नौ वर्षिय भतिजको हत्या गर्ने काका पक्राउ

रौतहट । रौतहट प्रहरीले बालक हत्या गरेको आरोपमा २ जनालाइ पक्राउ गरेको छ । प्रहरीले ४१ दिनको अनुसन्धान पश्चात बालकलाई हत्या गर्ने दुई जना अभियुक्तलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

जिल्लाको माधवनारायण नगरपालिका वाड नं. ८ पिप्राराजवाडा बस्ने जयकिशोर प्रसाद कुशवाहाको ९ बर्षिय छोरा आशनारायण प्रसाद कुशवाहाको हत्याको आरोपमा सोही गाउका संजय राम र जयराम महतो कोइरीलाइ पक्राउ गरी सार्वजनिक गरेको हो ।

गत मंसिर २५ गते दिउसो ४ बजेको समयमा वेपत्ता भएका बालक कुशवाहा गत पुस १ गते बागमती नदीमा मृत अबस्थामा भेटिएका थिए ।
प्रहरीले अनुसन्धानको क्रममा मृतकको वुवा जयकिशोर संग नातामा काका पर्ने जयराम महतोको कोइरीको जग्गाका विषयमा पुरानो रिसिइवी थियो । सोही गाउँ बस्ने ३३ बर्षिय जयराम महतो कोइरीले आफना छिमेकी ३७ बर्षिय संजय राम संग मिलेर बालकको मुख थुनेर हत्या गरेका थिए । हत्या पश्चात बागमती नदीमा फालेको स्वीकारेपछि प्रहरीले दुबै जना विरुद्ध कत्र्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेपछि आज पिडकहरुलाई सार्वजनिक गरेको रौतहटका प्रहरी उपरिक्षक बिर बहादुर बुढा मगरले जानकारी दिए ।

प्रहरीलाई अभियुक्त कोइरीले दिएको वयान अनुसार बालकलाई वेपत्ता पारेकै दिन राति गाउँ बाहिर रहेको गोठमा बाँधेर मुख थुनी हत्या गरेको अभियुक्तद्धयले स्वीकारेको प्रहरीको भनाइ छ । गोठमै त्रिपालले बालकको शव छोपेर राखे । भोलीपल्ट मंसिर २६ गते राति १२ बजेको समयमा गोठबाट बालकको शव झिकेर परालको मुनी लुकाए । बालकलाई खोज्न दुबै अभियुक्तहरु उनका अभिभावक संगै दिनभरी जान्थे तर शव गन्हाउन थालेपछि ३० गते राति बोरामा हालेर बागमती नदीमा फालेका थिए । पुस १ गते शव प्रहरीले बरामद गरेको थियो ।

प्रहरीले १५ जना भन्दा बढिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा दुबै अभियुक्तले अपराध गरेको स्वीकार्य गरेपछि उनीहरुले दिएको आधारमा दसिप्रमाणहरु फेला परेपछि प्रहरीले बास्तविक दोषिलाई पत्ता लगाउन सफल भएको एसपी मगरले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
रौतहटको दुर्गा भगवती गाउपालिकाको प्रमुखमा माओवादीका सिंह बिजयी