मुगुमा एकफिट हिउँ, सबै यातायात बन्द

मुगु । असोजपछि पानी नपरेपछि खडेरीले आक्रान्त भएको मुगु जिल्लाको उच्चहिमाली क्षेत्र र वेसीतिर मंगलबार बिहानदेखी हिउँ लगातार हिउँ पर्न थालेको छ । हिउँ परेपछि जनजीवनमा कष्टकर हुदै गएको छ ।

मुगुको सदरमुकाम गमगढीमा मंगलबार बिहान देखी लगाातार हिउँ परेपछी हिउ जमेको छ भने,सदरमुकाम गमगढी आसपासका बस्तीहरुमा पनि हिमपात भईरहेको छ । जिल्लाको उच्च हिमाली क्षेत्रमा एक फिटसम्म हिउँ जमेको छ । साथै जिल्लाको माथिल्लो क्षेत्रहरु कार्मारोङ गाउँपालिकाको करान भेग, दोल्फु,मुगु, चिताई,किम्री,खारी ,पुअमा पनि हिउँ परिरहेको छ । छायानाथ क्षेत्रमा १ फिट भन्दा वढी हिउँ जमेको कार्मरोङ गाउँ पालिका वडा र्न १ का वडा अध्यक्ष कार्मा तान्डुप लामाले वताए । लगातार हिमपातले चौरी ,गााईहरुलाई चराउन समेत कठीनाई भएकोले गोठमा हुलेर राखेको लामाले बताए ।

त्यस्तै छायानाथ रारा नगरपालिकाका कार्की वाडा, रोवा, पिना,मुर्मा ,रारा,,बाम,,शाोभा , मन्दु, लिउडी लगायतका सबै बस्तीहरुमा बिहानदेखी लगातार हिमपात भएको छ । हिउँ पर्दा जनजीवन चिसोले कष्टकर हुने गरेको छ । सोरु गाउँ पालिका र खत्याडगाउँ पालिकाका लमेरा कोटील्ला,कवा चाकपाडेमा लगाायतका बस्तीहरुमा हिमपात भएको छ । चिसोको कारण सरकारी कार्यलयमा पनि सेवाग्राहीको चाप न्युन रहेको छ । विद्यालय सञ्चालन हुन सकेका छैन ।

हिमपातका कारण स्थानिय वासीलाई एक ठाउँवाट अर्कोे स्थानमा आवत जावत गर्न कठिनाई भईरहेको छ । हिमपातले नाङ्गम सिजा गोठीजिउला खण्डको गमगढी सडक समेत अवरुद्ध अवरुद्ध हुदा सुर्खेत,नेपालगञ्जवाट मुगु सदरमुकाम गमगढीतिर आउदै गरेका मालवाहक गाडी घुच्ची लेकमा थन्किएका छन् । हिमपातको कारण मुगुका लागी हुने सवै नियमीत हवाई उडान अवरुद्ध भएको नागरिक उड्यन कार्यलय नेपागञ्जले जनाएको छ । पैदल यात्री सहित घुच्ची लेक काट्न नसक्दा वाटोमै अलपत्र परेका छन् । जनजिवन कष्टकर भए पनि हिमपातपछी वाली सप्रिने भन्दै स्थानिय किसान भने खुसी भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अझै भेटिएनन् तीन महिला हत्याका अभियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
पोखराको मेयर र उपमेयरमा सत्ता गठबन्धनको अग्रता