वैदेशिक रोजगार व्यवसायीबीच चुनावी प्रतिस्पर्धा तीव्र

काठमाडौं । शुक्रबार हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका दिन नजिकिएसँगै अहिले चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्षका प्रत्यासी चार जना उम्मेदवारले आ–आफ्ना भिन्दाभिन्दै समूह बनाएर प्रचारप्रसारका गतिविधिलाई तीव्र बनाएका छन् । अहिले यी चार जना अध्यक्षका प्रत्यासी उम्मेदवारले दैनिक काठमाडांैका विभिन्न स्थानमा चुनावी प्रचारात्मक कार्यक्रम एवं आआफ्ना समूहको उम्मेदवार परिचयात्मक कार्यक्रम गरिरहेका छन् ।

संघको यस निर्वाचनका लागि अध्यक्षलगायत विभिन्न पदमा करिब ६ दर्जनभन्दा बढी व्यवसायीको उम्मेदवारी परेको संघ निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले दिएको उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ भने एक निर्वाचित हुने प्रथम उपाध्यक्षमा ४ जना, द्वितीय उपाध्यक्षमा ५ जना, तृतीय उपाध्यक्षमा ५ जना, महासचिवमा ४ जना, सचिवमा ६ जना, कोषाध्यक्षमा ४ जना र १० सदस्यका लागि ३१ सदस्य जना गरी कुल ६३ जना व्यवसायीको उम्मेदवारी परेको छ ।

भण्डारी, खनाल, गुरुङ र जिसीको समूह मैदानमा

संघको आगामी अध्यक्ष पदका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष कुमुद खनाल, संघका पूर्वद्वितीय अध्यक्ष भुवनसिंह गुरुङ, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारी र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका सल्लाहकार डा. ईश्वर जिसीले आ–आफ्नो समूह बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, संघको प्रथम उपाध्यक्षमा किशोर केसी, डिकबहादुर खत्री, धनलाल जैसी र सुरजकुमार घुण्डेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, द्वितीय उपाध्यक्षमा महम्मद जवारद्विन मियाँ, परमेश्वर अधिकारी, अख्तर हुसेन, सञ्जु गुरुङ र बाबुराम खड्काको उम्मेदवारी परेको छ । तृतीय उपाध्यक्षमा सञ्जय पनेरू, मोहनकुमार ढुंगेल, अनिल बोगटी, ओमबहादुर न्यौपाने र रोशन कटुवालले उम्मेदवारी दिएका छन् ।

महासचिवमा मेघनाथ भुर्तेल, लक्ष्मण पौडेल, मिलन कट्टेल र मधुकर रिजालले उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा कर्णराज कटुवाल, नरेन्द्रप्रसाद पोखरेल ‘नवीन’, हर्कबहादुर लिम्बू, राजेन्द्र अधिकारी, गोमा गिरी क्षेत्री (अञ्जु), टक्करबहादुर पाख्रिन र प्रेमराज लावतीले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्षमा हिमा गुरुङ, राधा बुढाथोकी, सरिता घले, सरस्वती सुवेदी र केदारनाथ अधिकारी (दिपेन्द्र)ले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, १० सदस्यमा ३१ जनाले उम्मेदवारी दिएका छन् ।

आगामी नयाँ नेतृत्वका लागि उम्मेदवारी दिने सदस्यमा राजकाजी तामाङ ब्लोन, विक्रम श्रेष्ठ, कैलाश पाठक, चन्द्रकमल श्रेष्ठ, चन्द्रबहादुर लिम्बू, श्यामचन्द्र खतिवडा, एकनारायण काफ्ले, फिरोज खान, सन्दीप पुडासैनी, आनन्द कोइराला, कामेश्वर साह, शिवकुमार कुँवर, नारायण भुसाल, सरोज कुशवाह, भगीरथ भण्डारी, प्रेमबहादुर गिरी, हरिबहादुर गिरी, देवीमाया थापा, रामप्रसाद न्यौपाने र बासु पुडासैनी रहेका छन् ।

सो निर्वाचनमा राजेन्द्र भण्डारी नेतृत्वको प्रगतिशील व्यावसायिक समूहबाट प्रथम उपाध्यक्षमा डिगबहादुर खत्री (कुमार) द्वितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोसन कटुवाल, महासचिवमा मिलन कट्टेल, सचिवमा राजेन्द्र अधिकारी र कोषाध्यक्षमा सरिता घले रहेका छन् । यसैगरी, सदस्यमा मञ्चबाट बैकुण्ठप्रसाद पौडेल (वैभव), देउमान नेम्वाङ (डीएम सुब्बा), शिवहरि मैनाली (शीतल), आनन्दप्रसाद कोइराला, खेमनाथ गौतम, मोहनप्रसाद आचार्य, राजेन्द्र बस्नेत, जनकलाल बस्तोला, श्यामचन्द्र खतिवडा र उमेश महतो रहेका छन् ।

अध्यक्षका प्रत्यासी अक्स्फोर्ड इन्टरनेसनल प्रालिका सञ्चालक जिसीको समूहका प्रथम उपाध्यक्षमा मञ्चका अध्यक्ष कान्तिपुर मेनपावर प्रालिका सञ्चालक धनलाल जैसी, द्वितीय उपाध्यक्षमा सुप्रिम ओभरसिज प्रालिका बाबुराम खड्का, तृतीय उपाध्यक्षमा कन्फिडेन्ट इन्टरनेसनल प्रालिका अनिल बोगटी, महासचिवमा इम्प्लोइमेन्ट लिंक नेपालका मधुकर रिजाल, सचिवमा अजम्बरी ओभरसिज प्रालिका टक्करबहादुर पाख्रिन र कोषाध्यक्षमा इम्पावर ह्युमन रिसोर्सेज प्रालिका केदारनाथ अधिकारी रहेका छन् ।

सदस्यमा शेरमान ग्लोबल म्यानेजमेन्ट ओभरसिज प्रालिका गणेश कुँवर, आयुष ओभरसिज प्रालिका कामेश्वर साह राहुल, प्mयुचर लिंक इन्टरनेसनल प्रालिका फिरोज खान, एसआर ग्रुप कम्पनीका सन्दीप पुडासैनी, ग्यालेक्सी युनिभर्सल सर्भिस प्रालिका एकनारायण काफ्ले, पान्डा ह्युमन रिसोर्सेज प्रालिका प्रेमबहादुर गिरी, दि एक्वायर ग्रुप प्रालिकी देवीमाया थापा, सिभम इन्टरनेसनल म्यानपावर सर्भिस प्रालिका शिवबहादुर कुँवर र स्यारोन म्यानपावर सर्भिस प्रालिका सरोज कुशवाह रहेका छन् ।

उम्मेदवार परिचयात्मक कार्यक्रममा अध्यक्षका उम्मेदवार जिसीले सम्मानित वैदेशिक रोजगारका लागि आफ्नो उम्मेदवारी रहेको बताए । संघको आगामी शुक्रबार हुने निर्वाचनका लागि भुवनसिंह गुरुङले अध्यक्षमा उम्मेदवारी दिएका छन् । गुरुङ समूहको निर्वाचन प्रचार–प्रसारका लागि दानबहादुर बुढाथोकीको संयोजकत्वमा मूल समिति गठन गरिएको छ ।

अध्यक्षका प्रत्यासी संघका पूर्वउपाध्यक्ष एवं गुरुङ म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक गुरुङ नेतृत्वको संयुक्त लोकतान्त्रिक व्यावसायिक प्यानलका तर्फबाट संघको द्वितीय उपाध्यक्षमा मो. जावरद्विन मियाँ, तृतीय उपाध्यक्षमा मोहनकुमार ढुंगेल, सचिवमा प्रेम लावती, कोषाध्यक्षमा हिरादेवी बुढाथोकीले उम्मेदवारी दिएकी छन् । यसैगरी, सदस्यमा भगीरथ भण्डारी (भवानी) र चन्द्रकमल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

‘अर्थतन्त्रको मूल आधार, सम्मानित वैदेशिक रोजगार’ भन्ने नाराका साथ उम्मेदवारी दिएका गुरुङ समूहले आफ्ना चुनावी प्रतिबद्धता पनि सार्वजनिक गरेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी शुक्रबार हुने निर्वाचनका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका भुवनसिंह गुरुङ नेतृत्वको संयुक्त लोकतान्त्रिक व्यावसायिक समूहले विभिन्न प्रतिबद्धताअघि सारेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
कैलालीमा एक्लै चुनाव लड्न काँग्रेसलाई कार्यकर्ताको दबाब