पोखरा । गण्डकी प्रदेशमा मन्त्रीहरुको भागबण्डा टुंगिएको छ । ७ सदस्यीय मन्त्रालय रहेको गण्डकीमा सत्तागठबन्धनको एमालेले ४, माओवादी केन्द्र २ र राप्रपाले १ मन्त्री पाएका छन् ।
मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगरलाई आन्तरिक तथा कानुन मन्त्रालय, एमालेकै सीता सुन्दासलाई आर्थिक मामिलाको जिम्मा दिएका छन् । सुन्दास सरकारका प्रवक्ता समेत हुन् । एमालेका वेदबहादुर गुरुङ कृषि तथा जलस्रोत मन्त्री बनेका छन् ।
माओवादी केन्द्रका हरिबहादुर चुमानले भौतिक पूर्वाधार मन्त्रालय र रेशम जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाए ।
राप्रपाका पञ्चराम तमु सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनेका छन् । उनीहरुलाई सोमबार साँझ नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)