कमीकमजोरी सच्याउँदै अघि बढ

वर्तमान सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रममा सुशासन, विकास र समृद्धिको नारालाई अघि सारेको छ । हरेक सरकार सफल तथा असफल हुने भनेकै त्यो सरकारले अवलम्बन गर्ने सुशासन, विकास एवं समृद्धिका प्रभावकारी योजना र कार्यक्रमबाट नै हो । यी कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गर्नसक्ने सरकार सफल हुन्छ भने ती कार्यक्रम लागू गर्न नसक्ने सरकार पूर्णतय असफल हुन्छ । हामीकहाँ विगतदेखि नै अधिकांश सरकार सुशासन र विकासका योजनाहरू अगाडि बढाउन र कार्यान्वयन गर्न असफल भएकाले पनि जनतामा निराशा छाउन पुगेको हो । शासकहरूको असफलताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामाथि नै गम्भीर प्रश्नचिह्न सिर्जना हुन थाल्नु दुखद् हो ।

संघीय लोकतान्त्रिक गणतन्त्र संसारमै उन्नत शासन व्यवस्था हो । त्यसैले, यो शासन व्यवस्था ल्याउन सफल भएका हाम्रा राजनीतिक नेतृत्व यो शासन व्यवस्थाले आत्मसात गरेका मूल्य र मान्यता जनतासमक्ष पु¥याउन दत्तचित्त भएर लाग्नुपर्छ । यसका लागि उनीहरूमा आमूल रूपान्तरण जरुरी छ । केही समयअघि मात्रै संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहको निर्वाचन सम्पन्न भएर तीनवटै तहमा नयाँ नेतृत्व आइसकेको छ । यो नयाँ नेतृत्व साच्चै नै शासन प्रणालीको जगेर्नाका लागि संवेदनशील बन्नैपर्छ ।

राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै पक्ष रूपान्तरण भएर अघि बढ्नुको विकल्प छैन । संविधान कार्यान्वयन र मुलुकको समृद्धिमा एकजुट हुनैपर्छ । यसो भएन भने मुलुकले विभिन्न संवैधानिक जटिलता भोग्नुपर्छ । मुलुकको समस्या लोकतन्त्रमा छैन । समस्या राजनीतिक पात्रहरूमा छ । राजनीतिक दलभित्रका आन्तरिक समस्यामा छन् । त्यसैले, राजनीतिक रूपमा आफैंले आफैंलाई कुशल व्यवस्थापन गर्नुपर्छ । विवेक र निर्णय प्रयोग गर्दा राष्ट्रिय हित र राष्ट्रिय एकतामा आधारित रहेर गर्नुपर्छ । नेतृत्वले राजनीतिक परिवर्तन गर्नसक्ने खुबी चाहिराखेको देखियो तर यसलाई संस्थागत र व्यवस्थापन गर्ने कुशलता भने देखाउन सकेका देखिएन । लोकतन्त्र र संविधान आफंैमा समस्या होइन । तर, यसको व्यवस्थापन गर्ने कुरामा समस्या हो । सञ्चालनको कुशलतामा समस्या हो । मूल कुरा नेतृत्वमा दूरदरर्शी देखिनुपर्छ । दूरदरर्शितालाई व्यवस्थापन गर्ने कुशलता चाहिन्छ । नैतिकताको जगमा, निष्ठाको आधारमा गरेको राजनीति बलियो हुन्छ । तर, राजनीति व्यापारजस्तो, निर्वाचन महँगो हुँदैजाने, निष्ठावान् व्यक्तिहरूले निर्वाचनमा उम्मेदवार हुनै नपाउने, डन र धनको प्रभावबाट राजनीति सञ्चालन हुने प्रवृत्तिले लोकतन्त्रलाई विकृत बनाउन सक्छ । यस्तो अवस्थामा असल शासन स्थापित हुन सक्दैन । संवैधानिक संस्कृतिको विकास हुन सक्दैन । विधिको शासन कमजोर हुन्छ ।

विगतमा थुप्रै कमीकमजोरी भए पनि अहिले मुलुकले केही गति समातेको छ । अब यसबाट हामीले पाठ सिक्दै हामी सुशासन अनि असल शासन दिन, भ्रष्टाचारको रोकथाम गर्न, जनताको माझमा सेवाप्रवाह चुस्त बनाउन अभियानका रूपमा राजनीतिक दलहरू एकैकित्तामा उभिएर त्यहीनुसारको कानुन अनि त्यहीनुसारको कार्यान्वयनमा अघि बढ्नुपर्छ । राजनीतिले नेतृत्व लिने एवं कर्मचारी प्रशासनले आफ्नो दक्षता प्रस्तुत गर्नेगरी तालमेल गरी अघि बढ्नुपर्छ । नागरिक समाजले पहरेदारीको भूमिका निर्वाह गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

राष्ट्रपतिका लागि विश्वासको मत खोज्दै कांग्रेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
सुदूरपश्चिमका २ नगरपालिका हाक्ने जिम्मेवारी महिला जनप्रतिनिधिको काँधमा