को–को बन्दैछन् मन्त्रीहरु

काठमाडौं । नेकपा एमालेले ८ मन्त्रीलाई सरकार पठाउने भएको छ । यसअघि शपथ लिइसकेका ३ विना विभागीय मन्त्रीबाहेक भगवती चौधरी, हरि उप्रेती, पदम गिरी, विमला राई र बलराज अधिकारी आज मन्त्री बन्नेछन् । चौधरी कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गरेकी सांसद हुन् । गिरी पर्वतबाट २ पटक विजयी सांसद हुन् । उप्रेती सर्लाही र अधिकारी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

दामोदर भण्डारी, राजेन्द्र राई र ज्वालाकुमारी साहले यस अघि नै शपथ लिइसकेका छन् । उनीहरूले अहिलेसम्म मन्त्रालय पाएका थिएनन् । एमालेले एउटा राज्यमन्त्री पनि पाउने छ । अर्थ मन्त्रालय लिइसकेको एमालेले रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, कृषि विकास र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पाउने भएको हो ।

माओवादीबाट मोदी, शर्मा र किराँती मन्त्री बन्दै
सत्तागठबन्धनमा माओवादीले प्रधानमन्त्रीसहित चारवटा मन्त्रालय पाएको छ । यसअघि प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ नियुक्त भइसकेका छन् ।  प्रचण्डले अमनलाल मोदीलाई संघीय मामिला एवं सामान्य प्रशासनमन्त्री, सुदन किरॉतीलाई पर्यटन र  रेखा शर्मालाई सञ्चार मन्त्री बनाएका हुन् । नयाँ मन्त्रीहरूले मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

राप्रपाबाट तीन मन्त्रीबाट लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सामेल हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ । मंगलबार बिस्तार हुने मन्त्रिपरिषदमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने भएका छन् । राप्रपाले तीन मन्त्रालय पाएको छ । राप्रपाबाट लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे र ध्रुबहादुर प्रधान मन्त्री बन्न लागेका हुन् । राप्रपाका एक नेताका अनुसार पाण्डे सहरी विकास र प्रधान कानुन मन्त्री बन्ने भएका छन् । राप्रपामा महामन्त्री धवलशमशेर राणा, दीपक बोहोरा र पशुपतिशमशेर राणा मन्त्री बन्न इच्छुक थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट खनाल शिक्षा र अर्याल श्रममन्त्री
रास्वपाले तीन मन्त्रालय र एक राज्यमन्त्री पाएको छ । यसअघि पार्टी अध्यक्ष उपप्रधानसहित गृहमन्त्री भइसकेका छन् । रास्वपाले शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा स्वास्थ्य राज्यमन्त्री पाएको छ ।  रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने भएको छ । सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि मंगलबार बिहान पार्टी सभापित लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएका हुन् । 

तपाइको प्रतिक्रिया
(Visited 384 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एमालेले टुंगो लगायो ११ पालिकाका उम्मेदवार