हुम्लामा हिमपात सुरू, जनजीवन प्रभावित

सिमीकोट । हुम्लामा यस वर्षकाे पहिलाे पटक हिउँ आउन सुरू गरेकाे छ । गएकाे भदाैमा आएकाे अबिरल वर्षले हुम्ला लगाएत देशका अधिकांश ठाउँहरूमा ठुलाे धनजनकाे क्षति गरेकाे थियाे । हुम्लामा त्यति बेलादेखि अहिलेसम्म पानी नै परेकाे थिएन, आज शुक्रबार विहान एक्कासी हिमपात सुरू भएकाे छ ।

जिल्लाकाे माथिल्लाे क्षेत्र नाम्खा र सिमकाेट गाउँपालिकाका अधिकांस स्थानमा हिउँ जमिसकेकाे अबस्था छ भने जिल्लाकाे तल्लाे क्षेत्रका विभिन्न स्थानमा हिउँ आउन सुरू गरेकाे छ कतै हिउँ जमिसकेकाे छ त कतै जम्न सुरू भएकाे छ ।

हिजाे बिहानबाट आकासमा बादल मडारिए पनि आज बिहानबाट मात्र हिउँ आउन सुरू भएकाे छ । यसले गर्दा साेलारबाट गर्ने सबै काम पुर्ण रूपमा बन्द भएका छन् ,हुम्लामा रहेका सामुदायिक रेडियोहरू पनि साेलारबाट सञ्चालित भएकाले बन्द भएकाे रेडियाेहरूका सञ्चालकहरूले बताए । हिमपातले जनजीवन प्रभाबित भएकाे छ ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
भीमफेदी गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी