प्रकाशको समभोक लोकार्पित

काठमाडौं । लेखक शिव प्रकाशले नयाँ उपन्यास ‘समभोक’ पाठकमाझ ल्याएका छन् । काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच यो उपन्यास सार्वजनिक गरिएको छ ।

सो पुस्तक लोकापर्ण डा. गोविन्द केसी, पत्रकारद्धय युवराज घिमिरे, विजय कुमार, लेखक शंकर तिवारी, सुजना घिमिरे, लेखक, लेखककी आमा र श्रीमतीले संयुक्त रुपमा गरे ।

कार्यक्रममा बोल्दै पत्रकार तथा लेखक विजय कुमारले समभोकमा दर्शन र भोकका विषयमा कितावमा राम्रो संयोजन गरिएको बताए । उनले यो पुस्तक सबैलाई पढ्न सिफारिस पनि सो कार्यक्रममा गरे ।

कार्यक्रममा विराट अनुपमद्धारा गरिएको अन्तरक्रियामा अग्रज पत्रकार युवराज घिमिरेले पुस्तकमा जीवन र दर्शकलाई दुई पाटाको रुपमा प्रस्तुत गरिएको छ भने ।

यस्तै सांसद गगन थापाले पुस्तकको ’boutमा बोल्दै भोक, भोग र सम्भोगलाई लेखकले एकदमै चाखलाग्दो गरी प्रस्तुत गरेका छन् भने ।

यस्तै विश्लेषक शंकर तिवारी, समाजशास्त्री सुजना घिमिरेले समाज र मानवसँग भोक र भोगको सम्बन्ध’bout चर्चा गर्दै पुस्तकले यी कुरालाई अपरिहार्य बस्तुको रुपमा उठाएको छ भने । शिखा बुक्सले बजारमा ल्याएको पुस्तकको मूल्य ४२५ रुपैयाँ राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
निर्वाचन आयोगको भ्याकेट निवेदनमा अन्तरिम आदेश अस्वीकार