म्याच फिक्सिङको आरोपमा अंसारी र आलम पक्राउ

सप्तरी । म्याच फिक्सिङ गरेको आरोपमा सोमबार प्रहरीले नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी महबुब आलमलाई पक्राउ गरेको छ ।

सोही प्रकरणमा सप्तरीको राजविराज घर भएका पूर्वराष्ट्रिय खेलाडी महबुब आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ ।

राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानवाट पक्राउ परेका आदिललाई बुद्ध एयरको उडानवाट राजविराजबाट काठमाडौं पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । 

सप्तरीको राजविराज वडा नं ४ घर भएका पूर्वराष्ट्रिय खेलाडी महबुब आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ ।

अन्सारी र आलममाथि नेपाल टी–टवान्टी लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोप छ । अन्सारीलाई केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) लगिने र अनुसन्धान गरिने तयारी छ । लिगमा अन्सारी जनकपुर रोयल्स टिमबाट खेलेका थिए ।

बारा जिल्ला घर भएका आदिललाई सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानबाटै सोमवार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । 

सो मैदानमा जारी मुन्ना साह मेमोरियल अन्तर कलेज क्रि केट प्रतियोगितामा जानकी उच्च माध्यमिक विद्यालयका तर्फबाट प्रतियोगिता खेल्न मैदान पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको साझेदारीमा गत पुस ८ गतेदेखि टी–२० लिग प्रतियोगिता गरेको थियो । सो प्रतियोगितामा म्याच फिक्सिङका आधारहरू फेला परेपछि सीआईबीले छानबिन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीकाे चन्द्रनगरमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दनुवार विजयी