बुटवल । चलचित्र पत्रकार संघ नेपालको साखा ‘चलचित्र पत्रकार संघ रुपन्देही ’मा नयाँ कार्यसमिति आएको छ । बुटवलमा सम्पन्न अधिवेशनले मोहन न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
सो शाखाको उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिवमा बिकास गौतम, सहसचिवमा कल्पना डुम्रे, कोषाध्यक्षमा राजिव भुसाल चयन भएका छन् । यस्तै साखाको कार्यकारी सदस्यहरुमा बिकास पराजुली, डि.बी. सुस्लिङ, रमेश पराजुली र सन्तकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
नव अध्यक्ष न्यौपानेले चलचित्र पत्रकारहरुको लागि आफु लागि पर्ने बताए । उनले सदस्यहरु क्षमता वृद्धिलाई समेत प्राथमिकता दिने जिकिर गरे ।
चलचित्र पत्रकार संघ नेपालका संगठन उपाध्यक्ष कुबेर डंगोलले नयाँ कार्यसमिति चयनको लागि निर्वाचन गराएका थिए । नयाँ कार्यसमितिले सो क्षेत्रका चलचित्रको हक हितमा उल्लेख्य काम गर्ने विश्वास केन्द्रिय उपाध्यक्ष डँगोलले सो कार्यक्रममा व्यक्त गरे । अधिवेशनमा विभिन्न पेशागत संगठनका शाखा अध्यक्षहरुले समेत आफ्नो भनाई राखेका थिए ।