‘केएलफ’बुक अवार्डमा दुई नेपाली साहित्यकारको कृति चयन

काठमाडौं । हालै नेपालमा आयोजना भएको कलिंगा लिटररी फेस्टिभल भारतले ‘केएलफ बुक अवार्ड २०२२’ का लागि विभिन्न श्रेणीमा अवार्डहरू घोषणा गरेको छ । विजेतालाई फेबु्रअरीमा स्वस्ती प्रिमियम होटल, भुवनेश्वर, ओडिसा, भारतमा आयोजना हुने वार्षिक कलिंगा लिटररी फेस्टिभलमा सम्मानित र पुरस्कृत गरिनेछ ।

पुरस्कृत पुस्तकहरू साहित्यिक पुस्तक, अनुवाद पुस्तक, व्यापार पुस्तक, पर्यावरण पुस्तक, जीवनी र आत्मकथा, बाल पुस्तक, खेलकुद पुस्तक, लाइफस्टाइल र इमर्जिङ ट्रेन्ड यी सबै वर्गमा प्रकाशित प्रकाशकद्वारा पेस गरिएका पुस्तकबाट चयन गरिएको हो ।

प्रतिष्ठित ‘केएलफ बुक अवार्ड २०२२’ का लागि निर्णायक मण्डलबाट दुई नेपाली लेखकहरू चुनिएका छन् । साहित्यकार रञ्जना निरौलाको निबन्धसंग्रह ‘अनुभूतिको अवतरण’ का लागि र लेखक सुमित शर्मा ‘समीर’को पुस्तक ‘वेक अप अर्ली वेक अप नाउ’ ‘केएलफ बुक अवार्ड २०२२’ का लागि छनोट भएका हुन् ।

पुरस्कृत नेपाली साहित्यकार रञ्जना निरौला सम्पादक, समालोचक, नेपाली र अंग्रेजी साहित्यमा कलम चलाउने कवि, प्यानलिस्ट, अनुसन्धानकर्ता, क्युरेटर तथा वक्तासमेत रहेकी छन् । सुमित शर्मा ‘समीर’ लन्डन स्कूल अफ इकोनोमिक एन्ड पोलिटिकल साइन्स, बेलायत र क्वीन्स युनिभर्सिटी, क्यानडाका स्नातक हुन् ।

भुवनेश्वरमा केएलफको वार्षिक कार्यक्रम २४, २५ र २६ फेबु्रअरी २०२३ मा हुने केएलफ पुस्तक पुरस्कारहरू निर्णायकको सिफारिसका आधारमा चयन गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा तीन वटा वडाको मत परिणाम सार्वजनिक, कांग्रेस दुई तमलोपा एक स्थानमा विजयी