विमान दुर्घटना : बिहानैदेखि उद्धार सुरु

पोखरा । पोखरामा आइतबार भएको यती एयर दुर्घटनामा उद्धार कार्य आज बिहानैदेखि सुरु भएको छ । दुर्घटनाको दिन राति अबेरसम्म ६८ जनाको शव संकलन गरिएकोमा बाँकी ४ जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनास्थल सेती खोंच भएकोले उद्धारमा कठिनाइ भएको उद्धारकर्ता बताउँछन् ।

संकलित शवमध्ये २६ जना मृतकको पहिचान भएको छ । पहिचान भएका शव आजमात्र आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनास्थलमा फेला परेकामध्ये ६३ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) ल्याइएकोमा २६ जनाको सनाखत भएको छ । कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले अन्यको सनाखत हुन बाँकी रहेको जनाए ।

सनाखत भएकाहरुमा पोखरा १३, काहुँडाँडाका २७ वर्षे निशान्त आचार्य, पोखरा १७ घर भइ हाल बालाजु बस्ने संगतिा शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ, पोखरा ४ कै डा. सोना दिवाकर, पर्वतको कुष्मा १ की १० वर्षे रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा १९, बाटुलेचौरककी लक्ष्मी पौडेल, पर्वत कुष्मा ९ कटुवाचौपारीका ४६ वर्षे अरुण पौडेल, उनका ११ वर्षे छोरी प्रसिद्धि, पर्वत मोदी १ का ३९ वर्षे विजयकुमार गुरुङ, सोही ठाउँकी रचना काफ्ले पौडेल, अन्दाजी ३४ वर्षका रक्की गुरुङ छन् ।

यस्तै, रुपन्देही शंकरनगर ८ का डा. गणेश थापा, काठमाडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, पत्रकार त्रिभुवन पौडेल, कावासोती ६ का ३५ वर्षे मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेन छन् ।

पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ । त्यसका लागि शवको डीएनए सोमबार नै काठमाडौं पठाइने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए ।

काठमाडौंदेखि पोखराका लागि उडेको यति अयरको विमानमा चालक दलका ४ सहित ७२ यात्रु सवार थिए । बिमान आइतबार बिहान पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न युवा पुस्ता उत्साहित