मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा नियमित छलफल हुने प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

आजको बैठकमा जनमत पार्टीलाई यसअघि दिने सहमति भएको मन्त्रालय र त्यसो नहुँदा उत्पन्न असन्तुष्टि कसरी सम्बोधन गर्ने भन्ने ’boutमा कुराकानी हुन सक्ने एक मन्त्रीले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने माग जनमत पार्टीको थियो । तर खानेपानी मन्त्रालय दिइएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी जनमत पार्टीले दिइसकेको छ ।

प्रधानमन्त्रीले हिजो सहमत भएकै मन्त्रालय दिने आश्वासन दिएको बताइएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने ’boutमा पनि कुराकानी हुने बालुवाटार स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 336 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६ वटै महानगरमा तालमेलको विपक्षमा कांग्रेस