श्रीमती हत्या गरेर भागेका श्रीमान् पक्राउ

धनगढी । श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २०७७ असोज २६ गते ५० वर्षीया आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका प्रेम विक पक्राउ परेका हुन् ।

कैलालीको कैलारी गाउँपालिका–७ का ५४ वर्षीय विकले आफ्नै श्रीमती विरमा विकको कुटपिट गरेर हत्या गरेका थिए । तत्कालिन समयमा प्रेमले नै श्रीमतीको हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।

कर्तव्य ज्यान मुद्दाका विकलाई कैलाली प्रहरीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको छ । 

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
घोडाघोडीमा दुई पक्षीय प्रतिस्पर्धा