एमाले बाहेक कम्युनिष्ट पार्टीका बीचमा एकताको चर्चाले झस्किए ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका बीचमा आगामी राष्ट्रपतिको निर्वाचनको ’boutमा छलफल भएको छ ।

सत्तारुढ सात दलीय गठबन्धनको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र एमालेले राष्ट्रपति र सभामुख पाउँने सहमती भएको थियो । उपराष्ट्रपति माआवादी केन्द्र र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाउँने सहमती भएको थियो ।

सत्तारुढ दलहरुका बीचमा भएको सहमती अनुसार प्रधानमन्त्री, सभामुख, उपसभामुखको निर्वाचन भईसकेको छ । पूर्व सहमती अनुसार एमालेले राष्ट्रपति पाउँनेछ । माओवादी केन्द्रले पाउँने उपराष्ट्रपतिमा सत्तारुढ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले समेत दावी गर्दै आएको छ ।

जसपाले यि प्रमुख पाँच पद मध्ये एक नपाएको अवस्थामा सरकारमै सहभागि नहुने अडानमा छ । उपराष्ट्रपतिमा दावी गर्दै आएको जसपा अध्यक्ष उपेन्द्र यादवले यस बीचमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसंग भेटेर जानकारी गराईसकेका छन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार अगामी राष्ट्रपति, उपराष्ट्रपतिका साथै सरकारलाई समर्थन गरेर पनि बाहिरै रहेका दलको मागका साथै समसामयिक राजनीतिकको ’boutमा दुई नेताका बीचमा छलफल भएको छ ।

सत्तारुढ दलका बीचमा भएको पूर्व सहमती विपरित पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको ’boutमा आफूलाई विश्वासको मत दिने सत्तारुढ एमाले सहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोसपा लगायतका नेताहरुसंग राष्ट्रिय सहमती गर्ने बिषयमा छलफल गरेका थिए ।

राष्ट्रपतिको उम्मेदवारको ’boutमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमती खोज्नु र विपक्षी दलहरुसंग समेत छलफल गर्नुले एमाले झस्किएको छ । यस्तै एमाले बाहेका कम्युनिष्ट पार्टीहरुले पार्टी एकता तथा मोर्चाबन्दी गर्ने बिषयमा छलफल थालेपछि समेत एमाले रुष्ट छ ।

अध्यक्ष ओलीले माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी सहितका दलका बीचमा एकताका लागि भईरहेको वार्ताको ’boutमा समेत प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष यादवसंग चासो राखेका छन् ।

राष्ट्रपतिको निर्वाचन अघि यि पार्टीहरुका बीचमा पार्टी एकीकरण वा मोर्चा बन्दी भए राष्ट्रपति एमालेले नपाउँने हो की भन्ने चिन्ता समेत ओलीका लागेको छ । यस्तै अढाई बर्षपछि आलोपालो सहमती अनुसार प्रधानमन्त्री हुने सहमती समेत टुट्न सक्ने हुनाले ओलीले यि पार्टीहरुका बीचमा एकीकरण वा मोर्चाबन्दी नहोस भन्ने पक्षमा छन् ।

एमालेबाटै विभाजन भएर गठन भएको एकीकृत समाजवादीसंग पार्टी एकता भएको खण्डमा सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो सहमती कार्यान्वयन हुन दिनेछैनन् । तत्कालिन नेकपा हुँदादेखी नै ओली र नेपालका बीचमा सम्बन्ध राम्रो छैन् ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
एमालेले क्लिनस्विप गरेको पाख्रिबासमा गठबन्धन विजयी