‘सभामुख’मा कसले मार्ला बाजी ?

Rajdhani Rastriya Dainik | Online Nepali News Portal


काठमाडौं । सभामुख निर्वाचनको आन्तरिक तयारीमा राजनीतिक दलका शीर्ष नेता जुटेका छन् । प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनभित्रमा सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ ।

आउँदो बिहिबार सभामुखको निर्वाचन हुदैछ भने उम्मेदवारी दर्ता बुधबार नै हुनेछ । उपसभामुखको निर्वाचन ९ माघभित्रैमा हुन्छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

गत मंगलबारको बैठकले सभामुख निर्वाचनको सूचना ३ माघमा सार्वजनिक गर्न ज्येष्ठ सदस्यको हैसियतले सभामुख रहेका पशुपतिशमशेर जबराले महासचिवलाई निर्देशन दिइसकेका छन् । सोही अनुसार मंगलबार सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै सभामुख चयनको प्रक्रिया अगाडी बढने छ ।

अहिलेको सत्तारुढ गठबन्धन भत्काएर राष्ट्रपति र सभामुख मध्ये एक लिने रणनीतिमा कांग्रेस लाग्दै गर्दा एमाले गठबन्धन जोगाएर दुबै पद आफ्नो भागमा पार्ने कसरतमा छ

एमालेमा बढदै आकांक्षी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा सभामुखका लागि आकांक्षी बढदै गईरहेका छन् । सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने समयमै सभामुख एमालेले पाउने आन्तरिक सहमति भएको थियो ।

सोही सहमती अनुसार सभामुख एमालेले पाउँने निश्चित भएपछि पार्टीभित्र आकांक्षी बढदै गईरहेका छन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि चलखेल हुन सक्ने वा अहिलेको सत्तारुढ गठबन्धन भत्किए मात्रै सभामुख एमालेले नपाउँने सम्भावना हुन्छ ।

एमालेबाट सभामुख निर्वाचित हुने सम्भावना बढी भएकाले नेताहरु दौडधुपमा लागेका छन् । सभामुखका लागि एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा सुरुमा चासो देखाएका थिए । यस बिषयमा दुबै जनाले अध्यक्ष केपी शर्मा ओलीसंग इच्छा जाहेर गर्दै आफ्नो पक्षमा लविङ समेत थालिसकेको एमाले स्रोतले जनाएको छ ।

तर पछिल्लो समय एमालेभित्रैबाट अरु नेता समेत आकांक्षी देखिएका छन् । एमाले नेता देवराज घिमिरे, विद्या भट्टराई समेत सभामुख हुने लविङमा जुटिसकेका छन् । एमालेले सभामुख कसलाई बनाउँने भन्ने ’boutमा निर्णय गरिसकेको छैन् । यधपी एमाले अध्यक्ष ओलीले नेताहरुको चाहना भित्रभित्र बुझदै छन् । सभामुख निर्वाचनको कार्यक्रम सार्वजनिक भएपछि पार्टीले पनि उम्मेदवारको टुंगो लगाउँने नेताहरु बताउँछन् ।

एमाले स्रोतका अनुसार सभामुखका लागि चर्चामा रहेका उपमहासचिव गुरुङ र सचिव विश्वकर्मालाई मन्त्री बनाएर अध्यक्ष ओलीले झापाका सांसद घिमिरेलाई सभामुख बनाउने योजनामा रहेका छन् । ओलीको चाहना पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई नै उक्त पदमा लैजाने थियो । तर नेम्वाङले अस्वीकार गरेपछि अध्यक्ष ओली घिमिरेलाई सभामुख बनाउने मनस्थितिमा रहेको उनी निकटस्थले बताएका छन् ।

झापाका पुराना वामपन्थी नेता घिमिरे अध्यक्ष ओलीका समकालिन नेता हुन् । हाल एमालेको स्थायी समिति सदस्य र प्रदेश १ को इन्चार्ज समेत रहेका घिमिरे यसअघि राजकीय पदमा पुगेका छैनन् । ओली निकट एक नेताले भने, ‘परिस्थितिमा ठुलै उलटफेर भएन भने घिमिरेलाई नै सभामुख बनाउने अध्यक्ष ओलीको योजना छ । सम्भवत उहाँ नै बन्नुहुन्छ होला ।’

सभामुखमा दाबी गरिरहेका गुरुङलाई अध्यक्ष ओली खासै मन पराउँदैनन् । अर्का दाबेदार विश्वकर्मा भने ओलीका विस्वासपात्र नै हुन् । तर अध्यक्ष ओली यसपटक आफ्नै जिल्लाका पुराना नेता घिमिरेलाई मौका दिने पक्षमा रहेको बताइन्छ । त्यसैले अहिले गुरुङ र विश्वकर्मालाई मनाउने प्रयास भइरहेको स्रोतको दाबी छ ।

घिमिरेलाई सभामुख बनाउँदा गुरुङ र विश्वकर्मालाई राम्रै मन्त्रालय दिएर सरकारमा पठाउने सम्भावना रहेको छ । गुरुङ लम्जुङ र विश्कर्मा रुपन्देहीबाट निर्वाचित सांसद हुन् । घिमिरेलाई बनाउँन नसकिने अवस्थामा कास्कीबाट निर्वाचित सांसद भट्टराईलाई पनि ओलीले सभामुखका लागि अगाडी सार्न सकिने चर्चा एमालेभित्र भईरहेको छ ।

कांग्रेस गठबन्धन भत्काउँने कसरतमा

अहिलेकै गठबन्धन कायम रहेको अवस्थामा एमाले सभामुख हुने निश्चित नै छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले अहिलेको सत्तारुढ गठबन्धन भत्काउँदै राष्ट्रपति र सभामुखको निर्वाचनमा चलखेल गर्ने कसरतमा छ ।

पुरानो पाँच दलीय गठबन्धन बचाउँन नसक्दा सत्ताबाट बाहिरिएको कांग्रेस एकाएक प्रचण्डलाई विश्वासको मत दिएको थियो । सोही कारण एमाले नेता सशंकित समेत छन् । कांग्रेसका केन्द्रीय सदस्य तथा मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सतारले कांग्रेसले राष्ट्रपति र सभामुखको निर्वाचनमा दाबी गर्ने बताउँदै उम्मेदवारी दिने बताए ।

सभामुखको निर्वाचनको ’boutमा कांग्रेसले गत बिहिबार पदाधिकारी बैठकमा छलफल गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बसेको बैठकले सभामुख र उपसभामुख निर्वाचन’bout छलफल गर्दै कांग्रेसबाट उम्मेदवार उठाउने की नउठाउने विषयमा अन्य दलसँग समन्वय गर्ने जिम्मा सभापति देउवालाई नै दिने निर्णय गरेको हो ।

‘उम्मेदवारी दिने भएमा मात्रै कसलाई उठाउने भन्ने निर्णय हुनेछ’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने ‘त्यसको ’boutमा अन्य दलहरुसंग छलफल गरेर निर्णय गर्ने अधिकार समेत सभापतिज्यूलाई दिईएको छ ।’

साना दलका सांसद मतदाता मात्रै

सभामुखको निर्वाचनमा मुख्यत एमाले र कांग्रेस बीच नै प्रतिस्पर्धा हुने भएपछि साना दलका सांसद मतदाता मात्रै हुनेछन् । यधपी कुनै एक साना दलबाट उपसभामुख हुने सम्भावना रहेको छ । कुनै पनि दलको एकल बहुमत नपुग्ने भएकाले अन्य साना दलकाबाट उम्मेदवारी नै पर्दैन् । यदी परे पनि बिजयी हुने सम्भावना हुदैन् ।

सभामुख निर्वाचित हुनका लागि बहुमत सांसदको आश्यकक्ता हुन्छ । सभामुख एक शक्तिशाली पद भएको र पाँच बर्षका लागि राजकीय सेवासुविधा सहित रहने भएकाले नेताहरु यस पदका लागि दौडधुपमा छन् । सभामुख हटाउँन दुई तिहाई चाहिने भएकाले पाँच बर्ष नै निर्वाचितले चलाउँन पाउँछन् ।

पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले मन्त्री पद क्षणिक हुने तर सभामुख पाँच बर्षकै लागि हुने र शक्तिशाली जिम्मेवारी भएकाले यसको महत्व बढी नै रहेको बताईन् । सरकार गठन र विस्तारकै क्रममा सभामुख कुन दलले पाउँने भन्ने टुंगो लाग्ने गरेकोे उनले बताईन् ।

सभामुख किन शक्तिशाली ?

सरकारलाई रुलिङ गर्ने, संसदीय समितिलाई निगरानी गर्ने, सरकार र पार्टीका एजेन्डामा छलफल गर्ने, सांसदलाई कारबाही गर्ने की नगर्ने, विधेयक रोक्ने वा अघि बढाउने अधिकार सभामुखलाई हुन्छ । सभामुख संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले दलहरूले सभामुख पदलाई महत्व दिदै आएका छन् । संवैधानिक परिषदको सदस्य सभामुख भएकाले त्यहाँबाट हुने नियुक्ति लगायतका निर्णयमा सभामुखले समेत भागबण्डा पाउँने भएकाले यसलाई शक्तिशाली पदको रुपमा देखिन्छ ।

माओवादी केन्द्रका सचिव गणेश साहले सभामुख शक्तिशाली पद भएको बताउँछन् । साथै सभामुख जुन दलको हुन्छ त्यो दलका अध्यक्षले समेत चलाउँने भएकाले यहाँ दलहरुको चासो हुनु स्वभाविक नै भएको साहले बताए ।

‘निर्वाचित सांसदहरुको सर्वोच्च संस्थाको नेतृत्व गर्न पाउँनु, सरकारलाई सहयोग गर्ने, सांसदलाई कारवाही गर्ने की नगर्ने, सरकार गठनमा भुमिका खेल्ने, संसद विघटन गर्दा महत्वपुर्ण भुमिका हुने लगायतका कारणले सभामुख शक्तिशाली पद नै हो’ साहले भने, ‘संवैधानिक परिषदको सदस्य समेत सभामुख हुने भएकाले त्यहाँ पनि उनको महत्वपुर्ण भुमिका हुने गर्छ ।’

सम्मानित पदलाई दलले कहिलेकाही आफ्नो स्वार्थ अनुसार समेत चलाउँने भएकाले आफ्नै भागमा पार्न खोज्नु स्वभाविक नै रहेको बुझाई उनको छ । तर प्रतिनिधिसभाको नेतृत्व गर्ने भएकाले सभामुख सक्षम र योग्य व्यक्ति नभए भद्रगोल बनाउँन सक्ने सम्भावना पनि उतिकै हुने उनले बताए । समन्वयकारीको भुमिका धेरै बिषयमा खेल्नुपर्ने भएकाले योग्य हुनै पर्ने हुन्छ ।

सभामुखले निष्पक्ष भूमिका निर्वाह नगर्दा सदन अवरुद्ध हुने, दैनिक कार्यसूची अघि बढाउन नसक्ने अवस्थासमेत आउँछ । संसदमा आएको बिजनेस अघि बढाउने क्रममा दलहरूबीचको विवाद र तिक्तता मिलाउने काममा पनि सभामुखको भूमिका महत्वपुर्ण हुने गरेको छ । सभामुख ‘रेफ्री’को भूमिका समेत निर्वाह गर्नुपर्ने भएकाले यसमा दलहरुले राम्रा व्यक्तिलाई नै पाठाउँने विश्वास उनको छ ।

अघिल्लो प्रतिनिधिसभामा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेको भन्दै एमालेले ९ महिनासम्म संसद् अवरुद्ध गरेको थियो । आफ्नो पार्टीबाट निकालिएका १४ सांसदलाई सभामुखले कारबाही नगरेको आरोप एमालेले लगाउँदै आएको थियो ।

सभामुखलाई सरकारले ल्याएको विधेयक रोकेको, कार्यव्यवस्था परामर्श समितिको बैठक नराखी एकलौटी सदन चलाएको आरोप पनि लाग्ने गर्छ । पूर्वउपसभामुख तुम्बाहाङ्फेले पदीय जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न नसक्दा कतिपय सभामुख विवादित पनि भएको उदाहरण रहेको बताईन् ।

चार पटक सभामुख भएका एमाले नेता सुवासचन्द्र नेम्वाङलाई संविधानमा धर्म निरपेक्षता घुसाएको आरोप लाग्ने गरेको छ । माओवादी नेता ओनसरी घर्तीले विवादमा नपरी कार्यकाल पूरा पुरा गरिन् । उनीपछि सभामुख भएका कृष्णबहादुर महराले बलात्कार अभियोगमा विवादमा परेर राजीनामा नै दिनुपर्यो । उनले १ सय ३ दिन डिल्लीबजार कारागार बिताए । अदालतले उनलाई बलात्कार मुद्दामा सफाइ दिइसकेको छ ।

महराले एमसीसीलाई संसमा रोकेर राखेको आरोप पनि लाग्दै आएको छ । उनीपछि सभामुख भएका सापकोटा झन् धेरै विवादमा परे । ०४८ यता सभामुख भएका रामचन्द्र पौडेल, दमननाथ ढुंगाना र तारानाथ रानाभाट पनि विवादबाट अछुतो रहेनन् ।

सभामुख हुने व्यक्ति कानुन राम्रोसंग बुझेको हुनुपर्छ । साथै सभामुखको जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति भोलीको दिनमा प्रधानमन्त्रीको दावेदार समेत हुने भएकाले यस पदमा चासो हुनु स्वभाविक नै रहेको बुझाई नेताहरुको छ ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
सुदूरपश्चिममा एकीकृत समाजवादी ७, काँग्रेस, एमाले र माओवादी १/१ जिल्लामा निल