गण्डकी उपसभामुखमा बिनाकुमारी निर्वाचित

पोखरा । गण्डकी प्रदेशसभाको उपसभामुखमा एमालेकी बिनाकुमारी थापा निर्वाचित भएकी छन् । प्रदेशसभाको सोमबारको बैठकमा थापालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा उनको पक्षमा ३२ मत परेको हो । विपक्षीमा २६ मत परेको छ ।

मतविभाजन प्रक्रियामा सहभागी ५८ सांसदमध्ये धिताललाई उपसभामुखमा निर्वाचित गरिओस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएसँगै उनी संसदको दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

नेपालको संविधानको धारा १८२ (१) बमोजिम प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख वा उपसभामुख निर्वाचित भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । १५ दिनको सीमा २ माघ थियो ।

उनको पक्षमा एमालेका २१, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद १ जना ले मत जाहेर गरेका हुन् । प्रदेशसभा सचिवालयका अनुसार उपसभामुखमा नेपाली कांग्रेसबाट पार्वती तामाङ पनि उम्मेदवार थिइन् ।

उपसभामुख निर्वाचित थापा बागलुङकी हुन् । उनी समानुपातिक कोटाबाट प्रदेश सदस्य निर्वाचित भएकी हुन् । त्यस्तै, लमजुङकी पार्वती तामाङ नेपाली कांग्रेसबाट समानुपातिक सदस्य बनेकी हुन् ।

मुख्यमन्त्री एमालेको भागमा परेको गण्डकीमा सभामुख सत्तारुद माओवादी केन्द्रले पाइसकेको छ । सभामुखमा गोरखाका कृष्णप्रसाद धिताल ‘विजय’ गत ३० पुसमा निर्वाचित भइसकेका छन् । उनको पक्षमा पनि समान ३२ मत र विपक्षमा २६ मत परेको थियो ।

२०७४ सालको चुनावबाट पनि प्रदेशसभामा माओवादीबाट सभामुख र एमालेबाट उपसभामुख निर्वाचित भएका थिए । त्यसबेला सभामुखमा नेत्रनाथ अधिकारी र उपसभामुख सिर्जना शर्माले ५ वर्षसम्म कार्यकाल चलाएर बिदा भइसकेका छन् ।

गण्डकी प्रदेशसभामा एमाले संसदीय दलका नेता खगराज अधिकारी २५ पुसमा नेपालको संविधान १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । उनले सपथ ग्रहणकै दिन चार सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका थिए ।

यस वर्षको प्रदेश सभा निर्वाचनबाट सबैभन्दा बढी २७ सिट जितेर नेपाली कांग्रेस ठूलो दल बनेको हो । यद्यपि केन्द्रमा राजनीतिक जोडघटाउले कांग्रेस प्रमुख प्रतिपक्षमै सीमित भएको छ । यहाँ दोस्रो ठूलो दल एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद (राजीव गुरुङ) गरी कुल ६० सदस्य छन् ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
मनोनयनको पहिलो दिनः साढे ११ हजारको उम्मेदवारी