छन् । घरेलु उपचारले निको नभए, १०२ डिग्रीभन्दा बढी ज्वरो आए, जिउ कामे, टाउको बढी दुखे, घाँटी दुखे, वाकवाकी लागे, वान्ता भए, छाती दुखे, सास फेर्न असजिलो भए तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।

जटिलता
नेपालमा खोज नभए पनि विश्वव्यापीरूपमा हरेक वर्ष ३० देखि ५० लाख मानिस कडा किसिमको प्mलुको सिकार हुन्छन् जसमा ३ देखि ६.५ लाखको मृत्यु हुन्छ । सबैभन्दा बढी प्रभावित हुनेमा ६५ वर्षभन्दा बढी उमेरका बालबालिकाहरू नै छन् । इन्प्mलुयन्जा भाइरस ए, बी, सी र डी ४ प्रकारका छन् र हामीले भोग्दै आएको बर्डफ्लु, स्वाइनफ्लुका कारण ए प्रकारका भाइरस नै हुन् ।

इन्फ्लुएन्जाले साधारणतया रुघाखोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी सामान्य संक्रमण गराउने भए पनि ट्राकियाटिस, ब्रोंकाइटिस, ब्रोडोलाइटिस, ब्रोडोनिमोनिया फेरेन्जाइटिस, लेरेन्जाइटिस, निमोनिया, राइनाइटिस, साइनाइटीस, एक्युट ओटाइटिस मिडिया, ब्याक्टेरियल संक्रमण, टकसिक कार्डियोमायोप्याथी, इन्सेफलाइटिस, इन्सेफेलोप्याथी, न्युरोप्याथी, एस्थेनिया र डिप्रेसन पनि हुन सक्छ । जाडोयाममा हुने इन्फ्लुएन्जाले हृदयरोग र हृदयघात समेत हुनसक्ने देखाएको छ । त्यसकारण रुघा एक सामान्य रोग भए तापनि हेलचेत्र्mयाइ गर्दा अन्य ठूला रोगको कारक बन्न सक्दछ ।

उपचार
हुन त रुघाखोकी भाइरल इन्फेक्सन भएको हुँदा यसको रामवाण औषधी छैन । भाइरल इन्फेक्सनको उपचार गर्दा १–२ साता तथा उपचार नगर्दा ७–१४ दिनमा निको हुन्छ । तर, नकारात्मक असर कम गर्न थप संक्रमण र जटिलता रोक्न विदेशमा एन्टिभाइरल औषधिको प्रयोग, रोगविरुद्ध खोप वा भ्याक्सिन पनि दिइने चलन छ तर नेपालमा महँगा औषधि र खोपको आर्थिक भार बेहोर्न नसकिने भएकाले लक्षणअनुसार र संक्रमणको अवस्था सिर्जना हुन नदिन उपचार गर्ने गरिन्छ ।

ज्वरो नहट्दासम्म बिरामीलाई आराम गराउने प्रशस्त मात्रामा तरल पदार्थ खान दिने, न्यानो गरी राख्ने र भेन्टिलेसन भएको कोठामा छुट्टै राख्ने सल्लाह पनि दिइन्छ । भकभकी उमालेको पानी भा“डामा राखेर ओढ्नेले छोपेर दिनमा दुई तीनपटक वाफ लिँदा बन्द नाकको प्वाल खुला भएर श्वास फेर्न सजिलो हुन्छ । एन्टिबायोटिकले ब्याक्टेरिया मात्र मार्दछ भाइरस होइन र चिसो र प्mलुमा काम गर्दैन ।

रोकथाम

नुन मिश्रित तातो पानीले कुल्ला गर्ने, स्वच्छ हावा सञ्चार हुने कोठामा सुत्ने, तातो तरल पदार्थ प्रशस्त प्रयोग गर्ने, सन्तुलित खाना खाने रोगको रोकथाम तथा नियन्त्रण विषयमा स्वास्थ्य शिक्षा प्रचारप्रसार गर्ने आदि नै रोकथामको उपाय हो । रोग लागेका मानिसबाट टाढै बस्ने, भीडभाडबाट अलग्गै रहने, व्यक्तिगत सरसफाइमा ध्यान दिने नै प्रमुख बचावट हो । पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने, भिटामिन सी पर्याप्त मात्रामा भएको फलपूmल र मौसमअनुसारका ताजा फलपूmल तथा सागपात पर्याप्त मात्रामा खाने, प्रशस्त मात्रामा झोल पदार्थ खाने गर्दा रुघाखोकीबाट बच्न सकिन्छ । यसका अतिरिक्त धुलो, धँुवा, चिसो र संक्रमणबाट जोगिन मास्क लगाउने गर्नुपर्छ । कफी, चिया, कोल्डड्रिङक, अल्कोहलले नाक, घाँटी सुक्खा बनाउने, पानीको अभाव गराउँछ । खोपको असर ३ देखि ६ महिनासम्म रहन्छ र खोपको प्रभावकारिता ७० प्रतिशत छ । खोप लगाएको ठाउँमा दुख्ने, ज्वरो आउने हुन पनि सक्दछ तर केही दिनपछि आपैंm ठीक भएर आउँछ । गर्भवती र दूध खुवाइरहेकी आमामा यो खोप लगाउन मिल्दैन ।

अन्तमा, चिसो बढ्दै गर्दा बालबालिकासँगै बाआमालाई पनि निमोनियाको जोखिम छ । स्वास्थ्यसंस्थामा निःशुल्क उपलब्ध खोप लगाएर रोकथाम गर्न सकिन्छ । ६५ वर्ष नाघेकाले एकपटक मात्र खोप लगाए जीवनभर पुग्छ । तथापि अन्य उमेरकालाई फ्लुको खोप हरेक वर्ष बर्सेनि दोहो¥याउनुपर्छ । ब्याक्टेरियल निमोनियाविरुद्धको खोप ज्येष्ठ नागरिकले जिन्दगीभर एकपटक लगाए पुग्छ । बालबालिकालाई न्युमोकोक्कलविरुद्धको खोप विभिन्न स्वास्थ्यसंस्थामार्फत निःशुल्क दिइएको छ भने दीर्घरोगी ज्येष्ठ नागरिकलाई समेत चिकित्सकको सिफारिसमा निःशुल्क खोप दिन सकिन्छ । कम्तीमा २ साता अगाडि लगाइएको खोपले ६० प्रतिशतसम्म बचाउन सक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन साह केशव स्थापित भन्दा २९४२ मतले अगाडी