सिके राउतको प्रश्न- पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न केले रोक्यो ?


काठमाडौं । जनमत पार्टी संसदीय दलका नेता चन्द्रकान्त राउत (सिके राउत)ले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा उनले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न कुन कानुनले रोकेको भन्दै प्रश्न गरे ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रक्रियामात्र सीमित नरहन सुझाव दिँदै उनले भने, ‘साइकल वा मोटरसाइकल दुर्घटना भयो भने तत्कालै पक्राउ गरेर छानबिन थालिन्छ । तर, पुराना विमान चलाउने, चलाउन अनुमति दिनेलाई किन कारबाही हुँदैन ?’

गत १ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । उक्त दुर्घटनाका विषयमा जारी प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
अमरगढी–१ मा काँग्रेस वडा अध्यक्ष निर्वाचित