खोजी र उद्धारमा सात सय बढी सुरक्षाकर्मी

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेकाको उद्धार तथा खोजी कार्यका लागि ७ सयबढी सुरक्षाकर्मी परिचालित गरिएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी उद्धार तथा खोजी कार्यका लागि ७ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको हो । उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार आइतबार साँझसम्म ६८ जनाको शव फेला परेको छ भने बाँकी चार जनाको खोजी कार्य जारी छ । दुर्घटनामा परी मृत्यु भएका ६८ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा परीक्षणका लागि राखिएको छ ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले दुर्घटनामा परेका घाइतेको उद्धार तथा खोजी कार्यका लागि नेपाली सेनाका २ सयबढी फौज परिचालन भएको जानकारी दिए । सेनाका ती फौज पोखरा डिभीजन हेडक्वार्टर, बाहिनी र गणबाट परिचालन भएका हुन् ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपालबाट २ सय २७ जना सुरक्षाकर्मी खोजी तथा उद्धारका लागि खटिएका छन् । २४ नम्बर गण हेडक्वार्टरबाट गणपति सशस्त्र प्रहरी उपरीक्षक विजय केसीको कमान्ड तथा सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयबाट प्रहरी निरीक्षक राजेशकुमार सिंहको कमान्डमा जनशक्ति खटिएको हो ।

सशस्त्र प्रहरी प्रवक्ता एसएसपी पुरुषोत्तम थापाका अनुसार दुर्घटनामा परी बेपत्ता भएकाको खोजीका लागि सशस्त्र प्रहरीले गोताखोर टोली पनि खटाएको छ । फेवातालमा भएका र कुरिनटारबाट थप गोताखोरका जनशक्ति पनि खोजी कार्यमा खटाइएको हो ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले नेपाल प्रहरीका तर्फबाट करिब ३ सय जनशक्ति खटाइएको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक एसपी अजय केसीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटना हुनुअघि विमान आकाशबाटै उल्टोपाल्टो हुँदै सेती डिलमा बजारिन पुगेको थियो । विमान सेती नदीको गहिरो खोंचमा खसेकाले उद्धार कार्य निकै सकसपूर्ण बनेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भएको तुइन भत्काइएपछि स्थानीयलाई सास्ती

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
एकीकृत समाजवादीको चुनावी प्रतिबद्धता सार्वजनिक