कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन कष्टकर, किसान उत्साहित

जुम्ला । कर्णालीका हिमाली जिल्लामा हिउँपर्न सुरु भएकाे छ।माघ मध्यान्तर सम्म पनि हिउँ नपर्दा चिन्तित किसान अहिले बाक्लाे हिउँ पर्न थालेपछि हर्षित भएका छन्। आज बिहान करिब ५ बजेदेखि जुम्लामा हिउँ पर्न थालेको हाे । लेकाली भेगमा बाक्लो हिउँ जमे पनि बेसीमा हिउँ परिरहेकाे छ।

कर्णालीका हिमाली जिल्ला जुम्लासहित मुगु हुम्ला र डोल्पामासमेत हिमपातसँगै वर्षा भइरहेको छ । उता कालिकोट,सुर्खेत दैलेखमा पनि भीषण वर्षा भइरहेको छ । हिउँ कुरिरहेका कर्णालीका किसान मङ्गलवार बिहानैदेखि हिउँ पर्दा उत्साहित छन् । स्याउ किसान सराेज शाहि भन्छन्,‘केही दिन हिउँ निरन्तर आउनुपर्छ, अनिमात्र बालीनाली सप्रिन्छ,उत्पादन बढ्छ । हिउँदे बाली जौ,गहुँलाई राहत हुनुका साथै बगैँचा व्यवस्थापनमा सहज हुन्छ ।’

हिमपातले विशेषगरी कृषि क्षेत्रलाई राहत पुग्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारी ले बताए । हिउँ नपरेर बाली सुक्न थालेको थियो । उनले भने ,‘बाली सुक्ने,उत्पादन घट्ने चिन्तामा किसान थिए । अहिलेको हिउँले बाली सप्रिने र स्याउ उत्पादन वृद्धिमा मद्दत पुग्छ ।’

हिमपातसँगै बढेको चिसोले कर्णालीको जनजीवन भने प्रभावित भएको छ । महिला बालबालिका,दिर्घरोगी,सडक मानव चिसाले प्रभावित भएका हुन् । चिसोले भाइरल ज्वरो आउन सक्ने भएकोले अत्यावश्यक काम बाहेक बाहिर नआउन र झोलिला पर्दाथ खान चिकित्सकको सुझाव छ ।

हिमपातले कर्णालीका हिमाली जिल्लाको हवाई तथा सडक यातायात पनि ठप्प भएको छ । जुम्ला नेपालगन्जको उडान,सँगै मुगु,हुम्ला,र डोल्पाको हवाई उडान ठप्प भएको हो । सडक यातायात कर्णाली राजमार्ग,नाग्म(गमगढी सडकको यात्रा पनि रोकिएको छ । यता प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले हिमपातपछि राहत उद्धार तथा पुनर्स्थापनाको पूर्वतयारी मजबुद बनाइएको बताए । उनका अनुसार तीनै सुरक्षा निकाय तैनाथ अवस्थामा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बिपक्षी दलबाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
ललितपुरमा निर्वाचन आचारसंहिता उल्लंघन