अयन परिवर्तन र नेपाली कर्म

मानवजीवन समयचक्रमै घुमिरहेको हुन्छ । सौर्यमासअनुसार १२ राशिमा सूर्य परिभ्रमण गर्ने क्रममा मकर राशिमा सूर्य संक्रमण हुन जाँदा माघे संक्रान्ति हुन्छ । सूर्य उत्तरायणय भई हाम्रो भूगोलअनुसार दिनमान धेरै र रात्रिमान थोरै हुने हुँदा दिनको समयभन्दा रात्रिको समय कम हुने यो अवस्था सूर्य कर्कट राशिमा सरी श्रावण संक्रान्ति नआएसम्म कायम रहन्छ । उत्तरायण (माघदेखि आषाढसम्म)लाई देवताको दिन र दक्षिणायन (श्रावणदेखि पौषसम्म)लाई देवताको रात भनिन्छ । रात र दिनको उत्तिकै महत्व हुनाले उत्तरायणमा नयाँ घर सर्ने, बिहे, ब्रतबन्ध आदि शुभकर्म बढी हुने गर्छ भने दक्षिणायन समयमा अधिकांश मुख्य चाडपर्व चतुर्मास व्रत, महादसैं, नागपञ्चमी, कृष्णजन्माष्टमी, रक्षाबन्धन, तिहार आदि पर्दछन् । पितृका लागि विशेष उपासना गर्ने पितृपक्ष यसैबेला पर्छन् भने मानिसको इहलीला समाप्त हुने बेलाचाहिँ तुलनात्मकरूपमा उत्तरायणलाई बढी शुभ मानिएको छ ।

तिथि, बार, नक्षत्र, योग र करण ५ अंग मिलेर पञ्चांग बन्छ, ज्योतिषशास्त्रको मूल आधार यही नै हो । प्र्रत्येक संक्रान्ति सकेमा र नसकेमा श्रावण संक्रान्ति, मकरसंक्रान्ति, मेष अर्थात् वैशाख संक्रान्तिमा पञ्चांग श्रवण गर्नाले घरैमा गंगास्नान गरेको पुण्य मिल्ने कुरामा पूर्वीय दर्शनले पुष्टि गरेको छ । काल (समय)ले कसैलाई छोड्दैन । समय सबैभन्दा बलबान् छ । महिना महिनामा आउने संक्रान्ति (संक्रमण) र कोठामा परिवर्तन हुने क्यालेन्डरका पानाले आपूmले गरेका जीवन उपयोगी र समाज उपयोगी कामको गणना गर्न संकेत गर्छन् । ६÷६ महिनामा हुने अयन परिवर्तनले अद्र्धवार्षिक समीक्षा र आत्मालोचना गर्न प्रेरित गर्छ । तृष्णा बढाउने, रोगवृद्धि गर्ने तर कालचक्रभन्दा माथि छु भन्ने अहं भावनालाई त्यागेर आगामी दिन बढी सुखद र आनन्दमय बनाउन सामाजिक सेवा र परहितकारी काममा प्रेरित हुने संकेत हो संक्रान्ति भनौं अयन परिवर्तन † जीवन सन्तुलित र सौम्य सक्रिय र साहसिलो बनाउन आत्मबलले प्रेरणा दिन्छ, अयन परिवर्तनले † सके बाल्यावस्थादेखि नै नसके किशोर वा यौवनावस्थादेखि नै मानव जीवनलाई लक्ष्योन्मुख हुन पनि प्रेरित गर्छ ।

जीवनलाई सन्तुलित, सौम्य, सक्रिय र साहसिलो बनाउन आत्मबलले प्रेरणा दिन्छ

२०७९ साल माघ ३० गते, कृष्ण अष्टमी तिथि, चित्रा नक्षत्र, सुकर्म योग, बालब करण, शनिबार रात्रि २६ घडी ३३ पला, प्रवादन कालमा श्रीसूर्यनारायण धनु राशिबाट मकरमा प्रवेश गर्दै दक्षिणायन हेमन्त ऋतु, पौष मास सकिएर उत्तरायण, शिशिर ऋतु माघ मासको आरम्भ हुँदै छ । मकरमा सूर्य, कन्यामा चन्द्रमा, मीनमा बृहस्पति रहेको यो संक्रान्ति र यो महिनाका देवता माधव नारायण अनि देवी रूक्मिणी हुनुहुन्छ । शास्त्रले तिथिबारश्च नक्षत्रं योगः करणमेव च । पञ्चागस्य फलं श्रुत्वा गंंगास्नान फलं लभेत् भनेको छ । माघ संक्रान्तिमा घिउ, चाकु, तरूल, लड्डु, पालुंगो दान गर्ने, खाने खुवाउने गर्दा जीवनमा अधिक पुण्य हुने र जाडो, गर्मी शरीरको तापक्रम सन्तुलन हुने विश्वास गरिन्छ । विशेष मठमन्दिर, व्रत, पूजा, पाठ, पारायण, सत्संग गरी जीवन सार्थक बनाउने, ब्राह्मण वाक्य स्वस्तिवाचन गर्दै नयाँ लाउने, पुरानो खाने, भलो सुन्ने, भलो चिताउने, धर्मप्रतिको विश्वास र आपैंmप्रतिको इमानदारिता दर्साउने पर्व हो यो र यसलाई माघी पर्वका रूपमा पनि मनाइन्छ, आफन्तसँगको भेटघाट र शुभकामना आदानप्रदान गर्दै आप्mनो जीवनको अर्धवार्षिक समीक्षा गर्ने दिन पनि हो यो ।

हाम्रो देशले माघ १ गतेलाई स्वास्थ्य निरोगी बनाउने योगलाई राष्ट्रियस्तरमै दिवसका रूपमा मनाउँदै आएको छ । भौतिक चिकित्साको पनि महत्व बढेको छ, आजको समयमा र वैकल्पिक चिकित्साः योग, ध्यान, प्राणायामले पनि शरीरलाई सुन्दर र निरोगी राख्न सकिन्छ, कतिपय प्रोस्टेड जस्ता शरीरका अंगहरू केवल योग, विभिन्न योगका आसनहरू, मकरासन, मण्डुकासन, कपालभाँती, अनुलोम, विलोम भनौं आध्यात्मिक दर्शन योगशास्त्रले बताएको रेचक, पूरक, कुम्भक प्रक्रियाको श्वासप्रश्वास प्रणालीले मात्रै शरीर क्रियाशील, स्वस्थ र रोग प्रतिरोधात्मक क्षमता राख्ने हुन्छ । भ्रमण गर्दा पनि सक्रिय नहुने पुरुष प्रोस्टेड ग्रन्थीलाई स्वस्थ राख्न योग नै गर्नुपर्छ । लक्ष्य प्राप्ति, उद्देश्यमा सफलता, परम सिद्धि प्राप्ति परमात्मा नै प्राप्ति गर्ने धेरै उपायहरू छन् । त्यसमध्ये योग पनि एक हो । इन्द्रिय, मन, बुद्धिको वृत्तिलाई रोकेर व्यापक आत्माका साथ स्थापना गर्नुको नाम योग हो । योगाभ्यास एउटा उत्तम ज्ञान हो, यो प्राप्त गर्न शम र दम दुवै साधना चाहिन्छ । अध्यात्मशास्त्रको मूल विषय हो योग, यसले जोड्ने काम गर्छ, सबैतिर । आत्मामा नै बढी अनुराग राख्ने, स्वयंको चिन्तन गर्ने, आफूभित्र परमात्मा खोज्ने प्रक्रियाको नाम योग हो । शास्त्रको तत्व जान्ने र शास्त्रले बताइएका कर्महरू गर्नेलाई योगी भनिन्छ । संसारबाट जोगिनुको नाम जोगी हो । योगी भनेको बाहिर देखिने जस्तै जोगीचाहिँ होइन । आत्माको जोड परमात्मासँग जुटाउनेको नाम योग हो । निष्काम भावले कर्म गर्नुको नाम योग हो । काम, क्रोध, लोभ, मोह र भयबाट टाढा रहनुको नाम योग हो । स्वप्नबाट अलग रहनुको नाम योग हो । कोरा कल्पना योग होइन, यथार्थ विज्ञान हो यो ।

योगका ५ मुख्य शत्रु छन् । यी दोषबाट टाढा रहनुपर्छ । कामना पैलो शत्रु हो, क्रोध अर्को खराबी हो, लोभ अर्को दुस्मन हो, भय र स्वप्न योगका परचक्रीहरू हुन् । यी ५ परचक्रीलाई त्याग गर्न सके योगमा समाहित हुन सकिन्छ । बिस्तारै योगमा अन्तरनिहित भएपछि यी दोषहरू हट्दै जान्छन् । गुरुको मुखबाट ज्ञानको अधिकारी बनेपछि योगबल प्राप्त हुँदै जान्छ । योग्य हुनुको अर्को नाम योग हो । मनलाई बसमा राख्न सर्वप्रथम क्रोधलाई त्याग गर्नुपर्छ । क्रोधलाई त्याग गर्न संकल्पलाई त्याग गर्नुपर्छ, संकल्प अर्थात् चाहनाको तीव्र इच्छाबाट क्रोधको उदय हुन्छ, बिस्तारै लोभको पनि अभ्युदय हुन्छ । सत्वगुणलाई आश्रय लिँदा धीर र वीर पुरुषले स्वप्नलाई जित्न सक्छन् । स्वप्न अर्थात् कल्पनाबाट उठेर यथार्थमा आउन सकिन्छ । मानवले धैर्यको सहारा लिएर निद्रालाई जित्न सक्छ । धैर्यलाई सहारा लिँदा मानवले विषय भोग र भोजनको चिन्तालाई छोड्न सक्छ ।

भोजन स्वतः प्राप्ति हुने विषय हो । नेत्र अर्थात् आँखाको सहाराले हात र खुट्टाकोे, मनको सहाराले आँखा एवं कानको र कर्मद्वारा मन र वाणीलाई रक्षा गर्नुपर्छ । सावधानीद्वारा भयलाई दूर गर्न सकिन्छ । सज्जनको सेवा र संगतले दम्भलाई त्याग गर्न सकिन्छ । आलस्य छोडेर योगका शत्रुमाथि विजय प्राप्त गर्न सकिन्छ । मन दुख्ने, हिंसा एवं कुटील र रुखोवाणी नबोल्नु पनि योग हो । तेजोमय बह्म सबैको कारक र कारण हो । संसार आफैंमा खराब छैन । हेराइ वा दृष्टिमा राम्रो नराम्रो हुन सक्छ । ध्यानले, वेदको अध्ययनले, स्वाध्यायले, सत्य, लज्जा, नैतिकता, इमानदारिता, सरलता, क्षमा, शौच, आचार र आहार शुद्धिले अनि इन्द्रिय दमनले शरीरमा तेज वृद्धि हुन्छ । शरीर तेजिलो भएपछि मन स्वतः तेजिलो हुन्छ, मनमा शान्ति हुन्छ, पापहरू पनि बिस्तारै घटेर जान थाल्छन् ।

पाँच इन्द्रियलाई मनमा स्थापित गरेर इन्द्रियसहित मनलाई बुद्धिमा प्रवेश गराउँदै आत्माको गहिराइमा मिलन गराउनुको अर्को नाम योग हो

योगीको मूल स्वभाव सबैप्रति समदर्शी हुनु हो । आफ्नो र पराइमा भेद नहुनु हो । स्वार्थीपन स्वतः हटेर, जानु, योगाभ्यासमा जानुु धर्मको रूप हो । योगीजन कहिल्यै तनाव र आवेगमा आउँदैनन् । ज्ञान र विज्ञान त्यसैलाई प्राप्त हुन्छ जो भयरहित वातावरणमा हुर्कन्छ, काम गर्छ । समान भाव नै योगको चिह्न हो । जे प्राप्ति हुन्छ त्यसैमा चित्त बुझाउनुपर्छ, मन र इन्द्रियलाई एकाग्र चित्तले रातको पहिलो प्रहर र रातको अन्तिम प्रहरलाई योग साधनामा बिताउन राम्रो हुन्छ । योगबाट सिद्धि प्राप्ति हुन्छ । ५ इन्द्रियमध्ये १ इन्द्रियबाट मात्रै पनि यी छिद्रहरू देखिए भने योगको पूर्णता हुन्न । साधकले शास्त्रीय ज्ञानलाई चुहिन दिनुहुँदैन । मनले मनलाई नै नियन्त्रणमा राख्नुपर्ने हुन्छ । म न अर्थात् म होइनको नाम नै मन हो । मनलाई वशमा राखेपछि इन्द्रियलाई वशमा राख्न सजिलो पर्छ । ५ इन्द्रियलाई मनमा स्थापित गरेर इन्द्रियसहित मनलाई बुद्धिमा प्रवेश गराउँदै आत्माको गहिराइमा मिलन गराउनुको अर्को नाम योग हो ।

इन्द्रियमा मलिनता हटाई मनको दुर्बलता हटाउन योगले गतिलो साधनका रूपमा काम गर्न सक्छ । यदि, यस्तो भएमा स्वयं ब्रह्म साक्षात्कार हुन जान्छ । अनि आफूभित्रै साधकले स्वयं भगवान पाउन थाल्छ । योगीले आफ्नो अन्तकरणमा धुवाँरहित अग्नि देख्न थाल्छ, दीप्तमान सूर्य देख्छ, आकासमा चम्किलो बिजुली स्वयंभित्र देख्छ । जीवमामात्र ईश्वर देख्न थाल्छ । त्यही व्यक्तिलाई महात्मा र ज्ञानी, विद्वान् भनिन्छ, सबै प्राणीप्रति दया गर्न थाल्छ उसले । योगबाट अनेकौं अद्भूत रसको प्राप्ति भएको अनुभव हुन सक्छ । इच्छाअनुकूल जाडो, गर्मीको सहनक्षमता हुन्छ, शरीरमा स्पूmर्ति बढेको अनुभूति हुन्छ । दिव्य, भोग्य पदार्थ आफ्नै वरिपरि प्राप्त भएको महसुस हुन्छ । जसरी धन चाहनेले सदैव धनकै इच्छा गर्छ ठीक त्यस्तै साधकले केवल योगकै चिन्तन गरी नै रहन्छ ।

इन्द्रियलाई स्वयं आपूmभित्र राख्छ, हृदय कमललाई आत्मभावमा राखेर एकाग्र चिन्तनमै मस्त हुन्छ ऊ, मन चञ्चल हुँदैन, साधनाबाट विचलित पनि हुन्न । नियमित आहारविहार गर्दै लाभहानिलाई समभावले हेर्छ, कसैले प्रशंसा गरोस् या निन्दा उसको भाव सम नै हुन्छ । एउटाको भलाइ र अर्कोको निन्दा उसले गर्दैन । लाभ भएमा हर्षले गद्गद् हुँदैन, हानि भएमा खिन्नता बोध पटक्कै हुँदैन । वायु झैं ऊ संवेग विचरण गरेर पनि असंगत नै हुन्छ, चित्त स्वस्थ्य हुन्छ, समदर्शी हुन्छ, एकाग्र र, स्थिर, धीर हुन्छ, वीर हुन्छ, लगातार ६ महिनासम्म यस्तो योगाभ्यास गर्दा ब्रह्म स्वयं साक्षात्कार हुन्छन्– जस्तै बालक ध्रुवले केवल ६ महिनामा परमात्मा प्राप्त गरे, सिद्धि प्राप्त गरे ।

असल शासनमा, सुशासनमा, राज्य सेवामा, औद्योेगिक उत्पादन र उत्पादकत्वमा, कलकरखानामा, सधैं सेवामा समर्पित प्रहरी, सेना, व्यवस्थापन, सार्वजनिक प्रशासन, राजनीतिकर्मी, निर्णायक नेतृत्वमा योग आवश्यक छ । विज्ञानको असल प्रयोगमा आज संसारभर योगको अभ्यास र चमत्कार भइरहेको छ । ज्ञान र विज्ञानको सदुपयोगमा योगाभ्यास जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रपति कसलाई बनाउने भन्नेमा प्रधानमन्त्री र ओलीबीच छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी