थारु बस्तीमा माघीको रौनक

र्दिया । थारु समुदायमा यतीखेर माघीको रौनक छाएको छ । मकर संक्रान्ती पर्वलाई थारु समुदायले माघी पर्वको रुपमा मनाउँछन् । माघी थारु समुदायको सबै भन्दा महत्वपूर्ण पर्व हो । माघी पर्वका कारण अहिले पश्चिम तराईका बाँके, बर्दिया, दाङ्ग,कैलाली र कञ्चनपुरका थारु बस्तीमा माघी पर्वको उल्लास छाएको छ ।

थारु बस्तीमा यतीखेर निकै चहलपहल बढेको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । दसैँ तिहारमा घर नआएका व्यक्तिहरु पनि माघीमा घर आउने गर्छन् । बजारमा माघीको किनमेल गर्नेको घुइचो छ ।

माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमासमेत मान्ने गर्छन् । यो पर्वलाई थारु समुदायले बरका तेउहार ( ठूलो पर्व )का रुपमा मनाउछन् । ठाकुरबाबा नगरपालिका — ४ बर्गदाका बड्घर भागीराम थारु भन्छन् ‘ माघी हाम्रो लागि नयाँ बर्ष हो । माघीलाई हामी ठूलो पर्वको रुपमा मनाउँछौ । वर्ष भरि जो जँहा भए पनि माघी मनाउन भने घर फर्कने गर्छन् । ’

ठाकुरद्धारामा भब्य माघी मेला


माघीको अवसरमा थारुबस्तीमा युवायुवतीहरु माघीमा मघौटा, सखिया र हुरदंगाा नाचमा ब्यस्त छन् । स्थानीय मोहनलाल थारु भन्छन्,‘ माघी थारु समुदायको विशेष पर्व हो । माघीकै अवसर पारेर गाउँघरमा थारु संस्कृतीको जर्गेना गर्न विभिन्न क्रियाकलाप हुने गर्छन् । ’पछिल्लो समय थारु संस्कृतीमा केही कमी आएको हुँदा यसलाई जर्गोना गर्न माघीमा विभिन्न थारु सास्कृतिक कार्यक्रमहरुमा बढी जोड दिइएको थारु अगुवाहरु बताउँछन् ।

माघे सक्रान्तीको अघिल्लो दिन थारु समुदायमा जीता ( सामुहिकरुपमा सुँगुर, बंगुर मारेर खाने) मानेर माघी भित्राएका छन् । थारु समुदायका मानिसहरु माघे संक्रान्तीको अघिल्लो दिन गाउँको चोकचोकमा आगोको धुनी बालेर रातभर जाग्राम बसेर रमाइलो गरेका थिए । थारु समुदायमा माघे संक्रान्तीको अघिल्लो दिन रातभर जाग्रम बसेर भजन कृतन गनर्,े डफ (एक प्रकारको डम्फु) बजाउने चलन छ । माघे संक्रान्तीका दिन विहानै नजीकैको खोला नदिमा गई नुहाउँने गरिन्छ । यो दिन खोला नदीमा गइ नुहाउँदा वर्ष भरिको पाप पखालिने जन विश्वास छ । नुहाइवरी आफुभन्दा ठूला मान्यजनलाई सेवा ढोक गरी आर्शीवाद लिने र साथीभाइसँग अंकमाल गरि माघीको शुभकामना आदनप्रदान गर्ने गरिन्छ ।

थारुहरुले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजना अनुसार नै परिवारका सदस्यहरु सबै आआफनो काममा लाग्छन् । घर छुट्टीने, खोतबाली लगाउने निर्णय पछि माघीमै गरिन्छ ।

माघे संक्रान्तीका दिन विहानै नजीकैको खोला नदिमा गई नुहाउँने गरिन्छ । यो दिन खोला नदीमा गइ नुहाउँदा वर्ष भरिको पाप पखालिने जन विश्वास छ । नुहाइवरी आफुभन्दा ठूला मान्यजनलाई सेवा ढोक गरी आर्शीवाद लिने र साथीभाइसँग अंकमाल गरि माघीको शुभकामना आदनप्रदान गर्ने गरिन्छ । यो पर्वमा थारुजातीले विशेष परिकारको रुपमा ढिकरी(चामलको पिठोबाट बनाइने परिकार),माछा, घोघी, सँुगर वा वंगुरको मासु र जाँड खाने र खुवाउने चलन छ ।

यसैगरी माघीमा गाउँका सबै जना जम्मा भएर वर्ष दिनका लागि बड्घर– मैटहवा(गाउँको अगुवा),चौकिदार र गुरुवा चयन गर्ने गरिन्छ । यो परम्परा समुदायमा हुने गरेको लोकतान्त्रिक अभ्यासको गतीलो उदाहारण पनि हो । माघीमा चयन गरिने अगुवाले वर्ष दिन भरी गाउँको विकास निमार्ण, सुरक्षा, सुचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने गर्छन् ।

ठाकुरद्धारामा रहेको ठाकुरबाबा मन्दिरमा मकर संक्रान्तिका दिन विशेष पूजाआजा हुने गर्छ । ठाकुरबाबा मन्दिरको दर्शनका लागि बाँके, बर्दिया, सर्खेत, कैलाली र सिमावर्ती भारतिय गाउँबाट पनि दर्शनार्थीहरु आउने गर्छन । माघीको दिन ठाकुरबाबाको दर्शन गरेका मनोकामना पुरा हुने धार्मिक जनविश्वास रहि आएको छ । विशेष गरि निसन्तान दम्पतीले ठाकुरबाबाको दर्शन गरेमा सन्तान लाभ हुने विश्वास गरिन्छ ।

३ वर्ष पछि ठाकुरद्धारामा माघी मेला

बर्दियाको पर्यटकिय स्थल ठाकुरद्धारामा आइतबारदेखि माघी मेला सुरु भएको छ । ठाकुरद्धारामा रहेको ठाकुरबाबा मन्दिर परीसरमा माघी मेला लागेको हो । मेला माघ ५ गतेसम्म संचालन हुनेछ । परम्परागत माघि मेलाका लागि ठाकुरबाबा मन्दिरलगाएत आसपासका क्षेत्रलाई झकिझकाउ पारिएको छ । कोरोना महामारीका कारण विगत तीन वर्षयता मेला लागेको थिएन । तीन वर्षपछि माघी मेला लागेको कारण यस वर्ष चहलपहल निकै बढि देखियो । मेलामा सानाठूला गरी करिव छ सय स्टल रहेका छन् । मेला हेर्नेको घुइचो लागेको छ । तीन वर्ष पछि मेला लागेका कारण यस वर्ष निकै घुइचो देखिएको ठाकुरद्धारा मन्दिर व्यवस्थापन समितिका सदस्य तथा कलाकर्मी खगेन्द्रप्रसाद नेपालले जनाए । मेलामा अवधीमा थारु, मगर र देउडालगाएतका सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने कलाकर्मी नेपालले जानकारी दिए ।

माघे सक्रान्तीका दिन ठाकुरद्धारास्थित ठाकुरबाबा मन्दिरको दर्शन गर्ने प्रचलन छ । दर्शन गर्न आउनेहरु मेला हेरेर फकर्ने गर्छन् । यस वर्ष सहजरुपले मन्दिरमा दर्शन गर्न पाउने व्यवस्था गरिएको छ । दर्शनार्थीहरुका लागि ठाकुरबाबा मन्दिरको ढोका आइतबार राती १ बजेपछि खुल्ला गरिएको थियो ।

माघी मेलामा बर्दियासहित दाङ, बांके, कैलाली, कञ्चनपुर, सुर्खेत र नजिकैको छिमेकी देश भारतबाट समेत ठाकुरबाबा मन्दिरको दर्शन गर्न र मेला भर्न हजारौ श्रदालु भक्तजनहरु आउने गर्छन । माघे संक्रान्तीका दिन ठाकुरबाबाको दर्शन र पुजाआजा गर्नाले मनोकामना पुरा हुने र निसन्तान दम्पतिका जोडी यस मन्दिरमा आई पुजाआजा र दर्शन गरेमा सन्तान लाभ हुने धार्मिक जनविश्वास रहेको छ । माघी पर्वलाई लक्षित गरि यस क्षेत्रका विद्यालयमा ३ दिन विदा दिइएको छ । अधिकाशं विद्यार्थीहरु थारु समुदायका हुने र माघी थारु जातीको ठूलो पर्व भएकाले विदा दिने गरिएको ठाकुरबाबा नगरपालिका शिक्षा शाखाले जनाएको छ । प्राय सबै विद्यार्थी मेला जाने भएकाले विद्यालयको पठनपाठन अवरुद्ध हुने हुँदा माघीमा विदा दिने गरिएको विद्यालयहरुले जनाएका छन् ।

तीन सय वर्षअघि मल्लकालमा किसानले खेत जोत्ने क्रममा अष्टभुजा पोषण विष्णु र हनुमान भगवानको ढुङ्गाको मुर्ति फेला परेको र यो ठाउँबाट उचाल्न नसकेपछि यही ठाउँमा राखिएको धार्मिक किम्वदन्ती रहेको छ । थारु जातीको महन्त पुजारी रहेको यस मन्दिर भित्र मुख्य देवताको रुपमा भगवान विष्णुको मूर्ति छ । थारु जातिले भगवान विष्णुलाई ठाकुर भनी पुकार्ने भएकाले यो मन्दिरको नाम पनि ठाकुरबाबा रहन गएको स्थानीय बुद्धिजीवी बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
स्याङ्जामा २८ मध्ये २० वडामा कांग्रेस विजयी