लिभरपुल एफए कपको चौथो चरणमा

काठमाडौं । वुल्भरह्याम्पटनलाई हराउँदै शीर्ष क्लब लिभरपुल एफ ए कप फुटबलको चौथो चरणमा पुगेको छ । मंगलबार राति भएको तेस्रो चरणको पुनः खेलाइएको खेलमा लिभरपुलले वुल्भरह्याम्पटनलाई १–० ले हराउँदै चौथो चरणमा पुगेको हो ।

वुल्भरह्याम्पटनको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन हार्भे इलियटले १३ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । यी दुई बीच पहिला भएको खेल २–२ को बराबरीमा रोकिएको थियो ।

एफ.ए कपकै अर्को खेलमा चेस्टरफिल्डलाई ४–० ले हराउँदै वेष्ट ब्रोम तथा फरेष्ट ग्रिनलाई २–१ ले हराउँदै बर्मीङ्घम सिटी पनि चौथो चरणमा उक्लिएका छन् ।

मंगलबार राति भएका अन्य दुई खेलहरुमा ब्रिस्टोल सिटीले स्वान्सी सिटीलाई २–१ ले पराजित गर्दा लुटन टाउनले विगान एथ्लेटिकलाई २–१ ले पाखा लगायो ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !