म्यानचेस्टर युनाईटेडसँग सिटी स्तब्ध

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलको म्यानचेस्टर युनाईटेडले म्यानचेस्टर सिटीलाई हराएको छ । शनिबार राति भएको खेलमा युनाईटेडले सिटीलाई २–१ ले हराएको हो ।

युनाइटेडको मैदानमा भएको खेलको ६० औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ७८ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ८२ औं मिनेटमा मार्कुस रास्फोर्डले गोल गर्दै युनाईटेडलाई २–१ को जित दिलाए ।

लिभरपुल ब्राइटनसँग पराजित
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल ब्राइटनसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा लिभरपुल ब्राइटनसँग ३–० ले पराजित भएको हो ।

ब्राइटनको मैदानमा भएको खेलको ४६ औं मिनेटमा सोली मार्चले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा मार्चले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राइटनलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८१ औं मिनेटमा ड्यानी वेल्बेकले गोल गर्दै ब्राइटनलाई ३–० को जित दिलाए ।

जितसँगै ब्राइटन ३० अंक जोडेर सातौं स्थानमा उक्लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
बालेनलाई ‘लौरो’, गोपाललाई ‘आँप’ र जगन्नाथलाई ‘भुइँकटहर’ चुनाव चिह्न