वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा एमाले निकट प्रगतिशील समूहका राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । काठमाडौंमा हिजाे शुक्रबार भएको निर्वाचनमा भण्डारी १९९ मतसहित निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी भूवनसिंह गुरुङले १५१, कुमुद खनालले १३१ र ईश्वरबहादुर जीसीले १२८ मत पाए ।

महासचिव र सचिव बाहेक सबै पदाधिकारी भण्डारी समूहका निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा डिकबहादुर खत्री (कुमार), द्वितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोशन कटुवाल, महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल र कोषाध्यक्षमा सरिता घले निर्वाचित भए ।

सदस्यहरुमा राजेन्द्र बस्नेत, विक्रम श्रेष्ठ, देवीमाया थापा, बैकुण्ठप्रसाद पौड्याल (बैभव), कैलाश पाठक, देउमान नेम्वाङ, आनन्द कोइराला, नारायण भूसाल, तोरणकुमार कार्की र चन्द्रबहादुर लिम्बू निर्वाचित भए ।

तपाइको प्रतिक्रिया
(Visited 635 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देशमा केही भएको छैन, केही हुँदैन भन्ने भाष्य गलतः प्रधानमन्त्री

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोष्टर राख्ने उम्मेदवारलाई निर्वाचन आयोगले कार्वाही गर्ने