भारतको ७४औं गणतान्त्रिक यात्राका विविध आयाम

२६ जनवरीका दिन भारतले आफ्नो गणतान्त्रिक यात्राको अवसरमा विगतको समीक्षा र विश्लेषण गर्दै आएको छ । गणतन्त्र दिवसको पूनित अवसरमा भारतले प्राप्त गरेको सफलता र उपलब्धिलाई जनजनमा पु-याउन सरकार र सञ्चार जगत्ले भगिरथ प्रयास गर्ने गर्छन् । यसपटकको गणतन्त्र दिवसलाई भारतले पृथक ढंगले व्याख्या गरेको देखिन्छ । वर्तमान समयलाई भारतको अमृत काल भनिएको छ । वास्तवमा गणतान्त्रिक यात्राको आरोह र अवरोहमा भारतको सफलताका विभिन्न कारणमध्ये प्रमुख कारण भारतीय नेतृत्व नै हो ।

गणतन्त्र दिवसको पुनित अवसरमा गान्धी दर्शनको उल्लेखबिना हरेकपक्ष अधुरो हुन जान्छ । भारतका हरेक दलका नेतृत्वपंक्ति, कर्मचारीतन्त्र, वृद्धिजीवी, पत्रकार आमजनता गान्धीवादबाट प्रभावित थिए । सादगी, सदाचार, त्याग र कर्मवादको मूलमन्त्रबाट परिचालित जनसमुदाय नेतृत्व चयन गर्न सिल्पी थिए । जीवनको हरेक क्षेत्रबाट योग्य व्यक्तिलाई पहिचान गर्नु गान्धीको अद्भूत कला थियो ।

बिहारबाट डा. राजेन्द्र प्रसाद, यूपीबाट नेहरु, गुजरातबाट बल्लवभाइ पटेल, भूसील मुस्लिमबाट मौलाना अजादजस्ता अनेकौं उच्चकोटीका व्यक्तित्वलाई नेतृत्वको जिम्मा दिनु गान्धीवादको परिचय थियो । गान्धीको नेतृत्व चयनको कलालाई रामचन्द्र गुहारले आफ्नो पुस्तक ‘इन्डिया आफ्टर गान्धी’मा विस्तृत चर्चा गरेका छन् । भारतको गणतान्त्रिक सफलताका ’boutमा डा. कर्ण सिंहले रोचक अभिव्यक्ति दिएका छन् ।

डा. कर्ण सिंहले भारतको नेतृत्वपंक्तिमा एक अनुष्ठान रहेका कुरा उल्लेख गरेका छन् । अर्थात् प्रधानमन्त्री नेहरुदेखि मोदीसम्म हरेक प्रधानमन्त्रीले आफ्ना छुट्टै पहिचान र योगदान गर्न सफल भएका छन् । प्रजातन्त्रको संस्थागत विकास नेहरुले गरेका छन् भने आत्मविश्वास र स्वाभीमानका पाठ लालबहादुर शास्त्रीले दिएका छन् । राष्ट्रिय अखण्डताको वलिदानीमा इन्दिराले आफ्ना छाप छोडेकी छन् भन्ने आधुनिकीकरण र प्रविधि प्रत्यारोपनमा राजीव गान्धीको भूमिका उल्लेख्य छन् । विषम परिस्थितिलाई सहज बनाउन र चुनौतीलाई अवसरका रूपमा नयाँ प्रयोग गर्न नरसिंहा रावको योगदानलाई इतिहासले सदैव उच्च आदर गर्नेछ ।

भारतको गणतन्त्रबाट नेपाली नेतृत्वले पनि सादगी र सदाचारको पाठ सिक्नुपर्छ । भाइ भतिजावादलाई तिलाञ्जली दिँदै, निजी कोषभन्दा राष्ट्रिय कोषलाई महत्व दिँदै नयॉ नेपालको निर्माणका लागि संकल्प लिनुपर्दछ ।

नरसिंहा रावद्वारा लिखित पुस्तक ‘इनसाइडर’मा भारतीय राजनीतिको पेचिलो पक्षलाई कथात्मक रूपमा प्रस्तुत गरेका छन् । सोभियत विघटन र सोधान्तरणको समस्यालाई सामना गर्दै आर्थिक खुलापन (नवउदारवाद) लाई भारतमा प्रयोग गर्दै ३ दशमलवबाट ८ दशमलवसम्म विकास गर्नु राव नेतृतवको अद्भूत क्षमताको प्रतिफल थियो । आधुनिकीकरण र उदारवादलाई संयोजन गर्दै भारतको अर्थतन्त्रलाई विश्व अर्थतन्त्रसँग जोड्नुमा डा. मनमोहन सिंहको योगदानलाई इतिहासले उच्च मूल्यांकन गरेको छ । आफ्ना पुस्तक ‘एक्सिडेन्टल प्राइम मिनस्टर’मा डा. सिंहले आफ्नो नीतिका ’boutमा उल्लेख गरेका छन् ।

हरेक उपलब्धिमध्ये अमेरिकासँग भएको न्युक्लियर सम्झौतालाई डा. सिंहले एक महत्वपूर्ण सफलताको संज्ञा दिएका छन् । अटलविहारी बाजपेयीको कार्यकाल दुई दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । बाजपेयीले परमाणु परीक्षणका माध्यमबाट भारतमा आत्मविश्वासको जागृत गराए । अमेरिकी नाकाबन्दीलाई उच्च कूटनीतिक संयन्त्रबाट स्वखलित बनाए । साथसाथै पूर्वाधार विकासलाई राष्ट्रिय प्राथमिकता दिए ।

बाजपेयीको युगपश्चात् गणतान्त्रिक यात्रा मोदीको युगमा प्रवेश गरेको छ । मोदीको सफलता’boutमा भर्खरै ‘वल्र्ड इकनोमी फोरम डाभोस’मा व्यापक चर्चा भएका छन् । भारतका आर्थिक विकास र वृद्धि दरबाट सारा संसार चकित रहेको देखिन्छ । कोरोना कहर, रसिया–युक्रेन युद्ध, युरोपको सिथिल अर्थव्यवस्थाका बीच भारतको विकासदर ६ देखि ८ प्रतिशत रहेको छ । प्रजातान्त्रिक पद्धतिद्वारा प्राप्त सफलता स्थायित्व रहेको कुरा इतिहासले पुष्टि गरेको छ । यस अर्थमा हिन्दमहासागरीय क्षेत्र हुनु, जनसांख्यिक लाभांश हुनु, विद्युतीयकरणको अद्भूत प्रयोग हुनु र पश्चिमा जगतसँग सघन सम्बन्ध हुनु जस्ता परिसूचकले भारतको विकास यात्रा निरन्तर रहने जानकारहरूको बुझाइ रहेको छ ।

भारतको गणतान्त्रिक यात्राको अर्को पक्ष हो: विपत्तीको सहयोग । विपक्षी र इतर विचारलाई कदर गर्नु प्रजातन्त्रको मौलिक पक्ष र परीक्षा हो । गान्धीवादले विपक्षीको स्वरलाई आत्मसाथ गर्ने चेष्टा र प्रयोग गरेको छ । नेहरुको प्रथम मन्त्रिमण्डलमा गान्धीको विशेष अनुरोध र हस्तक्षेपका कारण डा. श्यामप्रसाद मुखर्जी र डा. वावासाहेव अम्बेडकरलाई मन्त्रिमण्डलमा सामेल गरिएका थिए । डा. अम्बेडकर गान्धीका कटु आलोचक भएता पनि उनलाई संविधान मस्यौदा गर्न जिम्मेवारी दिएका थिए । डा. श्यामप्रसाद मुखर्जी हिन्दू महासभाका नेता थिए ।

प्रजातन्त्रको सफलताका हेतु विपत्ति स्वर र ध्वनिलाई आत्मसाथ गर्नुपर्छ । ९० को दशकमा नरसिंहा रावले यसको अद्भूत प्रयोग गरेको देखिन्छ । नरसिंहा राव प्रधानमन्त्री हुँदा अटलविहारी बाजपेयी विपक्षी दलका नेता थिए । जेनेभामा मानव अधिकारको विषयलाई लिएर पाकिस्तान भारतलाई घेराबन्दी गरेका थिए । भारतले आफ्नो पक्षलाई उजागर गर्नु थियो । इतिहासको त्यो कालखण्डमा रावले गम्भीर दायित्व बाजपेयीलाई सुम्पिदिए ।

सारा संसार अचम्मित भए । विपक्षी दलको नेताले सरकारको अडानलाई पुष्टि गर्नु प्रजातन्त्रको अनुपम प्रयोग थियो । बाजपेयीको नेतृत्वले गर्दा पाकिस्तानकोे प्रस्ताव खारेज भए । भारतीय गणतन्त्रको अर्को पक्षका चुनावी प्रक्रियाको निरन्तरता । वास्तवमा भारतलाई प्रजातान्त्रिक लिकमा ल्याउन र चुनावी प्रक्रियाका माध्यमबाट प्रजातान्त्रिकको गोडमेल गर्न महान् अभिभारा नेहरुले नै निर्वाह गरेका थिए । भारतमा पहिलो आमनिर्वाचन गर्न उनले बेलायतका विश्वविद्यालयबाट स्वर्ण पदक प्राप्त गणितज्ञ सुकमार सेनलाई निर्वाचन प्रमुख बनाएका थिए ।

१ सय ७६ मिलियन भारतवासी लगभग २० वर्षका थिए । ८५ प्रतिशत निरक्षर थिए । भौगोलिक विकटता, निरक्षरता र गरिबीले गर्दा आमचुनाव सम्भव नरहेको कुरा पश्चिमा छापाखानाले सर्वेक्षण गरेका थिए । नेहरुले यसलाई राष्ट्रिय चुनौतीको रूपमा लिँदै चुनावी जनसभालाई सम्बोधन गर्न २५ हजार माइल हवाई यात्रा, ५ हजार २ सय माइल कारबाट, १ हजार ६ सय माइल रेलबाट र ९० माइल ढुंगाबाट गरेका थिए । अर्को शब्दमा भन्ने हो भने नेहरुदेखि मोदीसम्म भारतले चुनावी प्रकियालाई अनवरत रूपले प्रयोग गरेको देखिन्छ । इन्दिरा गान्धी केही समयका लागि प्रजातान्त्रिक पद्धतिबाट विचलित भएता पनि जेपी आन्दोलनका माध्यमबाट प्रजातान्त्रिक लिकमा अवतरित भइन् ।

अर्को शब्दमा भन्ने हो भने कुनै देशको सफलताका लागि दर्शनको उपयोग र नेतृत्वको चरित्रको अपरिहार्य हुन जान्छ । भारतको गणतन्त्रबाट नेपाली नेतृत्वले पनि सादगी र सदाचारको पाठ सिक्नुपर्छ । भाइ भतिजावादलाई तिलाञ्जली दिँदै, निजी कोषभन्दा राष्ट्रिय कोषलाई महत्व दिँदै नयाँ नेपालको निर्माणका लागि संकल्प लिनुपर्छ । गणतन्त्र दिवसको अवसरमा भारतवासीलाई शुभकामना ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
केशव स्थापितलाई निर्वाचन आयोगले फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण