वीरगन्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व अध्यक्ष स्व. गोपाल गिरीलाई तत्कालिन माओवादीले हत्या गरी मारेको ठिक १९ बर्ष पुगेकै दिन नेपाली पत्रकारहरुका लागि अर्को पत्रकारको दुखद् निधनले थप चोट दिएको छ । यस्तो घटनाले माघ १ गते नेपाली पत्रकारहरुका लागि कालो दिन भएको हो ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व अध्यक्ष स्व. गोपाल गिरीलाई तत्कालिन माओवादीले २०६० माघ १ गते गोली हानी वीरगन्जमा हत्या गरेको थियो । पर्सामा पत्रकार महासंघले स्व. गिरीको स्मृतिमा स्थापित क्रियाशिल पत्रकारीता पुरस्कार वितरण गर्दै गर्दा पोखरामा महासंघका केन्द्रिय सदस्य अर्का पत्रकार त्रिभुवन पौडेलको आईतबार फेरि विमान दूर्घटनाबाट मृत्युको छ । कहिले व्यवस्था परिवर्तन त कहिले असुरक्षित आकाशे यात्राले माघ १ गते नेपाली पत्रकारहरुका लागि राम्रो संकेत देखाएन ।
पर्सामा स्व. गिरीको स्मृतिमा पत्रकार महासंघ पर्सा शाखाले डेड दशक अगाडीबाट स्थापना गरेको २५ हजार राशीको पुरस्कारबाट यो बर्ष एभिन्यूज टिभीका मधेश व्यूरो प्रमुख महेश दासलाई सम्मानित गरेको छ । स्व.गिरीलाई चन्दा नदिएको भन्दै तत्कालिन माओवादीले २०६० साल माघ १ गते वीरगन्जको बाईपास सडकखण्डमा भेट्न बोलाएर गोली हानी हत्या गरेको थियो । सो समयमा स्व. गिरी तत्कालिन वीरगन्ज उप–महानगरपालिकाको नगरप्रमुख थिए । पत्रकार, समाजसेवी, र राजनीतिकर्मी हुँदै समाज रुपान्तरणमा अब्बल भूमिका खेलेका नगरप्रमुख कार्यकारी पदमा रहेको समयमा नै घटना भए पनि उनको स्मृतिमा वीरगन्ज महानगरपालिकाले भने अहिलेसम्म ठोस कुनै कार्यक्रम गरेर सम्झेको छैन । तत्कालिन माओवादीले ठूलो धनराशी चन्दा माग गर्दैै भेट गर्न बोलाएर माओवादीले निधारमा नै गोली हानी हत्या गरेको थियो ।
स्व. गिरीको स्मृतिमा भने आगामी बर्षदेखि पुरस्कारको राशी बढाएर ५० हजार पु-याउने स्व. गिरीका जेष्ठ सुपुत्र लेखक (पत्रकार) गिरिश गिरीले घोषणा गरे । पर्सा शाखाका तत्कालिन अध्यक्ष दीपेन्द्र चौहान अध्यक्ष हुँदा १० हजार राशीबाट सुरु भएको क्रियाशिल पत्रकारीता पुरस्कार उनी केन्द्रिय सचिव हुँदासम्म ५० हजार राशी पुगेको छ ।
यो भन्दा अगाडी स्व. गिरीको स्मृतिमा स्थापित पुरस्कारबाट राजधानी दैनिका मधेश व्यूरो प्रमुख तुलसी भण्डारी, स्थानीय प्रतिक दैनिकका प्रताप श्रेष्ठ, महासंघका मधेश प्रदेश महासचिव श्याम बन्जारा, महासंघका केन्द्रिय सदस्य केशी लामिछाने, महासंघका पूर्व अध्यक्ष शत्रुघ्न नेपाल, राससका सम्पादक शितल महतो, लगायतका पत्रकारहरु सम्मानित भइसकेका छन् ।