टाउकोभरी वर्षौदेखि घाउँ नै घाउँ, उपचारमा सहयोग गरिदिन शम्भुको अपिल

काठमाडौं । ‘म १८ वर्ष हुँदादेखिको टाउकोमा घाउ आएको हो, पैसा नभएर उपचार गर्न सकेको छैन’, खोटाङ साकेला १ का अति विपन्न परिवारमा हुर्किएका शम्भू तिवारको भनाई हो ।

उनको टाउको भरी ठूला–ठूला फोका छन् । फोकाहरु वर्षेनी बढीरहेका छन् । अहिले ढाडमा पनि त्यस्तै घाउ (ऐजेरु) देखिन थालेको छ ।

ऐजेरु बढ्दै गएपछि पछिल्ला दिनमा सुत्न समेत समस्या हुन थालेको उनी बताउँछन् । उनलाई सामाजिक सञ्जालमार्फत आर्थिक समस्या परेको थाहा पाएपछि मनकारीहरुले देश विदेशबाट सहयोग गरेका छन् ।
उनको खातामा ६०/७० हजार देश विदेशबाट सहयोग जम्मा भएपछि अहिले भने उपाचारका लागि काठमाडौं आईपुगेको बताउँछन् ।

यही १८ गते उनको वीर हस्पिटलमा उपचार हुने ‘डेट’ डाक्टरले दिएका छन् । डाक्टरले तीन पटकमा उनको उपचार गर्ने योजना बनाएका छन् । एकैपटक गर्दा लठ्याउनुपर्ने र ऐजेरु धेरै भएकाले एकै पटकमा गर्न असम्भव भन्दै चिकित्सकहरुले टोलीले तीन पटक गरेर अप्रेशन गर्ने योजना बनाएका छन् ।

अस्पतालले सुरुमा पचास हजार डिपोजिट गर्नुपर्ने र त्यसपछि अप्रेशन र औषधी लगायतको खर्च कति आउँछ भनेर उपचार सकिएपछि मात्र थाहा हुने बताएका छन् । तीन पटक अप्रेशन गर्नुपर्ने र औषधी लगायतको खर्च गरेर साढे २ लाख जतिले पुग्ला कि भन्ने उनको अनुमान छ ।

बिहान बेलुकी हातमुख जोड्न समेत धौ धौ पर्ने शम्भूका लागि यत्रो खर्च कसरी ल्याउने भनेर अहिले रातदिन पिरलो बनेको छ ।

मलाई सहयोग गरिदिनुस् : शम्भू तिवारी

आफ्नो टाउको र शरीरको ऐजेरु हट्ने भएपछि शम्भू खुसी छन् । तर, उपचारमा लाग्ने खर्च नभएर त्यति नै दुःखी पनि छन् । ‘उपचार त हुने भयो, तर पैसा कसरी ल्याउने हो भन्ने पिर लागिरहेको छ ।’ उनले भने ।

शम्भु तिवारीले आफ्नो उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह समेत गरेका छन् । ‘मेरो अप्रेशन १८ गते वीर हस्पिटलमा हुने भयो, तपाईहरुले नै  सहयोग गरेकै पैसाले अस्पतालसम्म आएको हो, अब फेरि सहयोग गरेर मलाई निको बनाईदिन सबैसँग हात जोडेर अनुरोध गर्छु ।’ उनले भने ।

कसरी सहयोग गर्ने

शम्भुको उपचारमा सहयोग गर्न चाहनु हुने तपाई जो कोहीले उनकै बैंक खातामार्फत सहयोग गर्न सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंक, दिक्तेल शाखामा शम्भु तिवारीको नाममा उनको खाता रहेको छ । खाता नम्बर २०६०१०००३७७०५०१० रहेको छ । काठमाडौंमा उपचारमा सहयोग गरिरहनु हुने कमला रोका (९८४१५७३६२५) लाई सम्पर्क गरेर पनि सहयोग गर्नु सकिने छ ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे तातोपानी १ वडाध्यक्षमा काँग्रेसका कठायत विजयी