छैटौं संस्करणको निफ चैत २गतेदेखी

काठमाडौं । छैटौं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म आयोजना हुने भएको छ । बुधबार होटल अरन्या बुटिकमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको मिति घोषणा गरिएको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीको प्रमुख आतिथ्यमा सम्पन्न घोषणा सभामा अतिथिहरु नीर शाह, नवराज केसी, गौरी मल्ल, ऋषि धमला, दीपाश्री निरौला, निर्मल शर्मा, प्रसंसा पाण्डे, रेजीना उप्रेती, सरिता गिरी, गोविन्द गौतम र इन्द्र बलामी रहेका थिए ।

‘प्रतिस्पर्धामा आएका चलचित्रको वाढीले भने हामीलाई उत्साहित बनाएको छ । ५५ देशबाट आएका ५ सय बढी चलचित्रको चाङबाट ३५ देशका ९५ चलचित्र छनौट गरिएको छ,’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा भनिएको छ ।

विगतमा झैं यस पटकपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ ।

यस पटकबाट निफका प्रतिस्पर्धी चलचित्र सिनेमा हलमा प्रदर्शन गरिने छ । क्यूएफएक्ससँगको संझौता अनुसार काठमाडौंका छाँया सेन्टर र सिभिल मल, ललितपुरको लविङ मल र भक्तपुरको क्यूएफएक्स् हलमा प्रतिस्पर्धाी फिल्म प्रदर्शन हुनेछन् ।

याे ऐतिहासिक घाेषणा सभा : भुवन केसी 

निफ–२०२३ को यो घोषणा सभालाई म ऐतिहासिक भन्न चाहान्छु । संसारभरीको ‘कल्चर’ आदान प्रदान गर्ने उद्धेश्यले सुरु भएको यो ‘फेष्टिभल’ले सधैं निरन्तरता पाओस् भन्ने कामना पनि गर्छु । निफलाई सुरुदेखि नै चलचित्र विकास बोर्डले सहयोग गर्दै आएको छ । यस पटक पनि गर्छ । र, भविश्यसम्म गर्ने छ भन्ने मैले विश्वास लिएको छु । र, (अभिनेता नीर शाहले भनेजस्तै) सरकारमा पनि निफलाई सहयोग गर्न प्रस्ताव गर्ने छु ।

यो ‘इमेन्ट’ मात्र होइन ‘ग्रान्ड इभेन्ट’ हो : नीर शाह 

निफ–२०२३ को हरेक घोषणा सभामा मैले एउटै कुरा भन्दै आएको छु । हरेक बर्ष नेपालमा ३ सय ६५ भन्दा बढी चलचित्र सम्बन्धि प्रदर्शन भइरहन्छन् । तर, ती मध्ये अति कम कार्यक्रम मात्र संझन योग्य र लायक हुन्छन् । ती मध्ये निफ पनि एउटा हो । यस वर्षदेखि निफले दुईवटा आधार स्तम्भलाई जोड्न सफल भएको छ । पहिलो, क्यूएफएक्स्सँगको संझौता र दोस्रो, माया एनिमेसन एकेडेमीसँगको मित्रता । निफमा अन्तर्राष्ट्रिय गुणस्तरका फिल्म हेर्न पाईन्छ । यो सामान्य कुरा होइन । यो ‘इमेन्ट’ मात्र होइन ‘ग्रान्ड इभेन्ट’ हो । यस्तो कार्यक्रमलाई नेपाल सरकारले सहयोग गर्नुपर्छ । विकास वोर्डका अध्यक्ष (भुवन केसी)लाई म अनुरोध गर्छु, कि यस कार्यक्रमलाई सहयोग गर्न सरकारसँग प्रस्ताव राखिदिनुहोस् ।

उत्कृष्ठ चलचित्र दर्शकलाइ देखाउने अवसर :  गौरी मल्ल 

म विगतमा निफको जुरीमा रहेर काम गर्ने मौका पाएकी छु । मेरोलागि यो राम्रो र सुखद अनुभुती थियो । निफ फेष्टिभल मात्र नभएर नेपाली चलचित्रलाई विश्व वजारमा पुर्याउने र विश्व वजारका उत्कृष्ट चलचित्र नेपाली कलाकर्मी र दर्शकलाई देखाउने ठूलो अवसर पनि हो ।

 कला क्षेत्रकाे उर्जा : दिपाश्री निरौला 

निफ कला क्षेत्रको उर्जा हो । यसकारण पनि यस फेष्टिभलले निरन्तरता पाउनु पर्छ । छैटौं होइन धेरै शृङखला पुरा गरोस् ।

धेरै महत्वपूर्ण फेष्टिभल  : स्याओ च्याङ (डाइरेक्टर, चाइना कल्चरल सेन्टर)

निफ धेरै महत्वपूर्ण फेष्टिभल हो । यस्तो फेष्टिभल सम्पन्न गर्न ‘हार्ड वर्क’ आवश्यक हुन्छ, जो निफका अध्यक्ष केपी पाठकले पुरा गरिरहनु भएको छ ।

नवराज केसी (न्यूयोर्क सिटीका मेयरका सल्लाहकार)

म २००२ देखि अमेरिकामा बसेको भएपनि नेपाली फिल्मलाई सहयोग गर्न पाएको छैन । तर अव सहयोग गर्ने छु । नेपाली फिल्म इन्डस्ट्रिजसँग सहकार्य गर्न चाहान्छु । निफ जस्तो महत्वपूर्ण फेष्टिभललाई पनि सहयोग गर्न चाहान्छु । नेपाली फिल्मको विकासमा निफ महत्वपूर्ण छ ।

निर्मल शर्मा (अभिनेता)

म निफका सबै कार्यक्रममा सहभागी छु । यो अत्यन्तै प्रभावकारी छ । यस फेष्टिभलमा एउटा ‘सेग्मेन्ट’ थप गर्न अनुरोध गर्छु । फिल्ममा ‘कसरी लगानी गर्ने र कसरी लगानी उठाउने’ भन्ने सम्बन्धमा छलफल गर्न जरुरी छ । चलचित्रकर्मीले यस वारेमा बुझ्न जरुरी छ ।

सरिता गिरी (अभिनेत्री)

म निफमा सुरुदेखि नै जोडिएकि छु । यो बृहत्त ‘प्लेटफर्म’ हो । यो ‘क्रिएटिभ’ फिल्म देखाउने उत्सव पनि हो ।

प्रसंसा पाण्डे (जिएम, क्यूएफएक्स)

हाम्रा ‘फेष्टिभल’ पनि बर्लिन र कान्स् जस्तै बनाउन सकिन्छ । त्यस्तै बनाउनेक्रममा हामीले हामीले सपोर्ट गरेका हौं । र, गरिरहने छौं ।

इन्द्र बलामी (माया एनिमेसन एकेडेमी)

यस प्रकारको फेष्टिभलले फिल्म क्षेत्रलाई उठाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । नेपाल बाहिर छरिएर रहेका ८० लाख नेपालीलाई जोड्ने काम पनि गर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सात पालिका मध्ये अमरगढीमा मात्रै प्रमुखमा महिलाको उम्मेदवारी