राष्ट्रपति भण्डारीलाई चलचित्रकर्मीले सुनाए आफ्ना समस्या

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार शीतल निवास महाराजगञ्जमा नेपाली चलचित्रका कलाकारसँग भेट गरेकी छन् । सो भेटमा उनले चलचित्र कलाकारका समस्या तथा गुनासो सुनेकी छन् । सोमबार राष्ट्रपति भण्डारीले कलाकारका लागि आफ्नो निवासमा भेटघाट तथा जलपान कार्यक्रम राखेकी थिइन् । सोही क्रममा कलाकारले राष्ट्रपति भण्डारीसँग आफ्ना समस्या राखेका हुन् ।

उनीहरूका समस्या सुनेपछि राष्ट्रपति भण्डारीले चलचित्र क्षेत्रका समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने बताइन् । नेपाली समाजको रूपान्तरणमा नेपाली चलचित्रको ठूलो योगदान रहेको बताउँदै राष्ट्रपति भण्डारीले नेपाली कला संस्कृतिको जगेर्नामा चलचित्रका कलाकारको ठूलो योगदान रहेको व्यक्त गरिन् । चलचित्र उद्योगमा आजीवन योगदान दिएका कलाकारहरूसँग भेटेर यस क्षेत्रका थुप्रै समस्या आफूले बुझ्ने मौका पाएको पनि राष्ट्रपतिको भनाइ थियो । कलाकारहरूका समस्यालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ती समस्या समाधानका लागि सम्बन्धित निकायमार्फत आफूले पहल गर्ने पनि प्रतिबद्धता जनाइन् ।

सोहीक्रममा नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष एवं निर्माता निर्देशक आकाश अधिकारीले निर्माताहरूका समस्या राष्ट्रपति भण्डारीसमक्ष प्रस्तुत गरे । सो औपचारिक कार्यक्रममा बोल्दै अधिकारीले नेपाली चलचित्र उद्योगलाई राज्यले राष्ट्रिय उद्योगको मान्यता दिए पनि उद्योगसरहको कुनै सुविधा आफूहरूलाई नदिएको बताए । उद्योगसम्बन्धी नीतिलाई कार्यान्वयनका लागि पहल गरिदिन उनले राष्ट्रपतिसँग अनुरोध गरे ।

यस्तै, नेपाली चलचित्रका कलाकारको निधनपछि उनीहरूलाई श्रद्धाञ्जली दिनसमेत सरकारले स्थान नदिएको गुनासो उनले गरे । जसका लागि पशुपति विकास कोषबाट पशुपति क्षेत्रको कुनै स्थानमा श्रद्धाञ्जलीका लागि ठाउँ छुट्याइदिनका लागि पहल गरिदिन पनि उनले राष्ट्रपति भण्डारीसँग अनुरोध गरे । राज्यका तर्फबाट चलचित्र उद्योगलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएका कारण नेपाली चलचित्रकर्मीले राज्यबाट सम्मान पाउन नसेकेको अधिकारीले राष्ट्रपतिसमक्ष व्यक्त गरे ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्ड स्वायत्त हुन नसकेको र चलचित्र नीति कार्यान्वयनमा नआएका कारण आफूहरूले धेरै दुःख पाएको बताए । नेपाली चलचित्रको छायांकनका लागि अन्तर्राष्ट्रियस्तरको छायांकन स्टुडियो नभएका कारण आफूहरूले चलचित्र बनाउन निकै सास्ती भोग्नुपरेको उनले सुनाए । यसतर्फ सरकारको ध्यानाकर्षण गराइदिन पनि अध्यक्ष केसीले राष्ट्रपतिसँग आग्रह गरे ।

यस्तै, अग्रज अभिनेत्री तथा चलचित्रकर्मी कल्याण कोषकी अध्यक्ष बसुन्धरा भुसालले सो कोषका लागि सरकारसँग १० करोड रुपैयाँको पहल गरिदिन राष्ट्रपतिसँग अनुरोध गरिन् । जीवनको उत्तराद्र्धमा बिरामी हुँदा उपचार गर्न र मृत्युपछि दाहसंस्कार गर्नसमेत कतिपय कलाकारसँग पैसा नभएका विभिन्न घटना उनले राष्ट्रपतिलाई सुनाइन् । चलचित्रकर्मीका यस्ता समस्या सुनाउँदा अभिनेत्री बसुन्धराको आँसु थामिएन । उनको कुरा सुनेर राष्ट्रपति भण्डारीसमेत भाबुक बनिन् । यस्तै, राज्यबाट राष्ट्रपतिमार्फत प्रदान गरिने मानसम्मानमा पनि आग्रज कलाकारहरूप्रति सम्बन्धित निकायको ध्यान नपुगेको भन्दै उनले राष्ट्रपतिलाई ध्यानाकर्षण गराइन् ।

सो समारोहमा नेपालकी प्रथम अभिनेत्री भुवन चन्द, अग्रज अभिनेता तथा निर्देशक नीर शाह, अग्रज हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठले पनि चलचित्र क्षेत्र र यस क्षेत्रको समस्या’bout राष्ट्रपति भण्डारीलाई अवगत गराए । अझै एक महिनाभन्दा लामो समयसम्म आफ्नो कार्यकाल रहेकाले राष्ट्रपति भण्डारीले आफ्ना समस्या सम्बन्धित निकायमा पु¥याएर समाधानका लागि पहल गरिदिने विश्वास आफूहरूले लिएको चलचित्रकर्मीले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
धरानको भविष्य अब स्वतन्त्रको हातमा