मिटरब्याजी समस्या समाधान गर्छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छु। मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ। यसलाई मैले राम्रोसँग बुझेको छु। यसपटक तपाईहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेको प्रचण्डका प्रेस संयोजक सूर्यकिरणले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
चन्द्रपुर नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका काफ्ले र उप प्रमुखमा चौधरी बिजयी