काठमाण्डाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख पूर्णप्रसाद चुडाललाई नियन्त्रणमा लिएको छ ।
अनियमितता गरेको आरोपमा चुडाललाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनकाे कार्यकक्षबाट महंगा मदिरा र केही थान माेबाइल फेला परेकाे छ । आर्थिक लेनदेन भैरहेकाे सूचनाकाे आधारमा अख्तियारकाे टाेलीले चुडाललाई नियन्त्रणमा लिएकाे थियाे ।
तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)