युवा क्रिकेटर थापा मगर यु १९ विश्वकप छनौटमा

अर्घाखाँची । आगामी फेब्रुअरी अन्तिममा युएईमा हुने आइसिसी यु–१९ पुरूष विश्वकप एसिया छनोटका लागि अर्घाखाँची जिल्लाका युवा क्रिकेटर उत्तम थापा मगर पनि खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान० ले आइतबार उत्तम थापा मगर सहित १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टोलीमा चार जना वैकल्पिक खेलाडी राखिएको छ ।

एसिया डिभिजन एक छनोटमा नेपालले युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलंकामा हुने यु–१९ विश्वकप खेल्न पाउनेछ ।

टिममा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं। ६ खिल्जीका उत्तम थापा मगर सहित देव खनाल, गुलशन झा, दुर्गेश गुप्ता, अर्जुन कुमाल, हेमन्त धामी, दिपक बोहरा, आकाश त्रिपाठी, दीपेश कँडेल, सुवास भण्डारी, दीपक बोहरा, विशाल केसी, मिलन बोहरा र दीपक डुम्रे छन्। वैकल्पिक खेलाडीहरूमाा प्रज्वल थापा, तुलबहादुर थापा, राजेश यादव र निर्मल थापा छन्।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री दाहाल असमझदारी हटाउन ओली निवासमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
अर्घाखाँचीमा बाढीले बगाएर ८ वर्षिय बालिकाको मृत्यु