प्रिमियर लिग : आर्सनल र सिटी विजयी

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र आर्सनल विजयी भएका छन् । आइतबार राति भएको खेलमा सिटीले उल्भ्सलाई ३-० गोल अन्तरले हराएको हो। सिटीको जितमा एर्लिङ हालाण्डले ह्याट्रिक गरे। हालाण्डको यो प्रिमियर लिगमा चौंथो ह्याट्रिक हो । जितसँगै सिटीले २० खेलमा ४५ अंक जोडेको छ। सिटी तालिकाको दोस्रो स्थानमा रहेको छ।

यस्तै गएराति नै भएको खेलमा शीर्ष स्थानको आर्सनलले रोमान्चक जित निकालेको छ। आर्सनलले म्यानचेस्टर युनाईटेडमाथि ३-२ गोलको रोमान्चक जित निकालेको हो। इमिरेट्स स्टेडियममा भएको खेलमा सुरुआती अग्रता युनाईटेडले बनाएको थियो।

खेलको १७ औं मिनेटमा मार्कस राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको २४ औं मिनेटमा एड्डी एनकेटीहले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए।

खेलको ५३ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए। तर, खेलको ५९ औं मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै युनाईटेडलाई २-२ को बराबरीमा ल्याए।

त्यसपछि खेलको इन्जुरी समयमा एनकेटीहले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-२ को जित दिलाए। जितसँगै आर्सनलले १९ खेलमा ५० अंक जोडेको छ। आर्सनल शीर्ष स्थानमा यथावत रहेको छ। गएराति नै भएको अर्को खेलमा लिड्स र ब्रेनफोर्डले गोलरहित बराबरी खेले।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
गुल्मीका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना