अन्ततः पाण्डे दोषी ठहर

काठमाडौं । सौन्दर्य प्रतियोगिताको आवरणमा बालिकामाथि यौन दुव्र्यवहार गरेको अभियोग लागेका मनोज पाण्डे दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेविरुद्धको अभियोगमा दाबी पुग्ने ठहर गर्दै सजाय सुनाएको छ । बालयौन दुव्र्यवहारमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिमाना हुने मुलुकी ऐनमा उल्लेख छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले १ असार २०७९ मा पाण्डेविरुद्ध जबर्जस्ती करणी र यौन दुव्र्यवहार अभियोगमा मुद्दा दायर गरेको थियो । एक मोडललाई लामो समयसम्म बलात्कार तथा यौन दुव्यवहार गरेको आरोप पाण्डेमाथि लागेको थियो ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोप पाण्डेमाथि लागेको थियो । पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौनशोषण गरेको पीडितले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
जुम्लाकाे ताताेपानीमा माओवादीबाट प्रमुखमा सुरेश र उपप्रमुखमा सिमा काे मनाेनयन दर्ता