काठमाडौं । मिर्गाैला रोगबाट ग्रसित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरका ग्राउन्ड स्टाफ जयबहादुर तामाङ (सेते)लाई आर्थिक सहयोग आउने क्रम जारी रहेको छ ।
आइतबार नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस)ले अभियानबाट संकलन गरेको ५० हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरेको हो । एनसिएसएसका अध्यक्ष विराज घिमिरे र प्रमुख सल्लाहकार भानु सिग्देलले तामाङकी श्रीमती निरमाया तामाङलाई वीर अस्पताल पुगेर रकम हस्तान्तरण गरेका हुन् । उनी फागुन २८ गतेदेखि वीर अस्पतालमा उपचार गराइरहेका छन् ।
उनलाई सहयोग जुट्ने क्रम जारी छ । शनिबार मात्रै राष्ट्रिय महिला, पुरुष खेलाडी, प्रशिक्षकलगायतबाट संकलन गर्दै क्रिकेट प्लेयर्स एसोसिएसन अफ नेपाल (सिप्यान) ले १ लाख ३३ हजार हस्तान्तरण गरेको थियो । ललितपुरको लेलेमा जन्मिएका उनले २०६१ सालदेखि टीयू क्रिकेट मैदानको हेरचाह गर्दै आएका छन् ।